Home Blog Page 52

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ । उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ हजार ४३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्ने उल्लेख छ । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

विन नेपाल लघुवित्तको एफपीओ निष्कासन खुला

विन नेपाल लघुवित्तले एफपीओ निष्कासन खुला गर्यो

काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) खुला गरेको छ।

संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको जनाएको छ। सोहीअनुसार, संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ जारी गरेको हो।

संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरिएको जानकारी दिएको छ।

उच्च जोखिमयुक्त वित्तीय दायित्व

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई CARE-NP B(IS) SINGLE B ISSUER रेटिङ प्रदान गरेको छ। यस रेटिङले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

आवेदन प्रक्रिया

एफपीओ निष्कासन बन्द हुने मिति छिटोमा चैत २६ गते र ढिलोमा वैशाख ४ गते बैंकिङ समयपछि हुनेछ।

  • न्यूनतम आवेदन: १० कित्ता
  • अधिकतम आवेदन: १,००० कित्ता

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

निष्कासन प्रबन्धक

नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेड एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि गत माघ ३० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो।

आजदेखि ग्रीन भेन्चर्सको २ .८२ करोड कित्ता सेयरको लक इन अवधि सकियो

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको लक इन समयावधि आज समाप्त भएको छ । कम्पनीको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लक इन अवधि समाप्त भएको हो ।

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि खुलेको छ । यस अन्तर्गत २ करोड ५० लाख कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ३१ लाख २३ हजार २ सय कित्ता तथा कर्मचारीका लागि बाँडफाँड गरिएको ९३ हजार ७५० कित्ता रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि विसं २०७८ फागुन २ गतेदेखि फागुन २० गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सो आईपीओ सोही वर्षको फागुन २९ गते बाँडफाँड गरिएको थियो । साथै, सर्वसाधारण (कर्मचारी समेत) का लागि कम्पनीले २०७८ चैत ८ गतेदेखि चैत ११ गतेसम्म आईपीओ निष्कासन गरेको थियो, जसको बाँडफाँड चैत २० गते गरिएको थियो ।

धितोपत्र बोर्डले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको थियो । यस अवधिमा यस्ता सेयरहरू बिक्री गर्न नपाइने कानुनी व्यवस्था रहेको छ ।

कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धि कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिले आफ्नो पदमा रहँदा वा अवकाश प्राप्त गरेको एक वर्षसम्म कम्पनी वा यसको सहायक संस्थाको धितोपत्र खरिद बिक्री गर्न वा हस्तान्तरण गर्न नपाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

बजारबाट आज ३० अर्ब झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख १० गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड्, तोलाकै १ लाख ८० हजार नजिक

घरेलु बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गर्ने क्रम मंगलबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

अघिल्लो दिन पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। सोमबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँ पुगेको थियो। आइतबार पनि सुनको मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुगेको थियो, जब ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

यो महिनामा सुनको मूल्यले पाँच पटक ‘अल टाइम हाई’ को रेकर्ड तोडिसकेको छ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने केही घटबढ देखिएको छ। चाँदी आज प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद जारी गर्ने

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले हकप्रद निष्कासनको प्रस्तावसहित विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी वैशाख ५ गते आयोजना हुनेछ । सभामा शतप्रतिशत(१ः१ अनुपात)हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गरिनेछ ।

उक्त सभा अयोजना प्रयोजनका लागि कम्पनीले यही चैत २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

चुडामणि चापागाईं नेप्सेका नयाँ सीईओ नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेप्सेले करिब दुई महिनापछि नेतृत्व पाएको छ। नेप्सेको सीईओ पद गत माघ २५ गतेदेखि रिक्त रहेको थियो। यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओमा नियुक्त गरिएको बताइए पनि उनको नियुक्ति मुख्यसचिवबाट प्रमाणित नभएकाले औपचारिक रूपमा लागू हुन सकेको थिएन।

नेप्सेको सीईओ छनोटका लागि गठित सिफारिस समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो। सिफारिस सूचीमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका थिए। उनीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बोलाइएको थियो।

मन्त्रिपरिषद्ले अन्ततः चुडामणि चापागाईंलाई नेप्सेको नेतृत्व सुम्पने निर्णय गरेको हो। अब चापागाईंले नेप्सेको आगामी रणनीति, सुधार र प्रविधि सुदृढीकरणमा ध्यान दिने अपेक्षा गरिएको छ।

गरिमा विकास बैंकको २.६६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख ६६ हजार ४४ ।५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुको लागि ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखेको तर केही कित्ताका लागि मात्रै आवेदन परेकाले आम सर्वसाधारणलाई पुनः बिक्री गर्न लागिएको जनाएको छ ।