Home Blog Page 293

ए डिभिजन लिगको छैटौं चरण चैत २० गतेदेखि

0

अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले बिहीबार लिगको आगामी ८ चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

फागुन १९ गतेदेखि सुरु भएको डबल लिगमा यसअघि पाँचौं चरणसम्मको खेल भएको छ । ५ मध्ये ४ खेल जितेको सातदोबाटो युथ क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

समान ११ अंकसहित मनाङ मर्स्याङदी क्लब दोस्रो र चर्च ब्वाइज युनाइटेड तेस्रो स्थानमा छन् ।

५ मध्ये एउटा खेल मात्र बराबरी खेलेको नेपाल पुलिस क्लब १ अंकसहित पुछारमा छ ।

नयाँ तालिका अनुसार छैटौं चरणको खेल चैत २० गतेदेखि सुरु हुनेछ ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार चैत्र २० गते सोमबाार संकटा क्लब खुमलटार युथ क्लब तथा एपिएफ र पुलिसबीच खेल हुनेछ ।

ग्रेसबाट अलग भए स्वर्णिम वाग्ले

0

अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।

स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् ।

‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’ स्वर्णिमले लेखेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न प्रस्ताव गरेको छ ।

१०० वटा ब्रोकर कम्पनी आवश्यक छ: रमेश हमाल

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले स्टक बजारलाई अझै चलायनमान बनाउन नयाँ ब्रोकर कम्पनी थप्ने उद्घोष गरेका छन् । हिजो (बुधबार) राजधानी आयोजित एक कार्यक्रममा यस्तो उद्घोष गरेका हुन्।
उनले नेपालमा एक सय वटा ब्रोकर कम्पनी आवश्यक रहेको बोर्डले महसुस गरेको बताउँदै नयाँ ब्रोकर कम्पनी थप गर्ने जनाए । कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भने, ‘नेपालमा कम्तीमा १०० वटा ब्रोकर कम्पनी आवश्यक छ । ब्रोकर कम्पनीहरुका बीचमा पनि स्वास्थ प्रतिस्पर्धा हुन जरुरी छ ।’
अध्यक्ष हमालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स सम्बन्धी कार्य छिट्टै पूरा गर्ने प्रतिबद्धता जनाए । उनले नयाँ निर्देशिका ल्याएरै भएपनि ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्ने बताए ।

कांग्रेसले बारा-२ मा उपेन्द्रलाई सघाउने, चितवन-२ मा जितनारायणलाई उठाउने

0

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले बारा क्षेत्र नम्‍बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। 

बिहीबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको उक्त बैठकले जसपाका अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको हो। यस क्षेत्रमा यसअघि जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति भएसँगै यादवले उक्त ठाउँबाट निर्वाचन लड्न लागेका हुन्। 

चितवन क्षेत्र नम्बर २मा भने पार्टीका चितवन पूर्व सभापति जितनारायण श्रेष्ठलाई उम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको हो। 

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो।

प्रधानमन्त्रीले मिटरब्याजी पीडितलाई भेट्न ढिला गर्न हुँदैन : विश्वप्रकाश शर्मा

0

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्न नहुने बताएका हुन् ।

उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अबिलम्ब भेट गर्न आग्रह गरेका हुन् ।

महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको बताए ।

उनले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरुको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताए ।

लोसपाबाट बारा २ मा राजेन्द्र महतो चुनाव लड्ने

0

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने भएका छन् ।

लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए ।

महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए ।

धनुषा ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।

बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद  रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।

जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ ।

यादव गत चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

उनै राउतले उम्मेदवार बनाउन भन्दै शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसकेका छन् ।

४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए ।

आशा लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित

0

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा सम्पन्न गरेको हो ।

सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४ दशमलव २८५७ प्रतिशत बोनश सेयर र ० दशमलव ७१४३ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावलगायत अन्य प्रस्ताव पारित गरेको छ ।

तीन ब्रोकर कम्पनीहरूलाई शाखा खोल्न सेवोनले दियो अनुमति

0

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले थप तीन ब्रोकर कम्पनीहरूलाई शाखा खोल्न अनुमति दिएको छ । बोर्डले पछिल्लो समय पोखरामा दुई र भक्तपुरमा एक शाखा विस्तारका लागि अनुमति दिएको हो ।

बोर्डले पछिल्लो समय शनि सेक्यूरिटिज, आर्यतारा इन्भेष्टमेन्ट र नासा सेक्यूरिटिजलाई शाखा विस्तारका लागि अनुमति प्रदान गरेको हो । नासा सेक्यूरिटिज र शनि सेक्यूरिटिजले पोखरामा र आर्यतारा इन्भेष्टमेन्टले भक्तपुरमा शाखा खोल्न अनुमति पाएको बोर्डले जनाएको हो । बोर्डले आवश्यक कागजात समयमै पेश भएको खण्डमा पछिल्लो समय बढीमा १५ दिनभित्र शाखा खोल्न अनुमति प्रदान गर्ने नीति लिएको छ ।

यसअघि बोर्डले ११ सेयर ब्रोकर कम्पनीलाई शाखा विस्तार अनुमति दिएको थियो। बोर्डले नयाँ निर्देशिका जारी गर्दै ११ कम्पनीलाई २० स्थानमा शाखा खोल्न स्वीकृति दिएको थियो। ४ फागुनमा ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेको बोर्डले न्यूनतम चुक्ता पुँजीमा थप डेढ करोड चुक्ता पुँजी भएपछि शाखा कार्यालय खोल्न सक्ने व्यवस्था छ।

जीवन विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकको दोस्रो पटक कैँची, अब कति लाभांश ?

0

बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्तको लाभांश घटाइदिएको छ । संस्थाको संचालक समिती बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो 

राष्ट्र बैंकको निर्देशनपछि भने संस्थाले लाभांश घटाएर चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.१५ प्रतिशत नगद गरी कुल ३३.१५ प्रतिशत लाभांश मात्रै वितरण गर्ने जनाएको थियो ।

तर संस्थाले साधारणसभाको सूचना प्रकाशन गर्दा लाभांश ५० प्रतिशतले घटेर प्रकाशन गरेको छ । अब कम्पनीले आर्थिक बर्ष २०७८÷०७९ को मुनाफाबाट १४.२८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४१ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । 

८औं महिनामा १० खर्ब नाघ्यो आयात ,निर्यात १ खर्ब पार,

0

 चालु आर्थिक वर्ष (आव) २०७९/८० को सुरुवातबाटै खस्किएको वैदेशिक व्यापार ८औं महिनामा आइपुग्दा पनि उही प्रवृत्ति देखिएको छ । वस्तु आयात र निर्यात दुवै खुम्चिएको यो वर्ष कुल वैदेशिक व्यापार, व्यापार घाटा र भन्सार राजस्वमा समेत ठूलो गिरावट आएको छ । यसरी समग्रमा वैदेशिक व्यापारका सूचक ऋणात्मक देखिएका छन् ।

भन्सार विभागका अनुसार चालु आवको ८ औं महिना (साउन–फागुन) पुरा हुँदा नेपालले साढे १० खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस अवधिमा निर्यातको आंकडा समेत १ खर्ब नाघेको छ । यस वर्ष आयात १९.१३, निर्यात २९.०७ ले कमी आएको छ । आयातमा आएको गिरावटले व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १७.८६ प्रतिशतले कम भएको छ । समग्र वैदेशिक व्यापार २०.१४ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।