Home Blog Page 259

यो गठबन्धन ५ वर्षसम्म कसैले एक इन्च हल्लाउन सक्दैन : प्रचण्ड

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कसैले चलाऊन नसक्ने र निरन्तर चल्ने बताएका छन् ।

आज सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका हुन् ।

‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने तपाईहरुले हेर्नुभएको होला, सुन्नुभएको होला’, प्रधानमन्त्री प्रचण्डले भने, ‘लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षसँग पनि भएको बैठकका आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन ।’

आफ्नो भारत भ्रमण ऐतिहासिक नै भएको दाबी प्रधानमन्त्री प्रचण्डले गरे । ‘१० वर्षमा १० हजार मेगावाट विजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरु महत्वपूर्ण भएका छन्, मलाई गर्व छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूले मानिसहरुले के भन्छन् भन्ने विषयमा ध्यान दिनै छाडेको बताए । ‘आफ्नो ठाउँबाट राम्रो गर्दै जाने, जनताले एक दिन त फैसला गर्ने नै छन् । राम्रो काम गर्नेको जनमत बन्ने नै छ भनेर म अगाडि बढेको छु’, उनले भने ।

जनतालाई सेवा सुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने र अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा आफ्नो ध्यान रहेको उनको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । सो अबधिमा उनले १ करोड ४४ लाख भ्रस्टचार गरेको आरोप अख्तियारले लगाएको छ ।

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएपछि ढकालको र परिवारको बैंक खातामाथि अख्तियारले अनुसन्धान गरेको थियो ।

राष्ट्र बैंकले रु. २० अर्ब माग्दा बैंकहरुबाट रु. १४.७ अर्बको मात्रै आवेदन

बैंकिङ प्रणालीमा अधिक तरलता भएको कारण नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बजारबाट तानेर सन्तुलन गर्न चाहेको थियो । तर, बैंकहरुले १४ अर्ब ७० रुपैयाँबराबरको मात्रै आवेदन दिएका छन्।

अधिक तरलता सन्तुलनका लागि हिजो आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपोको लागि नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको थियो। तर, ९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट १४ अर्ब ७० रुपैयाँको मात्रै आवेदन परेको हो।

सोही कारण राष्ट्र बैंकले भने १३ अर्ब २० करोड रुपैयाँको मात्रै रिभर्स रिपो जारी गराएको छ। यसको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ।

यो रकम बैंकहरुले असार १७ गते फिर्ता पाउनेछन ।

यसअघि गत असार ७ गते पनि राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो। त्यतिबेला भने बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन दिएका थिए। यो रिपोको औसत ब्याजदर ३.०१ प्रतिशत कायम भएको थियो।

करोडको लगानिमा ८६ हजार नेट कमाइ गर्ने, पचास पैसा ईपीयसको कम्पनीमा फसाईएको भन्दै घोरही सिमेन्टमा रोकिएको पैसा फिर्ता गर्न माग

अहिले घोरही सिमेन्टमा लगानिकर्ताको पैसा अड्किएको छ । बुक बिल्डिङ मार्फत १०० मा ३३५ प्रिमियम थपेर ४३५ मा आइपिओ निकालेको घोराही सिमेन्टमा फर्जी आबेदन परेको भन्दै आइपिओ स्थगित भएपछी लगानिकर्ताको पैसा बैंकमा रोकिएको छ ।

१४ जना जतिले १० लाखका दरले पैसा नभएको खाताबाट आइपिओमा आबेदन दिई उच्च माग रहेको जस्तो देखाएर लगानिकर्ता झुक्काईएको आरोप छ ।

घोराही सिमेन्ट कम्पनिले एक करोडको लगानिमा ८६ हजार नेट कमाइ गर्ने पाइएको छ । कम्पनीको प्रतिसेयर आम्दनी पचास पैसा छ । यस्तो कम्पनिमा फसाईएको भन्दै लगानिकर्ताले रोकिएको पैसा फिर्ता मागेका छन ।

रेटिङ प्रकृया पनि स्वार्थ बाझिने गरी गरिएको जसको लगानिको घोराही सिमेन्ट कम्पनी , उसकै रेटिङ एजेन्सीबाट रेटिङ गराएर रेटिङ नियमावलीको पनि खिल्ली उडाईएको भन्दै चर्को आलोचना भईरहेको छ ।

१४ अर्ब भन्दा बढी ॠण भएको र कमाइ एकदमै न्युन भएको कम्पनीलाई प्रिमियममा आइपिओ जारी गर्न दिएर जनतालाई फसाउन खोजिएको भन्दै लगानिकर्ताहरु आफ्नो रोकिएको रकम चाडो फिर्ता हुनुपर्ने माग गरिरहेको छन।

श्रोतका अनुसार पचास प्रतिसत भन्दा बढी फर्जी आबेदन रहेको अनुमान गरीईएको छ ।


एक लगानिकर्ताका भन्छन -अब घोराहिको अहिलेको प्रकृया रद्द गरी १०० मा आबेदन दिन पाउने ब्यबस्था गरियोस ।

प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा स्टेजमै बोतल प्रहार

0

रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका बेला एकजना दर्शकले गायक प्रकाश सपुतमाथि आक्रमण गरेका छन । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागी एक मादक पदार्थ सेबन गरेका ब्यक्तीले क्यान बोतल प्रहार गरेका हुन् ।

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेर निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए ।

बोतल प्रहारको घटनालाई लिएर संगीतकर्मीले विरोध गरिरहेका छन् । सोमबार बिहानैदेखि यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । यसअघि जापान कन्सर्टमा र्‍यापर भिटेनमाथि बियरको बोतल प्रहार भएको थियो भने अमेरिकामा राजेशपायल राईमाथि स्टेजमा एक व्यक्तिले निन्दनीय हर्कत गरेका थिए ।

सुन चाँदीको मूल्य बढ्यो

0

आज सोमबार सुन र चाँदीको मूल्य बृदि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १० हजार २ सय रुपैयाँमा छापावाल, एक लाख ९ हजार ६५० रुपैयाँमा तेजावी र १३ सय ५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

दिव्यश्वरी हाइड्रोपारवरले १००% हकप्रद सेयर जारी गर्ने निर्णय

0

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको असार १० गते बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीले चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ को १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।

नियमनकारी निकायबाट अनुमति पाएपछी कम्पनीले २६ करोड ४० लाख रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगमा सहमतिका लागि प्रक्रिया अगाडि बढाउनेछ। आयोगबाट सहमति पाएपछि स्वीकृतिका लागि आगामी साधारणसभामा हकप्रदको प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ।

हकप्रदबाट उठेको रकम बैंक ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ।

असार १९ बाट मनकामना इन्जिनिरिङ हाइड्रोपावरको आईपीओ आउँदै

0

असार १९ गतेदेखि मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने निस्चित भएको छ।

यस कम्पनीले आफ्नो जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १०० अंकित दरका कुल ८ लाख कित्ता साधारण सेयर बिक्री खुलाउनेछ।

यस आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउने छन्।

कम्पनीले सर्वसाधारण जनताका लागि जारी पुँजीको २५ प्रतिशतले हुने २० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ छुट्याइएको छ। त्यस्तै १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले मनकामना इन्जिनियरिङको रजिस्ट्रर्ड कार्यालय (अनामनगर), प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।

आज देशैभरि पानी पर्ने, तराईका केही स्थानमा हावाहुरी चल्ने पूर्वनुमान

0

हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहेको छ । अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा सामान्य वर्षा भइरहेको छ ।

दिउँसो देशैभरी सामान्य बर्षा हुनेछ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसे पनि कर तिर्नुपर्ने महानगरको निर्णय :विज्ञापन कर

0

अबदेखी काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने निर्णय गरेको छ । महानगरले, नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ ।

महानगरले पहिलेभन्दा फरक र नयाँ करका दरहरु सार्वजनिक गरेको छ ।

विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा प्रबर्द्धन गर्न पसल व्यवसायको पहिचान वा परिचयका लागि सञ्चालन भएको स्थानमा बढीमा ३० वर्ग फुटसम्मको विज्ञापन बोर्डलाई परिचयपाटी (साइनबोर्ड) को रुपमा राख्न दिइनेछ । त्यस्तो विज्ञापनमा पनि करको दर तोकिएको छ ।

त्यस्तै महानगरले सवारी साधनको दाँयाबाँयापट्टीको भागमा अधिकतम २० वर्ग फुटसम्मको अस्थायी प्रकृतिको बोर्ड राखी गरिने विज्ञापनका लागि प्रतिदिन १०० विज्ञापन कर तोकिएको छ । सवारी साधनमा स्थायीरुपमा लेखिएको वा छापिएको प्रचार सामग्रीका लागि प्रतिवर्ष प्रतिवर्ग फुट ३०० कर तोकिएको छ ।

१५ वर्ग फुटसम्मको परिचयपाटी (साइनबोर्ड)का लागि १ हजार कर तिर्नुपर्नेछ । यस्तो साइनबोर्ड एउटा पसलमा एउटा मात्रै राख्न पाइनेछ । फ्लेक्स बोर्डबाट तयार गरिएको विज्ञापन सामग्रीको प्रतिवर्ष प्रतिवर्ग फुट १ हजार विज्ञापन कर तोकिएको छ । डिजिटल बोर्ड, ग्लो साइनबोर्ड, स्टिकरबाट गरिने विज्ञापन प्रचार सामग्री, नियोन साइन र यस्तै विज्ञापन प्रचार सामग्रीको प्रतिवर्ष प्रतिवर्ग फुट पनि १ हजार विज्ञापन कर लाग्नेछ ।

खेलकुद मैदान र यस्तै प्रकृतिका अनुमति लिएर गरिने कार्यक्रममा गरिने विज्ञापनबापत सम्बन्धित आयोजकबाट पहिलो दिन १० हजार र त्यसपछिको प्रत्येक दिन ५ हजार विज्ञापन कर तोकिएको छ ।

बेलुन, ज्याकेट, साइकल, मोटरसाइकलमा प्रयोग गरी गरिने विज्ञापन वा डमी एवं सेग्वे तथा ‘ह्युमन बिलबोर्ड’द्वारा गरिने प्रचारमा प्रतिगोटा प्रतिदिन ५०० कर तोकिएको छ । यसरी गरिने विज्ञापनका लागि एकपटकमा अधकितम सात दिनका लागि अनुमति प्रदान गरिने जनाइएको छ ।

झोलाद्वारा गरिने विज्ञापन वार्षिकप्रति झोला १०० कर तिर्नुपर्नेछ । सार्वजनिक स्थानबाट नदेखिने गरी मल, चलचित्र भवन, लगायतका व्यावसायिक भवनभित्र विज्ञापन प्रचारप्रसारका लागि राखिएको विज्ञापन सामग्रीको प्रतिवर्ग फुट ५०० कर तोकिएको छ ।

अधिकतम २५ वटा अक्षरसम्म मात्र लेख्न पाइने गरी धातु वा सिमेन्टबाट बनेको अक्षरबाट लेखिएको परिचय पार्टीका लागि वार्षिक १ हजार विज्ञापन कर तोकिएको छ ।