Home Blog Page 285

एनएमबि लघुवित्तको नाफा ८९.८०%ले घट्यो कारण खराब कर्जा

0

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो।

संस्थाको सञ्चालन मुनाफा ९० प्रतिशतले घटेर १ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ भने संस्थाको खुद ब्याज आम्दानी पनि २५.८५ प्रतिशतले घटेर २५ करोड ९६ लाख रुपैयाँ भएको छ।

संस्थाको रिजर्भको आकार २८.०७ प्रतिशतले बढेर २२ करोड ७८ लाख रुपैयाँ भएको हो भने संस्थाको खराब कर्जा अनुपात बढेर ८.९७ प्रतिशत पुगेको छ।

संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १७.२० रुपैयाँबाट घटेर १.७५ रुपैयाँमा झरेको छ। पीई रेसियो ३३५.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४.७३ रुपैयाँ रहेको छ।

नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकल दर्ता भयो

0

नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको छ।

नेपालमै उत्पादित सवारीसाधनको दर्ता प्रक्रियामा रहेको आयातका क्रममा प्राप्त हुने प्रतीतपत्र देखाउनु नपर्ने भएसङ्गै यात्री मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको हो। यात्री बाइक लामो समयबाट कानुन अभाबमा दर्ता हुन सकेको थिएन ।

यसअघिको संघीय कानुन, यातायात तथा सवारी ऐन–२०४९ र २०७४ मा संशोधित यातायात व्यवस्थापन निर्देशिका, २०६० ले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरेको थियो । हाल यो निर्देशिकामा संशोधन भएर नेपालमै उत्पादित यात्री मोटरसाइकलको दर्ता सुरु भएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) बिल र अन्तःशुल्क निकासी फारमका आधारमा यात्री मोटरसाइकल दर्ता सुरु भएको हो ।
यातायात व्यवस्था कार्यालय गुर्जुधारामा पी–१को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको छ । सन् २०२२ देखिनै यात्रीले व्यावसायिक रुपमा मोटरसाइकलन उत्पादन सुरु गरेको थियो। तर, दर्ता गर्न नपाउँदा केही महिनाअघि उत्पादन समेत बन्द भएको थियो। नेपालको उत्पादनले दर्ता नपाएपछी सरकारको समेत चर्को आलोचना भएको थियो ।

नेप्से सामान्य बढेपनि कारोबार घट्यो

0

सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दु कायम भएको छ ।

अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसूचक भने घटेको छ । नेप्सेमा भने ३.२९ अंकको सामान्य वृद्धि भएको छ । बैंकिङ उपसूचक ०.११ प्रतिशत र अनय उपसूचक ०.८९ प्रतिशतले गिरावट भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.८१ प्रतिशतले बढेका हुन ।

बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने घटेको छ । आइतबार ९० करोड माथिको कारोबार भएको बजारमा सोमबार कारोबार रकम करिब ७३ करोडमा झरेको थियो । मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको हो । मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भयो ।

आज नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयरमूल्य बढेको अवस्था छ । त्यस्तै ६३ कम्पनीको सेयरमूल्य घट्दा १७ कम्पनीको स्थिर रहेको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा माया खोला हाइड्रोपावरको सेयरमूल्य ५.७० प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।

नेप्सेमा सूचीकृत भएर मंगलबारबाट मात्रै दोस्रो बजारमा कारोबार सुर भएको माइखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले गिरावट भएको छ । नेप्सेले तोकेको ओपनिङ रेञ्जको माथिल्लो सीमामा ओपनिङ कारोबार भएको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य 

0

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।

हाल आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउछ ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमका प्रवक्ता ठाकुले बताए । सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउने निर्णय गर्ने उनले बताए ।

हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ ।

राष्ट्र उत्थान लघुवित्तको ३२.९६%ले घट्यो नाफा

0

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७२ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३२.९६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाको खराब कर्जा अनुपात बढेर ४.९६ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज ३३ लाख ४४ हजार रुपैयाँले ऋणात्मक थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ३२.९६ प्रतिशतले घटेर ५ करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ९३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २.७८ प्रतिशतले घटेर १५ करोड ९५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १६ करोड ४१ लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी २५ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ३२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब १३ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार ४५.०७ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १७ करोड ३५ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.१० रुपैयाँ , पीई रेसियो ३४.७७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८०.१४ रुपैयाँ रहेको छ।

भ्रष्टाचारविरुद्ध एमालेको खबरदारी प्रदर्शन

0

नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले एमाले नेताहरु महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्य, अनेरास्ववियु अध्यक्ष समिक बडाल लगायत सहभागी भएर भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई उम्काउने र कसैलाई फसाउने नियतका साथ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसमा खबरदारी गर्न उनले युवाहरुलाई आह्वानसमेत गरेका थिए ।

सरकारसँग एमालेले माग्यो नक्कली भुटानी शरणार्थीबारे प्रगति विवरण

0

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग नक्कली भुटानी शरणार्थीको प्रकरणबारे अनुसन्धान कहाँ पुग्यो भनी प्रगति विवरण माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा सोमबार आकस्मिक समय लिएर एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको कामको सदनलाई जानकारी माग गरेको छ ।

‘नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ ?’ उनले भने । सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले सभामुख देवराज घिमिरेलाई पनि आग्रह गरेका छन ।

भ्रष्टाचारविरुद्ध देश आन्दोलित भएको छ ,अन्तर्राष्ट्रिय समुदायले समेत नजिकैबाट निलालिरहेको भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका रहेको पनि बताएका छन ।

म्याद थपका लागि टोपबहादुर रायमाझीलाई आज अदालत पेस गरिंदै

0

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।

अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।

रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् ।

यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत उच्चपदस्थ व्यक्तिहरू पक्राउ परेका छन् । उनीहरू माथि म्याद थप गराइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घट्यो नेप्से , लगानिकर्ता सशङ्कित – पर्ख र हेरको मनस्थितिमा लगानिकर्ता

आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से १६.९६ अंकले अङकले घटेको हो । आज नेप्से ०.९२ प्रतिसतले घटेर १८२१ को विन्दुमा कायम भएको हो ।

हिजो नेप्से परिसूचक ३ अंकले घटेको थियो । हिजो नेप्से ३ अङ्कले घटेर १८३८ को विन्दुमा कायम भएको थियो ।
आज बियर र बुलको फाइटमा बियरको जित भएको छ ।


प्राबिधिक बिस्लेशण
नेप्सेले आज बोल्लिङर ब्यान्डको तल्लो रेखामा रहेको छ , जसको अर्थ बजार अझै तल जाने वा बोलिङ्गर ब्यान्डलाई सपोर्ट बनाएर माथि जान सक्ने भन्ने बुझिन्छ ।

एमएसिडि अझै सेल सिग्नल भ्यालिड रहेको छ । तर हिस्टोग्राम लामालामा हुँदै गैरहेको छ जसले बजारमा पर्ख र हेरको निती लिनुपर्ने सन्केत गर्छ ।

आरएसआइ ३४ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकै पुगेको देखिन्छ। यसले पनि नो बाइ नो सेलको सङ्केत गर्दैछ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।
पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५३ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।
अहिले बाइ सेल नगरि पर्ख र हेरको निती लिएर कन्फर्म भएर मात्र लगानी गर्नु उचित देखिन्छ ।
नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला

दोहोरो अंकले घट्यो बजार, लगानीकर्ता झनै निराश’

0

आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज १६.९६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८२१.६४ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५२ अंकले घटेर ३४९.५८ को विन्दुमा ओर्लेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने अन्य सबै समूहमा रातो पोतिएको छ।
मौद्रिक नितिले लगानिकर्तालाई झनै निराश गरेको छ । मौद्रिक नितीले बजारलाई सम्बोधन गर्ने बजारको अनुमान बिपरित नितिमा बजार मैत्री आएन , यसको सोझो असर सेयर बजारमा परेको हो ।
लगानीकर्ताले मौद्रिक समीक्षामार्फत सेयर धितो कर्जामा १२ करोड क्याप हट्ने र कर्जामा १५० प्रतिशत जोखिम भारलाई पहिलेकै अवस्थामा ल्याइने आशा गरेका थिए तर त्यसो भएन जसको सिधारुपमा बजारमा असर गरेको छ ।

आज जलविद्युत समूह सर्वाधिक २.२१ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह २.०७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७१ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, वित्त समूहमा १.२६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८१ प्रतिशत, जीवन बीमा समूहमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५८ प्रतिशत, लघुवित्त समूहमा ०.५१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४८ प्रतिशत र व्यापार समूहमा ०.५५ प्रतिशतको गिरावट आएको छ।

लगानी समुह भने बढेको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६३ कम्पनीका २७ लाख ८८ हजार ८१५ कित्ता सेयर ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नागरिक लगानी कोषको सर्वाधिक ५ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ५९ लाख रुपैयाँबराबरको भएको आज एनआईसी एसिया बैंकको ४ करोड ५७ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ७ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ७ लाख रुपैयाँ, लक्ष्मी बैंकको २ करोड रुपैयाँ, सोल्टी होटेलको १ करोड ७९ लाख रुपैयाँ, कृषि विकास बैंकको १ करोड ५८ लाख रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंकको १ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन आत्मनिर्भर लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

आज राष्ट्र उत्थान लघुवित्तको सेयरभाउमा ६ प्रतिशत बढीको गिरावट आएको छ।