Home Blog Page 269

डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघ्यो, मेरो सेयर प्रयोगकर्ता कति ?

0

पुँजीबजारमा डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघेको छ। 

सीडीएससीको तथ्यांकअनुसार आज बिहानसम्म डिम्याट खाता खोल्नेको संख्या ५७ लाख १ हजार ८४२ पुगेको हो। यद्यपि १५–१७ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको सीडीएससीले जनाएको छ। 

डिम्याट खाताहरुमा १० अर्ब ३४ करोड ३० लाख ६४ हजार ४०५ कित्ता सेयर रहेका छन्। 

पछिल्लो समय मेरो सेयर प्रयोगकर्ताको संख्या बढिरहेको छ। अहिलेसम्म मेरो सेयर प्रयोग गर्नेको संख्या ४७ लाख ७६ हजार ८४२ पुगेको छ।

काठमाडौं महानगरले २ स्वास्थ्य संस्थामा लगायो ताला

0

काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ ।

अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् ।

महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत नि:शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो ।

तर, अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत रहेको पाइएपछि बन्द गरिएको मेयर शाहले बताएका छन् ।

तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन दिएको उनले बताए ।

लोकप्रियताका लागि नभइ कानुनमा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा सर्वसाधारणको सेवामा पुर्‍याउन यो काम गरिएको मेयर शाहको भनाइ ५ ।

उनले सबैको पहुँच स्थापित हुने गरी सुधान नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न संसदीय समितिको निर्देशन

0

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव पुनरावलोकन गर्न निर्देशन दिएको हो ।

१५ जेठमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी निकाय खारेज गर्ने बताएका थिए। जसमा जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रुपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने बजेट वक्तव्यको अनुसूचीमा उल्लेख गरिएको थियो।

निर्वाचन आयोगले जिल्लास्थित आफ्ना संरचना खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको थियो । गत शुक्रवार यसै विषयमा निर्वाचन आयोगले सर्वदलीय बैठक समेत गरेको थियो ।

प्रचण्ड भन्छन्- सरकार गए जाओस ,कसैसँग झुकिंदैन

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपर्ने अवस्था आए सरकार छाड्न समेत तयार रहेको बताएका छन् । सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए ।

प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने जनाउ दिए ।

पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’

त्यसअघि प्रेस सेन्टर नेपालको टोलीसँग बालुवारस्थित निवासमा भएको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’

पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति-सम्झौता ऐतिहासिक भएको प्रचण्डले बताएका छन् ।

एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’

भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात, नेपाल-भारत पारवहन सम्झौता नवीकरण, हवाई रुट, भन्सार जाँच चौकी लगायतका विषयमा भएका सम्झौता ऐतिहासिक भएको प्रचण्डको दाबी छ ।

घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको प्रचार भने कम भएको बताए ।

‘राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलनलाई, जनतालाई र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’

बाल सेनासम्बन्धी रिटमा सर्वोच्चले प्रचण्ड-बाबुरामसँग माग्यो लिखित जवाफ

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

आफूहरुलाई बालसेनाका रुपमा प्रयोग गर्नु र जबरजस्ती अयोग्य भनेर शिविरबाट निकाल्नु युद्ध अपराध भएको भन्दै लेनिन विष्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुद्दालाई अग्राधिकार दिनुका साथै उक्त विषयमा प्रचण्ड र भट्टराईसँग लिखित जवाफ मागेको हो ।

केही दिनमै प्याजमा मूल्य ४५ बाट १०० पुग्यो, तनावमा जनता !

0

सरकारले कृषिजन्य उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएपछी ब्यापारिहरुले चलखेल गरेको पाइएको छ । १३ प्रतिसत भ्याट लगाईेपछी प्याजको मूल्य अस्वभाविक महंगो भएको छ । सरकारको घोषणासँगै भारतबाट आलु र प्याज खासै आयात भएको छैन ।त्यसले माग बढी र पुर्ती कम हुँदा अहिले बजारमा आलु र प्याजको मूल्य धेरै बढेको छ ।

अहिले तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १०० रुपैयाँमा खरिद बिक्री भईरहेको देखिन्छ। गत शुक्रबारसम्म प्याजको मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको थियो । तर,अहिले खुद्रा बिक्रेताकोमा प्याजको भाउ प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ ।

सरकारले आलु, प्याजमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेसँगै आलु र प्याजको आयाता ठप्प भएको तरकारी व्यवसायीहरु बताउँछन् ।

सेयर बजार बढेर २००० अङ्कमाथी, ३ महिना यताकै उच्च बिन्दुमा

0

सेयर बजार आज ३४ अङ्कले बढेको छ । बजार आज १।७२ प्रतिसतले बढेर २०२०को बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्सेमा करिब ५ महिना यताकै उच्च रकमको कारोबार हुँदा बजार परिसूचक नेप्से पनि करिब साढे ३ महिनापछि दुई हजार अंकको विन्दुबाट माथि गएर बन्द भएको छ ।

बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाउदै लग्ने अनुमानका साथ लगानिकर्ताहरु आफ्नो लगानी बढाउदै लगेका छन । जसले गर्दा लगातार छैटौं कारोबार दिन पनि बढेर साढे ३ महिना यताकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम करिब ५ महिना यताकै उच्च भएको हो ।

मंगलबार नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा नेप्सेका सबै उपसूचक बढेको छन् । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.३२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक २.६४ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि ४ माघ यताकै उच्च पुगेको हो । ४ माघमा करिब ५ अर्बको कारोबार भएको बजारमा त्यसपछि कारोबार रकम ४ अर्ब नाघ्न सकेको थिएन । तर, मंगलबार नेप्सेमा ४ अर्ब १२ करोड ६७ लाखको कारोबार भएको छ ।७० हजार ७५९ वटा कारोबारमा १ करोड ८ लाख १ हजार ६९३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ६७ लाखको कारोकार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १७ लाख ५१ हजार र आईएमई जनरल इन्स्योरेन्सको १६ करोड २७ लाखको कारोबार भएको हो ।

मंगलबार नेप्सेमा कुल २२३ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १९६ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै २२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ ।

मंगलबार वीन नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा भूगोल इनर्जी र सिटी होटलको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ८.८० प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ८.२३ प्रतिशतले वृद्धि भएको छ ।

यता समंगलबार नै नयाँ उचाइ कायम गरेको युनिलिभरको सेयरमूल्य अन्तिममा ३.१४ प्रतिशतले घटेर बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य २.०१ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य १.४४ प्रतिशतले गिरावट भएको छ ।

युनिलिभरको सेयर मूल्यमा नयाँ रेकर्ड

0

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनिलिभर नेपालको सेयर मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघिको आफ्नो रेकर्ड तोडदै मंगलबार कम्पनीको मूल्यले नेप्सेमा सूचीकृत भएका कम्पनीहरु मध्येकै सबैभन्दा धेरै मूल्य कायम कायम गरेको छ ।

यो कम्पनी उत्पादनमूलक क्षेत्रको कम्पनी हो र यसले उत्कृष्ट वित्तीय विवरण र आकर्षक लाभांश बाँड्दै आएको छ । कम्पनीको सेयर मूल्य पछिल्लो केही दिन यता लगातार बढेर नयाँ रेकर्ड बनाएको हो ।

सोमबार प्रतिकित्ता ३४ हजार ३९९ रुपैयाँमा बन्द भएको कम्पनीको सेयरमूल्य मंगलबार बढेर ३७ हजार ८३८ सम्म पुगेको थियो । जुन नेप्सेमा सूचीकृत भएका कुनै पनि कम्पनीको अहिलेसम्मको उक्त मूल्य हो । यसअघि २०७३ मा कम्पनीको सेयरमूल्य ३६ हजार रुपैयाँ पुगेर बन्द भएको थियो ।

त्यसपछि घटेको कम्पनीको सेयरमूल्य कोभिड-१९ पछि नेप्से ३२०० अंकको विन्दुमा पुग्दा पनि खासै बढ्न सकेको थिएन । ७ जेठमा २४ हजार ९५० मा बन्द भएको कम्पनीको सेयरमूल्य त्यसयता लगातार बढेर ३० जेठमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

ट्याक्सीलाई तीन स्तरमा वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क तिर्नुपर्ने

0

काठमाण्डौ । सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसाधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ।

यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो। विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय(परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ।

मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन भागमा वर्गीकरण गरिनेछ। विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरिएको हो।

अर्डिनरी ट्याक्सी न्यूनतम ८०० सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात ०.०१२ हुनुपर्नेछ। यस्ता ट्याक्सीमा मनोरञ्जनका लागि कम्तीमा सवारीको अगाडि र पछाडि साउण्ड सिस्टम (स्पिकर)को सुविधा हुनुपर्नेछ।

डिलक्स ट्याक्सी न्यूनतम एक हजार दुई सय सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्नेछ। यस्ता ट्याक्सीमा साउण्ड सिस्टम (स्पिकर), टच स्क्रीनसहितको कम्तीमा एउटा डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झयाल, स्वचालित वातानुकुलन प्रणाली, पछाडि रिडिङ ल्याम्पको सुविधा हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको छ।

मस्यौदाअनुसार लक्जरी ट्याक्सीको हकमा न्यूनतम २ हजार सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्नेछ। यस वर्गका ट्याक्सीमा मनोरञ्जनका लागि सवारीको अघिपछि साउण्ड सिस्टम (स्पिकर), सवारीको पछाडिको सिट पंक्तिका लागि कम्तीमा दुई वटा ‘टच स्क्रीन’सहितको डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल र हावाको गुणस्तर नियन्त्रणसहितको स्वचालित वातावरण नियन्त्रणको सुविधा हुनुपर्नेछ। साथै वाइफाइ इन्टरनेटको सुविधा, ट्याक्सीको अगाडि र पछाडिका लागि ‘हेड रेष्ट’, ‘कप होल्डर’, ‘रिडिङ् ल्याम्प’, ‘मोबाइल तथा विद्युतीय उपकरण चार्ज गर्न लागि डिसी वा एसी पावर आउटलेटलगायतका सुविधा उपलब्ध हुनुपर्नेछ।
वर्गीकरण गरिएका ट्याक्सीले वर्ग खुल्ने गरी सवारी संकेत चिह्न अनिर्वाय राख्नपर्नेछ। प्रत्येक ट्याक्सीले वर्ग खुल्ने गरी अगाडिको सिसाको चालकतर्फको माथिल्लो कुना, पछाडि पट्टिको दायाँ तथा बायाँ ढोकाको सिसामा र पछाडिको सिसाको दायाँतर्फको कुनामा अर्डिनरीले ‘ओ’, डिलक्सले ‘डि’ र लक्जरीले ‘एल’ चिह्न टाँस्नुपर्नेछ। साथै ट्याक्सीहरुले छतमा बत्ती राख्नुपर्नेछ। मस्यौदाअनुसार ट्याक्सी खाली हुँदा हरियो, सवारी खाली नहुँदा रातो र सवारी सेवामा नहुँदा ‘ह्वेन अफ ड्युटी’ बल्ने सेतो सङ्केत बत्ती बाल्नुपर्नेछ। साथै प्रत्येक ट्याक्सीले प्रिन्टरसहितको डिजिटल भाडा मिटर र डिस्प्लेसहितको जिपिएस नेभिगेसन प्रणाली पनि जडान गर्नुपर्नेछ।
विभागले ट्याक्सीको वर्गीकरण अनुसार भाडादरसमेत प्रस्ताव गरेको छ। जसअनुसार अर्डिनरी वर्गको ट्याक्सीको हकमा हाल नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडादर नै कायम हुनेछ भने डिलक्स ट्याक्सीको भाडादर अर्डिनरीको तुलनामा २० प्रतिशत बढी हुनेछ। साथै, विभागले लक्जरी ट्याक्सीका लागि अर्डिनरी ट्याक्सीको भाडादरभन्दा १०० प्रतिशत अर्थात् दोब्बर भाडादर प्रस्ताव गरेको छ।- RSS

१ कित्ता सेयरको रु. १ लाख, भारतीय सेयर बजारमा इतिहास रचियो

0

काठमाण्डौ । एमआरएफको स्टकले मंगलबार भारतीय सेयर बजारमा इतिहास रचेको छ। 

टायर बनाउने एमआरएफ भारतमा भारु १ लाख प्रतिकित्ता छुने पहिलो स्टक बनेको हो। बीएसईमा अघिल्लो बन्दको भारु ९८ हजार ९३९.७० को तुलनामा आज सेयर भारु ९९ हजार ५०० मा खुल्यो। बिहानको कारोबारमा भारु १ लाख ३०० पुग्यो। यो हालसम्म उच्च सेयरभाउ हो। 

पछिल्लो एक वर्षमा यो कम्पनीको सेयरभाउमा उल्लेख्य वृद्धि भएको छ।

बेन्चमार्क सेन्सेक्समा १९ प्रतिशतको वृद्धिको तुलनामा पछिल्लो १ वर्षमा सेयर ४५ प्रतिशतले बढेको छ। एमआरएफको सेयरले बीएसईमा गत जुन १७ मा आफ्नो ५२ हप्ताको न्यून भारु ६५ हजार ९००.०५ मा पुगेको थियो।

चौथो त्रैमासमा एमआरएफ कम्पनीले उत्कृष्ट नतिजा प्रस्तुत गरेको छ। –एजेन्सी