Home Blog Page 222

एनएमबि बैंकको नाफामा सामान्य वृद्धि, हेर्नुस् सम्पूर्ण विवरणहरु

0

एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । बैंकको सञ्चालन मुनाफा ४ अर्ब ९४ करोड रुपैयाँ रहेकोे छ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको देखिन्छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ देखिन्छ भने बैंकको लाभांश क्षमता ८ प्रतिशतसम्म हुने देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.७२ प्रतिशत पुगेको छ। इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

बैंकको रिजर्भको आकार २५.७७ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुगेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८.५७ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५५.७९ रुपैयाँ रहेको छ।

हिमालयन बैंकको ३७.९६%ले बढ्यो नाफा, खुद ब्याज आम्दानी १००.९५ प्रतिशतले बढ्यो

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज बढ्दा वितरणयोग्य मुनाफा नकारात्मक देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.५७ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन मुनाफा अघिल्लो बर्षको तुलनामा ११४.८१ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड रुपैयाँ भएको छ। बैंकको रिजर्भ १३०.३९ प्रतिशतले बढेर १४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.१९ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६५.५८ रुपैयाँ रहेको छ।

ग्लोबल आइएमई बैंकको नाफा सवा ७ अर्ब, खराब कर्जा २.४ गुणा बढी

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो बर्षको तुलनामा यो नाफा ४६.२६ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता ८ प्रतिशत हाराहारी रहेको देखिन्छ ।

यस अबधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.०८ प्रतिशत छ भने इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी ६६.३६ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रुपैयाँ भएको छ। बैंकको सञ्चालन मुनाफा अघिल्लो बर्षको तुलनामा ४४.२६ प्रतिशतले बढेर १० अर्ब ३६ करोड रुपैयाँ रहेकोे छ।

बैंकको रिजर्भ १९ अर्ब ९५ करोड रुपैयाँको रहेको छ। अघिल्लो वर्ष रिजर्भमा १० अर्ब ७० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य घटेर २०.७७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.८४ रुपैयाँ थियो। पीई रेसियो ८.९६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ रहेको छ।

नबिल बैंकको नाफा ७६.८६% र ईपीएस ४९.२५%ले बढ्यो

नबिल बैंक लिमिटेड गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले समीक्षा अवधिसम्ममा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७६.८६ प्रतिशत बढी हो।

नबिल बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ भएको छ।

समिक्षा अबधिमा नबिल बैंकको सञ्चालन मुनाफा ७५.३६ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ रहेकोे छ।

त्यस्तै एनपीएल ०.६४ प्रतिशतबाट बढेर १.२३ प्रतिशत पुगेको छ। इम्पेयरमेन्ट चार्ज बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

कम्पनिको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर लाभांस दिने क्षमता १४ रुपैयाँ ६४ पैसा रहेको देखिन्छ ।

बैंकको प्रति सेयर आम्दानी १८।६४ रुपैयाँबाट २७ रुपैयाँ ८२ पैसा पुगेको छ । भने बैंकको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको देखिन्छ ।

बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

एनआइसी एसिया बैंकको लोभलाग्दो प्रगती- प्रतिसेयर आम्दानी ४०.२२ रुपैयाँ

एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा १० प्रतिशतले बढी हो।

बैंकको खुद ब्याज आम्दानी ९.५८% ले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा १४.४५% बढेको छ । बैंकको एनपीएल ०.८ प्रतिशत पुगेको छ।

बैंकको रिजर्भ १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी समिक्षा अबधिसम्म ४०.२२ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २५६।४१ रुपैयाँ रहेको देखिन्छ ।

त्यस्तै बैंकले समिक्षा अवधिसम्ममा ३ खर्ब १४ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७१ अर्ब कर्जा परिचालन गरेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको ईपियस ३९.९२%ले घट्यो, वितरणयोग्य मुनाफा २४ करोड ८९ लाख

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा नाफा ३४.८० प्रतिशतले घटी हो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २४ करोड ८९ लाख रुपैयाँ रहेको छ। त्यस्तै सञ्चालन मुनाफा ५० करोड ५१ लाख रुपैयाँ रहेकोे छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६८ प्रतिशतले बढेर १ अर्ब ८० करोड रुपैयाँ भएको छ। बैंकको रिजर्भ १४.४८ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकले ५० अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। त्यस्तै खराब कर्जा अनुपात बढेर ३.०६ प्रतिशत पुगेको छ।

खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ४३ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी घटेर १०.५२ रुपैयाँ कायम भएको छ। पीई रेसियो ३०.६१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३९.४२ रुपैयाँ रहेको छ।

प्रभु बैंकको नाफा ४८.५४%ले बढ्यो, अन्य सुचकमा लोभलाग्दो प्रगती

प्रभु बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार बैंकले २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा ४८.५४ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ। त्यस्तै खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.१६ प्रतिशत पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। यसले बैंकको वितरणयोग्य मुनाफा घट्न गएको देखिन्छ ।

बैंकको सञ्चालन मुनाफा ४ अर्ब २० करोड रुपैयाँ रहेकोे छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड रुपैयाँ भएको छ। बैंकको रिजर्भको आकार १० अर्ब २ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। समीक्षा अवधिमा निक्षेप संकलन ६१.८२ प्रतिशत र कर्जा लगानी ६३.८५ प्रतिशतले बढेको छ। यसले बैंकले आफ्नो व्यापार द्रुत गतिमा बढाएको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ कायम भएको छ। पीई रेसियो १३.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.२५ रुपैयाँ रहेको छ।

कृषि विकास बैंकको वितरणयोग्य मुनाफा २ अर्ब बढी, नाफा ३९.२५ प्रतिशतले बढ्यो

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले ३ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो बर्षको तुलनामा बैंकको नाफा ३९.२५ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश बाँड्न सक्ने क्षमता १० प्रतिशत बढी देखिन्छ।

बैंकको सञ्चालन मुनाफा ४ अर्ब ५४ करोड रुपैयाँ रहेकोे छ। खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेर ८ अर्ब ८ करोड रुपैयाँ भएको छ।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ४.५२ प्रतिशतले बढेर ११ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.४८ प्रतिशत पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज ९१ करोड ९१ लाख रुपैयाँ रहेको छ।


बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.६२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.४१ रुपैयाँ थियो। बैंकको प्रतिसेयर नेटवर्थ २११.६० रुपैयाँ रहेको छ।

नेपाल बैंकको खुद ब्याज आम्दानी ४०.६१%ले बढ्यो, लाभांश क्षमता ७ प्रतिसत हाराहारी

नेपाल बैंकले चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ ।

विवरणअनुसार बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो बर्षको तुलनामा बैंकको नाफा १६.७० प्रतिशतले ब्रिद्धी भएको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ । बैंकको ७ प्रतिशतको हाराहारीमा लाभांश बाँड्न सक्ने क्षमता देखिन्छ।

बैंकको सञ्चालन मुनाफा २१.१९ प्रतिशतले बढाएर ४ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै खुद ब्याज आम्दानी ४०.६१ प्रतिशतले बढेर ९ अर्ब ४४ करोड रुपैयाँ भएको छ।

बैंकको रिजर्भ २० अर्ब ९१ करोड रुपैया पुगेको छ। त्यस्तै बैंक २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ।

यस अबधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) २.८५ प्रतिशत पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २३.२२ रुपैयाँ कायम भएको छ। पीई रेसियो १०.७२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४८.९४ रुपैयाँ रहेको छ।

अब एसईई नहुने, पनिकाको काम अब के हुन्छ ?

0

सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ ।

मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने गरी प्रस्ताब अघी बढाइएको छ । एसईई परीक्षा नलिने भएपछि पनिका काम बिहिन हुने भएको छ ।

मस्यौदा मन्त्रालयका कुनै पनि उच्च अधिकारीलाई जानकारी नदिई गोप्य राखिएको छ । मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भनिएको छ ।

त्यसै गरी शिक्षक सेवा आयोगले विद्यालयका कर्मचारीको परीक्षा लिन पाउने व्यवस्था छ । अब आधारभूत र माध्यमिक तहको शिक्षा मात्र कायम रहने भएका छन् ।