Home Blog Page 36

दैलेखमा नेपाललाई ५० वर्षसम्म पुग्ने ग्यास भण्डारण अध्ययन परिणाम सार्वजनिक

– चीन सरकारको सहयोगमा दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजामा ५० वर्षसम्म नेपाललाई ग्यास आपूर्ति गर्न सक्ने क्षमता रहेको देखिएको छ।

नेपाल सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण सम्भावना रहेको उल्लेख गरिएको छ। यसका साथै, दैलेखका अन्य तीन स्थानमा पनि मिथेन ग्यासको भण्डारणको सम्भावना प्रतिवेदनमा दिइएको छ।

यदि यी सबै चारवटा स्थानबाट ग्यास प्रशोधन गर्न सकियो भने, नेपाललाई ५० वर्षसम्म ग्यास आपूर्ति गर्ने सम्भावना रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ देखि दैलेखको जलजलेमा भौगर्भिक अध्ययन र ड्रिलिङ गरेर अध्ययन कार्य सुरु गरेका थिए।

यो अध्ययन नेपाल सरकार र चीन सरकारसँग २०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार भएको हो। अध्ययनको कुल लागत करिब २ अर्ब ५० करोड नेपाली रुपैयाँ रहेको छ, जुन चीन सरकारको अनुदानबाट पूरा गरिएको हो।

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सहमति भएको थियो।

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी, साधारण सभा डाकियो

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी गरेको छ। कम्पनीले यस सम्बन्धी विशेष प्रस्तावसहित साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २५ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।

उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस अवसरमा आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ, साथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु पनि पारित गरिनेछ।

सिम्रिक एयरको आईपीओ र बोनस सेयर वितरणको प्रस्ताव कम्पनीका सेयरधनीहरुका लागि महत्त्वपूर्ण अवसर बनिरहेको छ।

विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

विजय लघुवित्तले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २४ हजार ४२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिनभित्र काभ्रेमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ ।

विद्यमान संस्थापक सेयरधनीहरुले निर्धारित समयभित्र आवेदन नदिएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

मिडिल मोदी हाईड्रापावरले आईपीओ निष्कासन गर्ने, वार्षिक साधारण सभा डाकियो

मिडिल मोदी हाईड्रापावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नको लागि वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको १३ औं वार्षिक साधारण सभा असार २९ गते ललितपुरको सानेपामा रहेको कम्पनीको सभा कक्षमा दिउँसो १ बजेदेखि सुरु हुने जनाएको छ।

सभामा कम्पनीले आईपीओ निष्कासनको निर्णय गर्नेछ र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ। साथै, आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा पनि निर्णय गरिनेछ।

सभामा गत आवको वार्षिक प्रतिवेदन र सम्पूर्ण वित्तीय विवरण पनि पारित गरिनेछ। यस अवसरमा कम्पनीका सेयरधनीहरुका लागि महत्वपूर्ण निर्णयहरु हुने निश्चित भएको छ।

प्रभु बैंकको २.७८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ७८ हजार २०६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । उक्त मितिभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।  

जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । असार ६ र ७ गते सेयर बजार बन्द रहने भएकाले यो हकप्रदका लागि आजसम्म सेयरधनी बन्नु पर्नेछ ।

कम्पनीले १ः०.६५ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्कासनका लागि कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङले केयर–एनपी बी(आईएस)सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । make news

ब्रेकिङ न्यूज: कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्व वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ

काठमाडौं — कर्णाली डेभलपमेन्ट बैंकको बहुचर्चित घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी लाई पक्राउ गरेको छ। नेपालगञ्जबाट पक्राउ परेका ठकुरीमाथि बैंकको रकम हिनामिना गरेको आरोपमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

यो प्रकरणमा ठकुरी पक्राउ पर्ने दोस्रो व्यक्ति हुन्। यसअघि बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन सीईओ राजेन्द्रवीर राय लाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकमा पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान सीईओ तथा पूर्व वित्त विभाग प्रमुखको मिलेमतोमा बैंकको रकम अपचलन भएको तथ्य सार्वजनिक भएको थियो। सेवाग्रहीहरुको बचत फिर्ता गर्न नसकिएका कारण छानविन गर्न गत पुस ५ गते डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय विशेष छानविन समिति गठन गरिएको थियो। समितिले बैंकका विभिन्न खातामा नक्कली ब्यालेन्स सर्टिफिकेट तयार गरी अपचलन लुकाउने प्रयास भएको पत्ता लगाएको थियो।

अहिलेसम्म करिब २ अर्ब ५० करोड रुपैयाँको हिनामिना भएको भन्दै उजुरी परेको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बजारमा पैसा फालाफाल भएपछी आज एकैपटक ९० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता प्रशस्त भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरणको रुपमा ३५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले पछिल्ला दिनमा नियमित रुपमा आइतबार र बुधबार बजारबाट तरलता संकलन गर्दै आएको छ र सोही क्रमलाई निरन्तरता दिँदै आज पनि बैंकिङ प्रणालीबाट पैसा झिक्न लागेको हो। यसका लागि अनलाइन बिडिङ प्रणालीमार्फत मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रिया सुरु हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्नेछन्। इच्छुक संस्थाहरुले कम्तीमा १० करोड रुपैयाँको बोलकबोल गर्नुपर्नेछ भने बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

यो निक्षेप संकलन योजनाको साँवा तथा ब्याज भुक्तानी साउन ७ गते हुनेछ। राष्ट्र बैंकले यस कदमबाट बजारमा बढ्दो तरलता व्यवस्थापन गर्ने र मौद्रिक नीतिको प्रभावकारिता बढाउने अपेक्षा गरेको छ।

एनएमबि बैंकको २.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

एनएमबि बैंक लिमिटेडले विभिन्न दुईजना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको स.स्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।  

निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।