Home Blog Page 270

चीन र साउदीबीच अर्बौं डलरको लगानी सम्झौता

0

काठमाण्डौ । चीनले मध्यपूर्वमा लगातार आफ्नो प्रभाव बढाइरहेको छ। 

यही सिलसिलामा चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ। लगानी सम्झौताका सम्बन्धमा साउदी पक्षले जारी गरेको विज्ञप्तिमा यो सम्मेलन अरब क्षेत्र र चीनको आपसी हितमा भविष्य निर्माण गर्ने उत्कृष्ट अवसर भएको उल्लेख छ।

साउदीले पहिलोपटक चीन–अरब व्यापार शिखर सम्मेलन आयोजना गरेको हो। सम्मेलन सोमबार सकिँदैछ। 

समाचार एजेन्सी एएफपीका अनुसार साउदीको लगानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुईदिने सम्मेलनमा अरब देश र चीनका ३ हजार ५०० सरकारी अधिकारी तथा व्यापारीको सहभागिता रहेको जनाएको छ। ‘सम्मेलनको पहिलो दिन १० अर्ब डलरको लगानी सम्झौतामा हस्ताक्षर भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यीमध्ये धेरैजसो लगानी साउदी अरेबियाका परियोजनाहरुमा छन्।’

सम्मेलनमा साउदीको लगानी मन्त्रालय र विद्युतीय सेल्फ ड्राइभिङ कार बनाउने चिनियाँ कम्पनी ह्युमन होराइजन्सबीच ५.६ अर्ब डलरको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

सम्मेलनको उद्घाटन गर्दै साउदीका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले चीन र अरब देशबीचको बढ्दो व्यापार र आर्थिक सम्बन्धका बारेमा चर्चा गरे। ‘यो बैठक हाम्रो (अरब देश र चीन) जनताका लागि नयाँ लाभदायक युग सिर्जना गर्ने अवसर हो’, उनले भने।

विज्ञप्तिअनुसार साउदी अरेबियामा फलामको कारखाना स्थापना गर्न साउदीको एएमआर अलुवला कम्पनी र हङकङको झोङहुआन इन्टरनेसनल ग्रुपबीच ५३ करोड ३० लाख डलरको सम्झौता भएको छ।

सम्मेलनमा साउदी एएसके ग्रुप र चाइना नेसनल जियोलोजिकल एन्ड माइनिङ कर्पोरेसन अफ चाइनाबीच साउदी अरबमा तामा उत्खननका लागि ५० करोड डलरको सम्झौता भएको छ। तेल उत्पादक देश ओपेकको सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरेबियाले विदेशी लगानी आकर्षित गर्न विभिन्न कदम चालिरहेको छ। 

चीन साउदीको सबैभन्दा ठूलो व्यापार साझेदार हो। सन् २०२१ मा साउदी–चीन द्विपक्षीय व्यापार ८७.३ अर्ब डलर पुगेको थियो। जनवरी र अक्टोबर २०२२ को बीचमा यो बढेर ४९५.४६ अर्ब डलर पुगेको छ। साउदीले आफ्नो ऊर्जा क्षेत्रमा मात्र नभई उद्योग, सेवा, धातु, खानी र पर्यटनमा पनि चीनले लगानी गरोस् भन्ने चाहन्छ। –एजेन्सी

वाणिज्य बैंकहरुको असारमा निक्षेपको ब्याजदर घटबढ नहुने

0

वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर घटबढ नगर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको ब्याजदर नचलाउने निर्णय भएको हो ।

आगामी आर्थिक वर्षको लागि सरकारले बजेट मार्फत मुद्रास्फीति साढे ६ प्रतिशत भित्र राख्ने लक्ष्य मौद्रिक नीतिलाई छ । सोही अनुसार मौद्रिक नीतिमा नीतिगत दरहरु तय हुन्छ । बैंकरले मौद्रिक नीतिबाट ब्याजदरको संकेत कुर्दै असारमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन् ।

वैशाखदेखि बैंकहरुको निक्षेपको ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत र बचतमा ५.४ देखि ७.४ प्रतिशतको ब्याजदर कायम गरेका छन् ।

यस्तै राष्ट्र बैंकले व्यक्तिगत मुद्दतिमा भन्दा संस्थागत मुद्दतिको ब्याजदर २ प्रतिशत बिन्दुले कम कायम गनुृपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार संस्थागत मुद्दति निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर दिदै आएका छन् ।

निगमलाई जहाज किन्न नदिन चलखेल भइरहेको छ : मन्त्री किराँती

0

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगममा नयाँ जहाज किन्न नदिन चलखेल भइरहेको बताएका छन् । नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने उनले बताए ।

निगमका जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्नेचाहिँ खुलासा गरेनन । तर मन्त्री किराँतीले निजी विमान कम्पनीको स्वार्थमा निगमलाई नयाँ जहाज थप्न नदिने षड्यन्त्र गरेको प्रस्ट परेका हुन ।

‘जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ,’ मन्त्री किराँतीले भने, ‘किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ ।’ निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने मन्त्री किराँतीले बताए । उनले साना–ठूला गरी कम्तीमा ५० वटा जहाज निगमको हुनुपर्ने बताए ।

भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको भन्दै उनले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने आश्वासन दिए । बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको मन्त्री किरातीले बताए ।

मन्त्री किराँतीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन कर्मचारीलाई निर्देशनसमेत दिए । ‘भएका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट छैन,’ उनले भने ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको लिखित मन्तव्य बाचन गर्दै राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा निजी क्षेत्रले पर्यटन, कृषि र अन्य व्यवसायमा करिब ८० अर्ब लगानी गरेपनि व्यवसाय संकटमा परेको हुँदा सरकार गम्भीर हुनुपर्ने बताइन् ।

सुनको मूल्य बढ्यो

0

आज मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावल सुन एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदी १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

क्रिकेट खेलमा पाकिस्तानसङ्ग नेपाल हार्यो

0

क्रिकेट खेलमा पाकिस्तानसङ्ग नेपाल हारेको छ । हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

नेपालका २ जना बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन ।
ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् ।

नेपालका बलरहरूले भने राम्रो प्रदर्शन गरेका थिए । पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २/२ विकेट लिए ।

इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई ह्याट्रकको अवसर थियो तर ओभरको अन्तिम बलमा विकेट लिन सकिनन् ।

पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

२० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।

नेप्से सामान्य अङ्कले बृद्धी,होटल तथा पर्यटनमा सर्किट

0

सेयर बजार सोमबार पनि सामान्य अंकले उकालो लागेको छ।

बजार आज ७.७९ अंकले बढेको छ । नेप्से परिसूचक आज १९८७.८७ को विन्दु कायम भएको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ३७३.३५ को विन्दुमा पुगेको छ। aajako कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

आज होटेल तथा पर्यटन समूह सबै भन्दा धेरै १०.७८ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २.०५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत, लघुवित्त समूहमा ०.४१ प्रतिशत र अन्य समूहमा ०.०५ प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.५० प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ०.०८ प्रतिशत, म्युचुअल फन्डमा ०.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशत र व्यापार समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन सोल्टी होटेलको सर्वाधिक १५ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १० करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवश्री हाइड्रोपावरको ९ करोड ५८ लाख रुपैयाँ, नागरिक लगानी कोषको ७ करोड १५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ८४ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५ करोड ८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ करोड ४ लाख रुपैयाँ, अपी पावरको ५ करोड ४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीहरुको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयरभाउमा १० प्रतिशत तथा भूगोल इनर्जी, सिटी होटेल र चन्द्रागिरी हिल्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो।

यो दिन सगरमाथा जलविद्युत, युनाइटेड इदी मर्दी, सुपर माई हाइड्रोपावर र समता घरेलु लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी सबैको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

मालपोतका खरिदारबिरुद्ध १५ हजार रूपैयाँ घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट टोली खटेर उनीहरुलाई पक्राउ गरेको थियो ।

१५ हजार बिगो कायम गरी उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

सिद्धार्थ बैंकको ऋणी माथि अत्याचार,किस्ता समयमै तिर्दा पनि काट्छ पेनाल्टी-तपाइ पनि साबधान रहनुहोस्

नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त सिद्धार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको नियम नमानेको पाईएको छ । सिद्धार्थ बैंकले ग्राहकले समयमै किस्ता तिर्दा पनि ऋणीबाट पेनाल्टी काटिरहेको पाइएको छ।


सिद्धार्थ बैंकले यस्तो आर्थिक अवस्था खराब भएको बेला समेत समयमै किस्ता तिर्ने असल ग्राहकबाट समेत पेनाल्टी लिईरहेको पाइेको छ । यसै पनि यो समय ब्यापारी , ब्यबसायी तथा सर्बसाधारण जो कसैलाई आफुले लिएको ऋण तिर्न हम्मेहम्मे भईरहेको छ । यस्तो परिस्थितीमा समेत असल ऋणिले नियमित समयमै रकम तिर्छन तर सिद्धार्थ बैंकले तिनिहरुबाट समेत पेनाल्टी लिने गरेको पाईएको छ ।


नेपाल रास्ट्र बैंकले २०७९ साल फाल्गुन १२ गते जारी गरेको सर्कुलरमा असल ऋणीलाई भाखा नाघेको ३० दिनभित्र सम्म ऋण बुझाउदा पेनाल लिन नपाईने भनेको छ । सर्कुलरमा भनिएको छ ” ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको सावा -ब्याज दाहित्व भाखा नाघेको ३० दिन भित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाईने छैन । यो ब्यबस्था २०८० जेठ मसान्तसम्म भुक्तानिको भाखा रहेको सावा – ब्याजमा मात्र लागु हुनेछ ” तर अचम्मको कुरा त के छ भने यसरी भाखा नाघेका लाई त परै जाओस, समयमै किस्ता तिरिरहेका असल ग्राहकबाट समेत पेनाल शिर्षकमा सिद्धार्थ बैंकले रकम काटिरहेको हामीले पाएका छौ ।


एक ऋणीले हामीलाई देखाएको रिपोर्ट अनुसार ऋणीले नियमित तिर्नु पर्ने किस्ता प्रत्यक महिनाको दश तारिकमा हो । किस्ता दश तारिखमै तिरीएको छ तर बैंकले दस तारिखमै पैसा तिर्दा समेत पेनाल काटिरहेको छ ।


हामीले यस बिषयमा सिद्धार्थ बैंक कर्पोरेट कार्यालयमा फोन गरेर यस बिसयमा के भएको हो भनी बुझ्ने प्रयास गर्यौ तर हामीलाई जवाफ आयो कि हामी यो बिसय हेर्दैनौ हात्तीसारले ऋण बारे सम्पुर्ण कुरा हेर्छ भन्दै हातिसारको दुइओटा नम्बर दिईयो ।

हामीले दुबै नम्बरमा कल गर्यौ । एउटा धेरैबेर ब्यस्त देखायो तर अर्को नम्बरमा फोन लाग्यो र यो बिषय राखेर के कसो भएको हो भनेर सोध्यौ त्यहाबाट त्यस्तो नहुने भन्दै खातावालाको विवरण दिदा चाँही आफुले के भएको हो भन्न सक्छौ भनेर ऋणीको विवरण र खता नम्बर मागियो तर हामिले यसरी हामी विवरण दिन सक्दैनौ के भएको हो भनिदिनुस भन्दा ऋणीको विवरण नपाई आफुले सबै भन्न् नसक्ने बताइयो तर यो उत्तरबाट हामीलाई चित्त नबुझी सिद्धार्थ बैंकको सिईओसँग कुरा गर्न खोज्दा उहासँग संपर्क स्थापित भएन र सिईओको असिस्टेन्ससँग यो बिषय राख्यौ .

तर उहाले आफुलाई यस बिषयमा थाहा नहुने भन्दै र यो कुरा लोन डीपार्टमा हुने भन्दै लोन डीपार्टमा फोन ट्रान्स्फर गरिदिन्छु भन्नु भयो र हामिले फोन ट्रास्फर भएसी कुरा गर्दा उहा आफुलाई थाहा नहुने र सो कुरा बुझ्न हातिसार कुरा गर्नुस् भन्दै हात्तीसारको नम्बर भनियो । हामिलाई नै यसरि गोलगोल घुमाउन खोजेपछी हामीले हात्तीसार कुरा गरिसक्यौ भनेर फोन राख्यौ ।

ऋणी भने आफु नियमित समयमै किस्ता तिर्दापनी आफुलाई पेनाल लगाइ खराब ऋणी देखाउन खोजिएको भन्दै चिन्तित देखिन्थे । हुन पनि निज ऋणीले प्रत्यक महिना समयमै १० तारिखमै किस्ता तिर्दा पनि लगातार दुई महिना पेनाल लिएको हामीले पायौ ।

बैंकले यसरी नै सानो रकम प्रत्यक महिना ग्राहकको खाताबाट थोरै रकम काट्ने तर ग्राहकले सानो रकम भनेर छोडिदिने तर लाखौं ग्राहकबाट यसरी उठाएर बैंकले लाखौं,करोडौ आम्दानी त गरिरहेको त छैन ? भन्ने प्रश्न उठेको छ , सम्वन्धित निकायको समयमै ध्यान जाओस ।

बजेटमा राजस्व वृद्धिदरबारे त्रुटि भएको अर्थमन्त्रीको स्वीकार, सच्याउने प्रतिवद्धता

0

बजेटबारे उठेका प्रश्नको उत्तर दिदै अर्थमन्त्रीले राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्य स्वीकार गरेका छन् । यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ शीर्षकगत विवरणका आधारमा सच्याउने उनले बताएका छन् ।

उनले भने, ‘चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलनको यथार्थ विवरण शीर्षकगत आउँछ, समग्रमा मूल्याङ्‍कन गरी हरेक शीर्षक, उपशीर्षकमा सोही दरले यथार्थपरक रुपमा मिलाउँछौं ।’

बजेटले लिएको नीतिगत सुधारका आधारमा तोकिएको लक्ष्य २४ ।३७ प्रतिशतको प्राप्तिमा सरकार निरन्तर लाग्ने भन्दै उनले यो लक्ष प्राप्त गर्नेमा सरकार ढुक्क रहेको बताए । करलाई वैज्ञानिक बनाइएको, आधार बढाएको, र्‍यासनलाइज गरेको भन्दै यसले लक्ष्य भेटाउने उनले तर्क गरे । एउटै दरको वृद्धिदरको विषयमा उनले भने, ‘एउटै वृद्धिदर पर्न गएछ ।’

भुटानले हजारौं ट्रक निर्यात गर्छ, हामी पनि ढुङ्गमाटो निर्यात गर्नेछौ: अर्थमन्त्री

अर्थमन्त्री डा । प्रकाशशरण महतले नेपालको ढुंगामाटो निर्यातबारे बिरोध भएपछी त्यस विषयबारे बचाउ गरेका छन् । उनले बजेटमा चुरे भत्काउने नभनेको भन्दै कहाँ उपयुक्त ठाउँ छ, त्यसको पहिचान गर्न सकिन्छ मात्र भनेको बताए ।

सम्भावनातर्फ इंकित गरेको भन्दै उनले भने, ‘भुटानले हजारौं ट्रक ढुंगा बंगलादेशमा निर्यात गर्छ, अष्ट्रेलियाले विशाल खाल्डो कोइला निकाल्छ, उनीहरु वातावरणप्रति बेखबर, हामी मात्र वातावरण विगार्ने कसरी भयौं ?’

वातावरण नबिगारी सम्भावनाको खोजी गरिनेछ उनले भनेका छ । फलामलगायत अन्य खनिज पदार्थकै रुपमा माटो ढुंगालाई पनि लिनु पर्ने उनले बताए ।