Home Blog Page 35

नेरुडे मिर्मिरे लघुवित्तको ३७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ ।

तोकिएको समयसम्म कुनै लिखित आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

फरवार्ड माइक्रोफाइनान्सको ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च(फरवार्ड(को नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बालुवाटारमा रहेको एनएमबी क्यापिटलमा आवेदन दिनु पर्नेछ ।

प्रभु इन्स्योरेन्सले १८.९४७७% लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीको असार ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो। यसरी कम्पनीले कुल १८.९४७७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय लिएको हो।

सञ्चालक समितिले यस निर्णयलाई बीमा प्राधिकरणको स्वीकृतिका लागि पेश गर्ने जनाएको छ। बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई लाभांश वितरण गरिने छ।

कम्पनीले गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो। प्रभु इन्स्योरेन्सले सेयरधनीहरूको दीर्घकालीन हितलाई मध्यनजर गर्दै निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ।

अभियान लघुवित्तले असार ३० गते पाँचौं वार्षिक साधारण सभा गर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गते पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ। असार ७ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकस्थित ताम्राकार पार्टी भेन्युमा दिउँसो १२:३० बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत हुने छन्।
नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायबाट स्वीकृति लिने, अभिलेख गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ।
कुनै अन्य ‘घ’ वर्गका वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पारित गरिनेछ।

त्यस्तै, २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनेछ।
साथै, २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण४ जना संस्थापक सञ्चालकको निर्वाचन सम्बन्धी प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ, असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन्।

दोर्दी खोला जलविद्युतको ८४.१२ लाख कित्ता सेयरको लक इन अवधि सकियो

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लक-इन समयावधि समाप्त भएको छ। कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लक-इन अवधि असार ७ गते समाप्त भएको हो।

कम्पनीले जारी गरेको विवरण अनुसार, लक-इन अवधि खुलेका सेयरहरूमा ७५ लाख ९० हजार ६७५ कित्ता संस्थापक सेयर, ७ लाख ५६ हजार ४२० कित्ता आयोजना क्षेत्रका स्थानीय बासिन्दालाई बाँडफाँड गरिएको सेयर, र ६५ हजार ८६५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको सेयर रहेका छन्।

अब यी सेयरहरू दोस्रो बजारमा बिक्री हुने सम्भावना बढेको छ। लक-इन समाप्त भएपछि संस्थापक समूहका सेयरधनीहरू र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले आफ्नो सेयर नेप्सेमा बिक्री गर्न पाउनेछन्, जसले बजारमा कारोबारको गतिलाई थप प्रभाव पार्न सक्ने विश्लेषकहरूले बताएका छन्।

दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य र बजारको प्रतिक्रिया हेर्न अब लगानीकर्ताहरू पनि उत्सुक छन्। कम्पनीको सेयर दोस्रो बजारमा सक्रिय हुने क्रमसँगै माग र आपूर्तिमा असर पर्ने देखिन्छ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

0

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

निर्धारित म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

एशियन लाइफले असार २५ गतेदेखि हकप्रद निष्कासन गर्ने

एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः०.४२ अनुपातमा रु. १०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

यस प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। त्यसकारण जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै हकप्रद सेयर खरिदका लागि योग्य हुनेछन्।

कम्पनीले हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन १३ गते तोकेको छ। सेयरधनीहरूले हकप्रद सेयरका लागि आवेदन मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयहरूबाट दिन सक्नेछन्।

त्यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट, सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ अनलाइन प्लेटफर्म मार्फत सि-आस्वा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट वैशाख २६ गते स्वीकृति प्राप्त गरिसकेको छ।

महत्वपूर्ण मिति र तथ्यहरू

  • बुक क्लोज मिति : जेठ १६ गते
  • आवेदन सुरु : असार २५ गते
  • आवेदन अन्तिम मिति : साउन १३ गते
  • अनुपात : १ : ०.४२
  • अंकित दर : रू १०० प्रति कित्ता

अबैध वित्तीय कारोबारमा संलग्न दुई भुक्तानी सेवा प्रदायक कम्पनीको इजाजत पत्र नेपाल राष्ट्र बैंकले रद्द गर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अबैध वित्तीय कारोबारमा संलग्न भएको प्रमाणित भएपछि दुई भुक्तानी सेवा प्रदायक कम्पनीको इजाजत पत्र खारेज गरेको छ। राष्ट्र बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको इजाजत पत्र रद्द गरेको हो।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा २(च) बमोजिम इजाजत पत्र रद्द गरिएको जनाएको छ। अब यी कम्पनीहरूले कुनै प्रकारको भुक्तानी सेवा वैधानिक रूपमा सञ्चालन गर्न पाउने छैनन्।

छानबिनका क्रममा यी कम्पनीहरूले डिजिटल वालेटको दुरुपयोग गरी एक स्थानबाट रकम लोड गरेर अर्को स्थानमा अनधिकृत रूपमा भुक्तानी गरेको पाइएको छ। कम्पनीका एजेन्टहरू सो गतिविधिमा प्रत्यक्ष संलग्न रहेको प्रमाणसमेत फेला परेको छ।

अधिकारिहरूका अनुसार, यी कम्पनीमार्फत भएका कारोबारहरू सुन तस्करी र हुन्डी जस्ता आपराधिक वित्तीय क्रियाकलापसँग जोडिएको समेत देखिएको छ। यस विषयमा कम्पनीका सञ्चालक र प्रतिनिधिहरू प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

पेवेल नेपाल प्रालिले २०७७ साल असोज ११ गते राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेको थियो भने सजिलो पे पेमेन्ट सर्भिसेसले २०७७ साल चैत १७ गते अनुमति लिएको थियो। यी कम्पनीहरू सुरुवातदेखि नै डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने दाबी गर्दै आएका थिए।

राष्ट्र बैंकका अनुसार यी कम्पनीहरूले भुक्तानी प्रणाली निर्देशिका २०८१, फर्छ्यौट विनियमावली २०७७ तथा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ का प्रावधानहरू उल्लंघन गरेका थिए। यस घटनापछि राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायकहरूको निगरानी अझ कडा बनाइने जनाएको छ।

जोशी हाईड्रोपावरको सेयरमूल्य समायोजन

0

जोशी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.६५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१६.९८ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५८.०२ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार ८ गते बुक क्लोज गर्दैछ । यसर्थ असार ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । असार ६ र ७ गते सेयर बजार बन्द रहने भएकाले यो हकप्रदका लागि आजसम्म सेयरधनी बन्नु पर्नेछ ।

कम्पनीले १ः०.६५ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्तले संस्थापक सेयर बिक्रीमा राख्यो, १ लाख ७२ हजार कित्ता सेयर बिक्री खुला

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले सोमबार एक सूचना प्रकाशित गर्दै १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी गराएको हो।

संस्थाका अनुसार सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजात र प्रमाणसहित आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ। आवेदन काठमाण्डौको सितापाइलामा रहेको संस्थाको सम्पर्क कार्यालयमा पेश गर्न सकिनेछ।

सेयरको न्यूनतम मूल्य फरक-फरक बिक्रीका लागि फरक-फरक तोकिएको छ। संस्थाका अनुसार न्यूनतम मूल्य क्रमशः प्रतिकित्ता ३२० रुपैयाँ, ३२५ रुपैयाँ, ३४० रुपैयाँ र ३२० रुपैयाँ तोकिएको छ।

तोकेको समयसीमा भित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।