Home Blog Page 221

राष्ट्र बैंकले आज २ अर्बको ट्रेजरी जारी गर्दै – रु २४.१० अर्बको ट्रेजरी बिल नवीकरण गर्ने

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको जारी गर्ने भएको छ । त्यस्तै केन्द्रिय बैंकले २४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न गर्न आज साउन २२ गते बोलकबोल गर्ने निर्णय गरेको छ।

केन्द्रीय बैंकले साउन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न र ३६४ दिने ट्रेजरी बिल जारी गर्न आज बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ १९ गते, कात्तिक २१ गते र माघ २३ गते परिपक्व हुनेछन्।

यसैगरी केन्द्रीय बैंकले ३६४ दिनका लागि थप २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिक्री भने २०८१ साउन २२ गते परिपक्व हुनेछ।

आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने जनाईएको छ । बोलकबोलमा सबै वर्गका वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउनेछन ।

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न सर्बोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ ।

अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले माधव कुमार नेपाल, बाबुराम भट्टराई लगायत निती निर्माता माथि पनि छानबिन गर्न आदेश दिएको हो ।

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको थियो ।

त्यस्तै डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो ।

आदेशमा भनिएको छ, ‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन २८ तथा २०६९ असोज १८ को नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रुपमा संलग्न हुनेहरु, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको ‘पिरामिड’को माथिल्लो तह ) बाट समेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नु गराउनु भनी प्रत्यर्थीहरुको नाममा यो आदेश जारी गरिदिएको छ ।’

त्यस्तै मन्त्रिपरिषदको निर्णय प्रमाणित गर्ने तत्कालिन मुख्य सचिवहरु माधवप्रसाद घिमिरे र लीलामणि पौडेल पनि अनुसन्धानको दायरामा पर्ने भएका छन् ।

यो बर्ष कुन बैंकले कती लाभांश दिन सक्छन? कुनको लाभांश क्षमता कति? पुरा जानकारी हेर्नुस्

बीसवटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९-८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

सार्वजनिक भएका वित्तीय विवरणमा सेयर बजारका लगानीकर्ताका लागि लाभांश क्षमता मुख्य चासोको बिषय हुन्छ । दिर्घकालिन लगानिकर्ताहरु त लाभाम्सलाई नै मुख्य आधार मानेर लगानी गर्छन । वित्तीय विवरणमा देखिएको लाभांश क्षमताका आधारमा कुन बैंकले कति लाभांश दिन सक्छन भन्ने देखिन्छ ।
आर्थिक मन्दीका कारण प्राय सबै बैंकहरुको खराब कर्जा बढेको देखिन्छ । केही बैंकको खराब कर्जा निकै कम देखिन्छ भने कतिपयको सोचेभन्दा धेरै बढेको देखिन्छ ।

लगानिकर्ताका लागि लगानीको निर्णय लिन सहज होस भनेर हामीले सबै बैंकको लाभाम्स क्षमताको चर्चा गर्ने प्रयास गरेका छौ ।

1.एभरेस्ट बैंक
एभरेस्ट बैंकको लाभाम्स क्षमता ४१.१३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ३१.७२ रहेको छ भने यसको खराब कर्जा ०.७९ रहेको छ ।
2. एनआइसी एसिया बैंक
यस बैंकको लाभाम्स क्षमता ३१.९९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ४०.२२ रहेको छ भने यसको खराब कर्जा ०.८ रहेको छ ।
3.स्ट्यान्डर्ड चार्टर्ड बैंक
यस बैंकको लाभाम्स क्षमता २८.९९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ३७.३९ रहेको छ भने यसको खराब कर्जा १.१७ रहेको छ ।
4. कृषि बिकास बैंक
यस बैंकको लाभाम्स क्षमता १९.८९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २०.६२ रहेको छ भने यसको खराब कर्जा २.४८ रहेको छ।
5. सानीमा बैंक
यस बैंकको लाभाम्स क्षमता १७.७३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २१.०२ रहेको छ भने यसको खराब कर्जा १.३ रहेको छ।
6.माछापुछ्रे बैंक
यस बैंकको लाभाम्स क्षमता १५.२९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १८.०५ रहेको छ भने यसको खराब कर्जा २.१२ रहेको छ।
7. नबिल बैंक
यस बैंकको लाभाम्स क्षमता १४.६४ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २७.८२ रहेको छ भने यसको खराब कर्जा १.२३ रहेको छ।
8.नेपाल एसबीआइ बैंक
यस बैंकको लाभाम्स क्षमता १३.९३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २२.१५ रहेको छ भने यसको खराब कर्जा १.२३ रहेको छ।
9.राष्ट्रिय बणिज्य बैंक
यस बैंकको लाभाम्स क्षमता ११.५९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ३३.९६ रहेको छ भने यसको खराब कर्जा २.९३ रहेको छ।
10.लक्ष्मी सनराइज बैंक
यस बैंकको लाभाम्स क्षमता ८.९४ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १०.४४ रहेको छ भने यसको खराब कर्जा २.८१ रहेको छ।
11.ग्लोबल आइएमई बैंक
यस बैंकको लाभाम्स क्षमता ८.२७ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २०.७७ रहेको छ भने यसको खराब कर्जा ३.०८ रहेको छ।
12. एनएमबी बैंक
यस बैंकको लाभाम्स क्षमता ८.१८ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १८.५७ रहेको छ भने यसको खराब कर्जा २.२७ रहेको छ।
13. सिटिजन बैंक इन्टरनेसनल
यस बैंकको लाभाम्स क्षमता ७.३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १५.५९ रहेको छ भने यसको खराब कर्जा ३.१९ रहेको छ।
14. नेपाल बैंक लिमिटेड
यस बैंकको लाभाम्स क्षमता ६.६२ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २३.२२ रहेको छ भने यसको खराब कर्जा २.८५ रहेको छ।
15. सिद्धार्थ बैंक
यस बैंकको लाभाम्स क्षमता ५.६५ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी २२.६४ रहेको छ भने यसको खराब कर्जा २.०१ रहेको छ।
16. कुमारी बैंक
यस बैंकको लाभाम्स क्षमता ३.२३ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ७.४६ रहेको छ भने यसको खराब कर्जा ४.७७ रहेको छ।
17.प्राइम कमर्सियल बैंक
यस बैंकको लाभाम्स क्षमता १.०६ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी ११.०६ रहेको छ भने यसको खराब कर्जा ४.२३ रहेको छ।
18.प्रभु बैंक
यस बैंकको लाभाम्स क्षमता ०.६९ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १२ रहेको छ भने यसको खराब कर्जा ४.१६ रहेको छ।
19. नेपाल इन्भेस्मेन्ट मेघा बैंक
यस बैंकको लाभाम्स क्षमता ०.४६ प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १६.०७ रहेको छ भने यसको खराब कर्जा ४.३५ रहेको छ।

20. हिमालयन बैंक

यस बैंकको लाभाम्स क्षमता ० प्रतिसत रहेको छ । यसको प्रतिसेयर आम्दानी १९.१९ रहेको छ भने यसको खराब कर्जा ४.५७ रहेको छ।

S.No.बैंकको नामलाभांश क्षमताEPSNPL
1एभरेस्ट बैंक४१.१३३१.७२०.७९
2एनआइसी एसिया बैंक३१.९९४०.२२०.८
3स्ट्यान्डर्ड चार्टर्ड बैंक२८.९९३७.३९१.१७
4कृषि बिकास बैंक१५२०.६२२.४८
5सानीमा बैंक१७.७३२१.०२१.३
6माछापुछ्रे बैंक१५.२९१८.०५२.१२
7नबिल बैंक१४.६४२७.८२१.२३
8नेपाल एसबीआइ बैंक१३.९३२२.१५१.२३
9राष्ट्रिय बणिज्य बैंक११.५९३३.९६२.९३
10लक्ष्मी सनराइज बैंक८.९४१०.४४२.८१
11ग्लोबल आइएमई बैंक८.२७२०.७७३.०८
12एनएमबी बैंक८.१८१८.५७२.२७
13सिटिजन बैंक इन्टरनेसनल७.३१५.५९३.१९
14नेपाल बैंक लिमिटेड६.६२२३.२२२.८५
15सिद्धार्थ बैंक५.६५२२.६४२.०१
16कुमारी बैंक३.२३७.४६४.७७
17प्राइम कमर्सियल बैंक१.०६११.०६४.२३
18प्रभु बैंक०.६९१२४.१६
19नेपाल इन्भेस्मेन्ट मेघा बैंक०.४६१६.०७४.३५
20हिमालयन बैंक१९.१९४.५७
Banks and their dividend capacity

३८.३७ अङ्कले घट्यो सेयर बजार- आइएमई इन्सुरेन्स र नेपाल रिपब्लिक मिडियाका लगानिकर्ताले सर्बाधिक कमाए

0

आज सेयर बजार ३८.३७ अङ्कले घटेको छ । सेयर बजार आज १.८३ प्रतिसतले घट्दै २०५१.४७को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनीहरु मध्ये आज १८ कम्पनिको मुल्य बढेको छ भने १९७ कम्पनिको मुल्य घटेको छ ।

आज बजारमा २ अर्ब ६८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनिहरुमा आइएमई लाइफ इन्सुरेन्स , नेपाल रिपब्लिक मिडिया , कृषि बिकास बैंक , पिपल्स पावर लगायतका कम्पनिहरु रहेका छन । आईएमई लाइफ इन्सुरेन्स र नेपाल रिपब्लिक मिडिया आइपिओबाट नेप्सेमा सुचिक्रित भएर कारोबार सुरु भएका कम्पनिहरु हुन ।

आज बजारमा सर्बाधिक गुमाउनेहरुमा प्रोगेसिभ फाइनान्स ,अभियान लघुबित्त , सपोर्ट माइक्रोफाईनान्स, बेस्ट फाइनान्स , गणपती लघुबित्त कम्पनी लगायतका कम्पनिहरु रहेका छन ।

त्यस्तै, सर्बाधिक कारोबार गर्ने कम्पनिहरुमा सानीमा बैंक ,एभरेस्ट बैंक , एनआइसी एसिया बैंक , शिभम सिमेन्ट , ग्लोबल आइएमई बैंक लगायतका कम्पनिहरु रहेका छन ।

बढ्यो सुनको भाउ

0

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ।

प्राइम कमर्सियल बैंकको नाफा १७.०७%ले घट्यो-वितरणयोग्य मुनाफा २० करोड मात्र

0

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४० करोड रुपैयाँ रहेकोे छ। त्यस्तै यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १७.९५ प्रतिशतले बढेर ७ अर्ब २७ करोड रुपैयाँ भएको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२३ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज ह्वात्त बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफा र वितरणयोग्य मुनाफा प्रभावित भएको हो।

बैंकको रिजर्भको आकार ३३.२४ प्रतिशतले बढेर ८ अर्ब ८० करोड रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ११.६६ रुपैयाँ कायम भएको छ। पीई रेसियो १६.७२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.४५ रुपैयाँ रहेको छ।

इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा कुमारी बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा ८४ करोडले ऋणात्मक

0

कुमारी बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा २४.१४ प्रतिशतले घटी हो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ७७.११ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ भएको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ३ करोड रुपैयाँ रहेकोे छ
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँले ऋणात्मक बनेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.७७ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज ह्वात्त बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

बैंकको रिजर्भ १६२.६८ प्रतिशतले बढेर ११ अर्ब ३७ करोड रुपैयाँ पुगेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५७.४७ प्रतिशतले घटेर ७.४६ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४०.४७ रुपैयाँ रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा रु. ४.९१ अर्ब

0

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा १४.५४ प्रतिशतले बढी हो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड रुपैयाँ भएको छ। त्यस्तै बैंकको सञ्चालन मुनाफा ६ अर्ब ९० करोड रुपैयाँ रहेकोे देखिन्छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.९५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.०९ प्रतिशत थियो। बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

बैंकको रिजर्भ १३०.४८ प्रतिशतले बढेर ३६ अर्ब ५८ करोड रुपैयाँ रहेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३३.९६ रुपैयाँ कायम भएको छ।

एनएमबि बैंकको नाफामा सामान्य वृद्धि, हेर्नुस् सम्पूर्ण विवरणहरु

0

एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । बैंकको सञ्चालन मुनाफा ४ अर्ब ९४ करोड रुपैयाँ रहेकोे छ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको देखिन्छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ देखिन्छ भने बैंकको लाभांश क्षमता ८ प्रतिशतसम्म हुने देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.७२ प्रतिशत पुगेको छ। इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

बैंकको रिजर्भको आकार २५.७७ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुगेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८.५७ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५५.७९ रुपैयाँ रहेको छ।

हिमालयन बैंकको ३७.९६%ले बढ्यो नाफा, खुद ब्याज आम्दानी १००.९५ प्रतिशतले बढ्यो

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज बढ्दा वितरणयोग्य मुनाफा नकारात्मक देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.५७ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन मुनाफा अघिल्लो बर्षको तुलनामा ११४.८१ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड रुपैयाँ भएको छ। बैंकको रिजर्भ १३०.३९ प्रतिशतले बढेर १४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.१९ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६५.५८ रुपैयाँ रहेको छ।