Home Blog Page 220

महिनाको रु. १०० मा नै डिसहोम हेर्न पाइने

0

अबदेखी डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु. १०० मा डिसहोमको टीभी हेर्न पाउने भएका छन ।

डिसहोम फाइबरनेटको नयाँ जडानमा डिसहोम टीभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ।

यस्तै यो अफरको लाभ पहिलेदेखि डिसहोम टीभीमात्र प्रयोग गरिरहेका ग्राहकले फाइबर नेटको कनेक्सन लिएर लिन सक्नेछन्।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा वढी एचडी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टीभी सुलभ मूल्यमा ग्राहकले हेर्न सक्नेछन्। यो अफरका बारेमा थप जानकारी चाहिएमा ०१–५९७०३६५ मा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ।

नेपाल हाइड्रो डेभलपरको नाफा ९०.१० प्रतिशतले बढ्यो, रिजर्भमा १०० प्रतिसतको उछाल

नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९०.१० प्रतिशतले बढी हो।

समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि ४१.४३ प्रतिशतले बढेर ८ करोड २६ लाख रुपैयाँ भएको छ। कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६.७१ प्रतिशतले बढेर १० करोड ५ लाख रुपैयाँ भएको छ।

चुक्तापुँजी ३३ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड २७ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.४१ रुपैयाँ कायम भएको छ। पीई रेसियो ३३.०६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.७२ रुपैयाँ रहेको छ।

घाटामा गयो लक्ष्मी लघुवित्त, खराब कर्जा ८ प्रतिसत माथि

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरणअनुसार समीक्षा अवधिसम्म लगुबित्त घाटामा रहेको देखिएको छ। असार मसान्तसम्ममा लघुवित्तको खुद घाटा ८ करोड ३४ लाख रुपैयाँ रहेक

लक्ष्मी लघुवित्तको खुद ब्याज आम्दानी घटेको देखिन्छ भने निष्क्रिय कर्जा बढेको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशत घटेको छ । त्यस्तै ८ करोड ३० लाख ६४ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ

लघुबित्तको खराब कर्जा धेरै नै बढेको छ । खराब कर्जा ३।२७ प्रतिशतबाट ५.०९% ले बढेर ८.३६% पुगेको देखिन्छ ।

लघुबित्तको प्रतिसेयर आम्दानी१८ रुपैयाँ ८१ पैसा ऋणात्मक (-१८.९१) रहेको छ भने प्रति सेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा रहेको देखिन्छ ।

कम्पनिको जगेडा कोषमा ३४ करोड ८९ लाख रुपैयाँ रहेको छ।

आर्थिक मन्दीले विकास बैंक नाफा घट्यो, २ वटा बैंक नाफामा अर्बपति क्लबमा

गत आर्थिक वर्षमा विकास बैंकको नाफा घटेको पाइएको छ । अघिल्लो वर्षको तुलनामा विकास बैंकको नाफा ७.८२ प्रतिशतले घटेको देखिन्छ ।

अघिल्लो बर्ष राष्ट्रिय स्तरका विकास बैंकले ६ अर्ब ३१ करोड ३३ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गर्दा समिक्षा अबधिसम्म नाफा ७.८२ प्रतिशतले घटेर ५ अर्ब ८१ करोड ९२ लाख २९ हजार रुपैयाँ कायम भएको देखिन्छ । ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा ५ वटा बैंकको नाफा घटेको छ भने तीन वटाको नाफा बढेको छ ।

प्राप्त वित्तीय विवरण केलाउदा २ वटा बैंक नाफा आर्जनमा अर्बपति क्लबमा प्रवेश गरेको देखिन्छ । मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै नाफा आर्जनमा अर्बपति क्लबमा गरिमा विकास बैंक प्रवेश गरेको छ । गरिमाले १ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसैगरी साइन रेसुङगा विकास बैंकको नाफा पनि २१.२९ प्रतिशतले बढेर ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ पुगेको छ । समिक्षा अबधिमा लुम्बिनी विकास बैंकको नाफा ३.८७ प्रतिशतले घटेर ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

ज्योति विकास बैंकको नाफा १७.४३ प्रतिशतले घटेर ५५ करोड ३२ लाख १ हजार रुपैयाँ रहेको छ । महालक्ष्मी बैंकको नाफा ४७.९४ प्रतिशतले घटेर ४७ करोड ९ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २१.८७ प्रतिशतले घटेर ३८ करोड ३३ लाख ८५ हजार रुपैयाँमा सिमित भएको छ । कामना सेवा विकास बैंकको नाफा २६.९२ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले तीन बैंकलाई गर्यो कारबाही, दुई बैंकलाई झन्डै २ करोड जरिवाना तिरायो

0

नियम बिपरित चलेका ३ वटा वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले कारबाहीको डन्डा चलाएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो। कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा/निक्षेप अनुपात कायम नगर्दा कारबाहीमा परेका हुन । त्यस्तै प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा कारबाही गरेको हो ।

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं.१५/०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क)बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ।

त्यस्तै कुमारी बैंकले २०७९ माघ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको भन्दै ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ जरिवाना तिराएको छ।

हिमालयन बैंकलाई समेत २०७९ कात्तिक महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना तिराएको हो ।

वारेन बफेटको कम्पनीले कमायो ३६ अर्ब डलर, प्रतिकित्ता सेयरभाउ ५.३३ लाख डलर माथि

0

बर्कसायर हाथवे कम्पनीले चालु वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन शनिबार सार्वजनिक गरेको छ। 

दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ३५.८ अर्ब डलर आम्दानी गरेको छ। अघिल्लो वर्षको यही अवधिमा भने कम्पनीले ४३.६ अर्ब डलर नोक्सानी व्यहोरेको थियो। 

चालु वर्षको पहिलो त्रैमासमा भने कम्पनीले करिब २६ अर्ब डलर आम्दानी गरेको थियो। 

पछिल्लोपटक वारेन बफेटको कम्पनीले इन्स्योरेन्स कम्पनीबाट उच्च आम्दानी गरेको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन्। बफेटले सरकारी इन्स्योरेन्स कम्पनीमा लगानी बढाएका थिए। 

अघिल्लो वर्ष बफेटको इनर्जी तथा रेलरोड कम्पनीबाट भने उच्च नोक्सानी भएको थियो। यो वर्ष भने बफेटको कम्पनीले इन्स्योरेन्स अन्डरराइटिङ  तथा नयाँ लगानीबाट उच्च आम्दानी गरेको हो। 

बफेट्को हाथवे कम्पनीको हाल दोस्रो बजारमा प्रतिकित्ता सेयर ५ लाख ३३ हजार ६०० अन्तिम कारोबार भएको छ। –एजेन्सी

नेपाल इन्भेष्टमेन्ट, प्रभु र प्राइम बैंकका सेयरधनीले लाभांश नपाउने तर किन ?

0

यो वर्ष तीन वटा वाणिज्य बैंकका सेयरधनी हिस्स हुने भएका छन् । आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र प्राइम बैंकले लाभांश दिन नसक्ने भएपछी यि बैंकका लगानिकर्ता जिल्लाराम हुने भएका हुन ।

यि बैंकका प्रकाशित वित्तीय विवरण अनुसार वर्ष बैंकले ११ प्रतिशत लाभांश दिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकक लाभांश दिने क्षमता सबै भन्दा काम रहेको देखिन्छ । यो बैंकको लाभांश क्षमता ०.४६ प्रतिशतमात्रै देखिन्छ । यसरी हेर्दा यो बैंकले यो बर्ष लाभाम्स नदिन सक्छ ।

त्यसैगरी, प्रभु बैंकको लाभांश क्षमता ०.६४ प्रतिशत छ भने प्राइम बैंकको लाभांश क्षमता १.०६ प्रतिशत रहेको छ । हिमालयन र कुमारी बैंकको लाभांश क्षमता भने ऋणात्मक छ । गत वर्ष प्रभु बैंकले ८ प्रतिशत लाभांश दिएको थियो भने प्राइम बैंकले ९.९५ प्रतिशत लाभांश दिएको थियो ।

यसरी हेर्दा यि बैंकका लगानिकर्ताहरुलाई बैंकले निरास बनाएको देखिन्छ । बैंकको लाभांश दिने क्षमता नै नभएपछी लाभांश सेयरधनीले नपाउने भएका हुन ।

वैदेशिक रोजगारीमा रहेकालाई जारी सन नेपाल लाइफको आईपीओ बाँडफाँड, कसले कति पाए ?

0

विदेशमा काम गर्ने नेपाली नागरिकका लागि जारी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज साउन २२ गते बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।

बैदेशिक रोजगारिमा रहेका नेपाली नागरिकहरुका लागि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको छ। जसमा २७ हजार ९०५ आवेदकबाट कुल १७ लाख ७२ हजार ६२० कित्ता खरिद आवेदन परेको थियो।

बढी माग भएसी यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार १० कित्तादेखि ४० कित्तासम्म आवेदन दिने ९ हजार ७४ जनाले मागबमोजिम सेयर पाएका छन्। यी आवेदकलाई १ लाख ९० हजार ६४० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

यसैगरी ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने १८ हजार ८२७ आवेदकले ४० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई ७ लाख ५३ हजार ८० कित्ता बाँडफाँड गरिएको छ।

त्यस्तै ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने तिनै आवेदकमध्ये १ हजार ६२८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई १६ हजार २८० कित्ता बाँडफाँड गरिएको छ।

यो आईपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

एलन मस्क र मार्क जुकरबर्गबीच ‘केज फाइट’ हुने ! लाइभ हेर्न सकिने

0

विश्वका दुई ठूला अर्बपति पहिलोपटक रिङमा आमन–ेसामने हुँदैछन्। ट्विटर (एक्स)का सीईओ र मेटा (फेसबुक) का सीईओ मार्क जुकरबर्गबीच ‘केज फाइट’ हुने भएको हो।

यो फाइटको लाइभ स्ट्रिम गरिनेछ। जसलाई एक्स अर्थात् ट्विटरमा हेर्न सकिनेछ। 

एलन मस्कले एक्समा यो फाइटको घोषणा गरेका छन्। यो फाइटबाट हुने कमाइको पैसा च्यारिटीमा दिइनेछ।

एलन मस्कले ट्विट गरेका छन्, ‘एलन र जुकरबर्गको युद्ध एक्समा लाइभ स्ट्रिम गरिनेछ। यसबाट हुने सबै कमाइ च्यारिटीमा दान गरिनेछ।’

यद्यपि, जुकरबर्गले आफ्नो भर्खरै सुरु गरिएको माइक्रो–ब्लगिङ प्लेटफर्म थ्रेड्समा लेख्दै एक्स पैसा उठाउनका लागि ‘विश्वसनीय प्लेटफर्म’ होइन भनेर सुझाव दिए।

टेक उद्योगका दुई ठूला दिग्गज एक–अर्कालाई हराउन प्रतिस्पर्धा गर्न थालेका छन्। मेटाले हालै एक्ससँग प्रतिस्पर्धा गर्न आफ्नो माइक्रोब्लगिङ एप थ्रेड्स लन्च गरेको छ।

थ्रेड्समा फाइटको घोषणा गर्दै मस्कको ट्विटको स्क्रिनसट साझा गर्दै जुकरबर्गले लेखेका छन्, ‘के हामीले वास्तवमा च्यारिटीका लागि पैसा उठाउन सक्ने अझ विश्वसनीय प्लेटफर्म प्रयोग गर्नुपर्दैन ?’

एलन मस्कले मार्क जुकरबर्गलाई केज फाइटको चुनौती दिएका थिए। जसलाई स्वीकार गर्दै जुकरबर्गले इन्स्टाग्राममा लेखेका थिए, ‘सेन्ड मी दि लोकसन।’

त्यसयता सामाजिक सञ्जालमा हलचल मच्चिएको छ। फाइट कहिले हुनेछ भनेर कुनै मिति तय गरिएको छैन। तर, यदि यो भयो भने यो लस भेगासमा हुने अनुमान गरिएको छ। –एजेन्सी

नबिल बैंकको पौने ५ लाख कित्ता बढी सेयर बिक्रीमा

0

पौने ५ लाख कित्ता नबिल बैंकको सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्री गर्न लागिएको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

७ दिनभित्र बैंकको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा इच्छुक लगानीकर्ताले खरिद आवेदन दिन पाउनेछन ।

यसअघि उक्त सेयर बैंकको संस्थापकहरुका लागि बिक्री खुला गरिएको थियो। तर, तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

मुल्य भने क्रेता-बिक्रेताको सहमतिमा हुनेछ ।