Home Blog Page 212

लघुबीमा कम्पनीले यी क्षेत्रमा बाहेक अन्त लगानी गर्न नपाउने

0

नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीले कुन क्षेत्रमा लगानी गर्ने भनेर प्रस्ट पारीदिएको छ ।

प्राधिकरणले लघु जीवन बीमकको निर्देशन, २०७९ र लघु निर्जीवन बीमकको लगानी निर्देशन, २०७९ मा लगानीका क्षेत्रबारे उल्लेख गरेको हो ।

३ वटा निर्जीवन र ४ वटा जीवन गरी कुल ७ वटाले लघुबीमाको लाइसेन्स पाएपनि हाल दुई जीवन लघुबीमा र दुई निर्जीवन लघुबीमा कम्पनी मात्रै सञ्चालनमा रहेका छन्।

सञ्चालनमा रहेका गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, नेसनल माइक्रो र प्रोटेक्टिभ इन्स्योरेन्सले सीमित क्षेत्रमा मात्रै लगानी गर्न पाउनेछन्।

जीवन लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र

  1. नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्र
  2. नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “क” वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप
  3. नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
  4. नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “ग” वर्गको बैँक तथा वित्तीय सस्थामा राखिएको मुद्दति निक्षेप
  5. नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिवेन्चर र ऋणपत्र
  6. नेपाल धितोपत्र बोर्डबाट इजाजपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पवलिक लिमिटेड कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्र
  7. नेपाल धितोपत्र बोर्डबाट इजाजपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पव्लिक लिमिटेड कम्पनीको साधारण सेयर
  8. नागरिक लगानी कोष तथा म्युचुअल फन्डका लगानी योजनाहरु

निर्जीवन लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र

  1. नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको वचत पत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र
  2. नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्रप्त “क” वर्गको बैंक तथा पुर्वाधार विकास बैंको मुद्दति निक्षेप
  3. नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
  4. नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
  5. नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तिय संथाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्र
  6. नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्र
  7. नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर
  8. नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरु।

देशको वर्तमान आर्थिक स्थितिको प्रमुख झलक हेर्नुहोस्

0

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्क सार्वजनिक गरेकाे छ ।

रिपाेर्ट अनुसार मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । आयात र निर्यात दुबै घटेको छ । जहाँ आयात १६.१ प्रतिशतले घटेको छ भने निर्यात समेत २१.४ प्रतिशतले घटेकाे छ ।

रेमिट्यान्स २१.२ प्रतिशतले ब्रिद्धी भएको छ । शोधनान्तर स्थिति २९० अर्ब ५२ करोडले बचतमा रहेको देखिन्छ ।

हाल कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको आयात धान्न सक्छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले ब्रिद्धी भएको देखिन्छ ।

त्यस्तै २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४७ खर्ब ९७ अर्ब पुगेको छ ।

सहकारी बचतकर्ताको अर्बौं ठगिको आरोपमा हिरासतमा रहेका शर्माले माछापुच्छ्रे बैंकको ६८ करोड नतिरेपछि धितो लिलामी गरिदै

0

काठमाडौं । सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा प्रहरिको हिरासतमा रहेका केदारनाथ शर्मा दम्पत्तिले ६८ करोड रुपैयाँ कर्जाको ब्याज र सावा नतिरेपछी माछापुच्छ्रे बैंकले निज केदारनाथ शर्माले राखेको धितो लीलामको प्रकृया अगाडि बढाएको छ । माछापुच्छ्रे बैंकले धितो लिलामीको लागि सार्वजनिक सुचना निकालेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र उनको श्रीमती अर्थात शिखर अर्गनाइजेशन (शिवशिखर सहकारी संस्थाको मुख्य साझेदारी संस्था) की निर्देशक गीता शर्माले लिएको ६८ करोड रुपैयाँ कर्जा तिर्न नसकेपछी निजको नाममा रहेको धितोमा राखेको धितो सम्पत्तिको गोप्य शिलबन्दी बोलपत्रमार्फत् लिलामी गर्न माछापुछ्रे बैंकले एक सुचना निकालेको छ ।

शिवशिखर सहकारी र तुलसी बहुमुखी सहकारी संस्थाका करिब १ लाख ८८ हजार बचतकर्ताको १२ अर्ब रुपैयाँ हिनामिना गरेपछी हाल उनी प्रहरिको हिरासतमा रहेका छन । उनी र उनकी श्रीमती माथी प्रहरिले अनुसन्धान गरिरहेको छ ।

शिखर दिप एग्रोमा शर्मा सञ्चालक रहेको अवस्थामा बैंकबाट कर्जा लिएको थियो। यसैगरी गीता शर्मा सञ्चालक रहेको शिव शिखर खाद्य उद्योग र तेजबहादुर तामाङ सञ्चालक रहेको गोरखा टि एण्ड कफी इन्डष्ट्रिजको नाममा पनि बैंकबाट कर्जा लिएका थिए ।

कर्जाको सावाब्याज भुक्तानी नगरेपछि बैंकले चलअचल सम्पत्ति लीलाम गर्न लागेको हो । स्रोतका अनुसार ०७९ असार मसान्तसम्म शर्माले नियमित कर्जाको सावाँब्याज भुक्तान गरीरहेका थिए । तर, सहकारी ठगीमा मुछिएपछि उनी सम्पर्कबिहिन भएका थिए ।

लीलामिमा भदौ २१ गते कार्यालय समयसम्म बोलपत्र पेश गर्न सकिने छ । बोलपत्र भदौ २२ गते मध्यान्न साढे १ बजे खोलिनेछ ।

निक्षेपको ब्याजदर बढाएको भन्दै सरकारी बैंकसँग अर्थमन्त्री रिसले आगो , कर्जाको ब्याजदर नबढाउन आदेश

0

अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारी बानिज्य बैंकले ब्याजदर बढाएपछी रिसले आगो भएका छन ।

कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंक गरी तीनओटै बाणिज्य बैंकका सीइओलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री महतले असन्तुष्टि पोख्दै कर्जाको ब्याजदर नबढाउन निर्देश गरेका छन् ।

‘सरकारको नीति ब्याजदर घटोस् भन्ने हो, बजारको माग पनि ब्याजदर घटोस् भन्ने नै छ,’ अर्थमन्त्री महतले असन्तुष्टि पोख्दै भने, ‘तर, तपाईंहरुले नै सरकारको नीतिलाई असहयोग गर्नुभयो । निजी क्षेत्रका बैंकभन्दा धेरैले ब्याजदर बढाउनू भयो । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

अर्थमन्त्रीले भद्र सहमती खारेज भईसकेको , तरलता पनि अधिक रहेको तथा कर्जाको माग काम भएको बेला ब्याजदर किन बढाएको भनी जबाफ मागेका थिए ।

‘भद्र सहमति तोड्दा किन ब्याजदर बढ्यो ? र, सरकारी बैंकले नै सरकारको नीति बिपरित किन ब्याजदर बढाउनु भयो ?’ मन्त्री महतले प्रश्न गरे, ‘तपाईंहरु त सरकारको नीतिभन्दा बाहिर जानू भएन नि ।
तीनवटै बैंकका सीइओ गोबिन्द गुरुङ, किरणकुमार श्रेष्ठ र कृष्णबहादुर अधिकारीले सरकारको नीतिलाई समर्थन हुँदाहुँदै , ब्याजदर बढाउन मन नहुँदा नहुँदै पनि ब्याजदर बढाउन आफ्नो बाध्यता भएको जवाफ अर्थमन्त्रीलाई दिएका छन ।

‘असारमा भद्र सहमति खारेज भएपछि हामीले सरकारको नीति अनुसार साउनमा लागू हुने ब्याजदर बढाएनौं तर केही निजी बैंकले बढाए, निक्षेपकर्ताहरुले बढी ब्याजदर भएकै बैंकमा निक्षेप राख्न थाले, यो अवधिमा परिपक्क भएको हाम्रो अर्बौं निक्षेप बढी ब्याज दिने निजी बैंकमा सर्यो ’ सीइओहरुको भनाइ थियो, ‘हामीले आफ्नो निक्षेप नखोसियोस् भनेर ब्याजदर बढाएका हौं।’

उनीहरुले सरकारको नितिलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । तर, निजी बैंकसँग व्यवसायिक प्रतिस्पर्धामा उत्रिनु पर्दा ब्याजदर बढाउनु बाध्यता भएको थपे ।

सीइओहरुको जवाफ सुनिसकेपछी अर्थमन्त्री डा. महतले निक्षेपको बढाए पनि कर्जाको ब्याजदर नबढाउन निर्देशन दिए ।

‘निक्षेपको ब्याजदर त बढाइहाल्नु भयो, आगामी महिना यस्ता विषयमा निर्णय गर्दा हामीसँग पनि सल्लाह गर्नुहोला’ अर्थमन्त्रीले भने, ‘सरकारी बैंकले कर्जाको ब्याजदर बढाएको सुन्नु नपरोस् । स्प्रेड मेन्टेन गरेर होस् कि जे गरेर हुन्छ बढेको ब्याजदर ऋणीको थाप्लोमा हाल्नु भएन ।’

सरकारी लगानीका बैंकले साउनको तुलनामा भदौमा २७ प्रतिशतसम्मले ब्याजदर ब्रिद्धी गरेका छन् ।

भद्र सहमति खारेज भएपछी ब्याजर घट्ने अनुमान गरिएपनी निजी बैंकहरुले ब्याजदर बढाएर एकले अर्काको निक्षेप खोसाखोस गर्न थालेपछी ब्याजदर बढेको हो । निक्षेप तान्ने प्रतिस्पर्धा चलेपछी आफ्नो व्यवसाय जोगाउन ब्याजदर बढाउन बैंकहरु बाध्य भएका हुन् ।

धितोपत्र बोर्डले हकप्रद अनुमती दिन छोड्यो : निर्देशिका जारी गर्ने तयारी

0

नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनिले जारी गर्ने हकप्रदका लागि हाल कुनै प्रकृया अघी नबढाउने निर्णय गरेको छ । हाल हकप्रदका लागि हकप्रद सेयरको दर्ता गर्न छाडेको छ ।

हाललाई धितोपत्र बोर्डले यसलाई ब्यबस्थित बनाउन निर्देशिका जारी गर्ने तयारी पनि गर्दैछ । यसका अलवा यसलाई ब्यबस्थित बनाउन के गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ ।

हाल छ्याङ्दी हाइड्राे (१००%), घलेम्दी हाइड्राेपावर (२००%), सींगटी हाइड्राेपावर (१००%), हिमालयन उर्जा (१००%) र अरूण भ्याली हाइड्राेपावर (१००%) हकप्रद निष्कासनका लागी पाइपलाइनमा छन । त्यस्तै नारायणी डेभलपमेन्ट बैंक १००% हकप्रद निष्कासनको लागि तयारीमा छ ।

प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१.९५ प्रतिशत,सूर्यज्योतिले १० प्रतिशत,सानिमा रिलायन्सले १९.५० प्रतिशत, हिमालयन एभरेष्टले ११.६१ प्रतिशत युनाइटेड अजोडले २३.२६ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशतको हकप्रद ल्याउनुपर्ने देखिन्छ। यिनिहरु सबैलाई नेपाल बीमा प्राधिकरणको बुधबार बसेको बैठकले हकप्रद सेयर जारी गर्ने अनुमति दिने निर्णय गरेको छ ।

यी कम्पनीहरूले हकप्रदका लागि धिताेपत्र बाेर्डबाट अनुमति लिनुपर्नेमा सेबाेनले दर्ता प्रक्रिया नै राेकेपछि यि कम्पनिहरुले हकप्रद दर्ता गर्न पाउने छैनन ।

सन्दीप लामिछानेविरूद्धको मुद्दामा अदालतको आदेश- पीडितकी आमाको जन्ममिति यकिन गर्नू

0

जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ।
आज भएको सुनुवाईमा न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति फरक फरक देखिएको भन्दै पीडितको आमाको जन्ममिती यकिन गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन आदेश जारी गरेको थियो। तर त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेर पनि सुनुवाई नभई स्थगित भएका छन ।

लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । पछी सन्दिपले पुनराबेदन गरेपछी उच्च अदालतले धरौटीमा छाडन आदेश दिएको थियो ।
बिदेशमा खेल्न जान प्रतिबन्ध कायम नै रहेपछी सन्दिप पक्ष क्रिकेट खेल्न बिदेश जान पाउनु पर्ने भन्दै सर्बोच्च गएका थिए भने सरकारी वकिल कार्यालय- सन्दिपलाई जेलमै पठाउनु पर्ने भन्दै सर्बोच्च गएको थियो । सर्बोच्चले एकमुस्ट दुबै मुद्धा उपर सुनुवाई गर्दै उच्चको आदेश सदर गरेको थियो भने सन्दिपलाई बिदेश जान पनि अनुमती दिएको थियो ।

अब जिल्ला अदालतले पीडित भनिएकी महिलाको आमाको जन्ममिती यकिन भएको सात दिनभित्रमा फेरी सुनुवाई सुरु हुने छ ।

८ अङ्कले बढ्यो नेप्से ,सोल्टी होटेलको सर्बाधिक कारोबार

0

सेयर बजार आज ८.०१ अङ्कले बढेको छ । आज ०.३९ प्रतिसतले बढ्दै सेयर बजार २०३३.१३ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १३५ कम्पनिको मुल्य बढेको छ भने ७८ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ५४ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा लिबर्टी ईनर्जी, अप्पर स्याङ्जे हाइड्रोपावर, सगरमाथा जलबिध्युत,सिद्धार्थ इन्भेस्ट्मेन्ट ग्रोथ स्किम २, आशा लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा मेन्चियाम हाइड्रोपावर, राप्ती हाइड्रो , सुपरमाइ हाइड्रो, बलेफी हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोल्टी होटल ,शिभम सिमेन्ट , आइएमई लाइफ इन्सुरेन्स , घोराही सिमेन्ट,हिमालयन डिस्टिलरी लगायतका कम्पनिहरु रहेका छन ।

फरवार्ड माइक्रोफाइनान्सको ६४.८७%ले घट्यो नाफा, ईपीएसमा पहिरो

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २२ करोड १४ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.८७ प्रतिशतले कम हो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ६२.८० प्रतिशतले घटेर ३७ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ।

संस्थाको खुद ब्याज आम्दानी १४.८६ प्रतिशतले घटेर १ अर्ब १५ करोड रुपैयाँ भएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२६ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ३५ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

संस्थाले ८ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई १९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको रिजर्भको आकार २०.८९ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २०.९८ रुपैयाँ कायम भएको छ। । पीई रेसियो ६३ गुणा रहेको क्छ भने प्रतिसेयर नेटवर्थ २७६ रुपैयाँ रहेको छ।

युनिलिभर नेपाल लिमिटेडको खुद नाफा १ अर्ब ८३ करोड, अन्य सुचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशत बढी हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५.६४ प्रतिशत बढेर ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको अन्य आम्दानी ५८.९५ प्रतिशत बढेर १९ करोड ३६ लाख छ भने कुल आम्दानी १६.३४ प्रतिशत बढेर ८ अर्ब ६३ करोड रहेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १५.२५ प्रतिशत बढेर ६ अर्ब ४२ करोड पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३१२ रुपैयाँ ७० पैसा बढेर १ हजार ९८६ रुपैयाँ ९७ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ७३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ।

यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ रहेको छ।

कमिशन आउने मात्र काम नगर्न लगानीकर्ताको सेबोन अध्यक्षलाई चेतावनी

0

सेयर लगानीकर्ताले कुनै अध्ययन नगरि प्रिमियममा आइपिओ जारी गरी कमिसनमा लिप्त भएको आरोप सेबोन अध्यक्षमाथी लगाएका छन ।

पुजिबजारको बिकासको लागि काम गर्नु पर्नेमा अध्यक्षले कमिसन आउने मात्र काम गर्न थालेको भन्दै सेबोनको ध्यानाकर्षण गराउन गएका लगानिकर्ताले संस्थागत लगानीकर्ताको हस्तक्षेप बढाएर लैजानुपर्ने बताए ।

लगानीकर्ता तिलक कोइरालाले लगानीकर्ताको हित र पूँजी बजार सुधार र बिस्तारको काम गर्दा कमिशन नआउने भएकाले त्यस्ता कामहरुमा ढिलाई भएको भन्दै कमिशन आउने मात्र काम नगर्न सेबोन अध्यक्षलाई खबरदारी गरे ।

कोइरालाले भने, हामी लगानीकर्ता कमिशन दिन सक्दैनौ भन्दैमा पूँजी बजार बिस्तारको काम रोक्नु भएन, बजारलाई बलियो बनाएर लैजान गर्नुपर्ने काम तत्काल गर्नुपर्यो ।

बजारमा आपुर्ति मात्र बढाउने तर माग बढाउने काम फिटिक्कै नगर्ने प्रबृत्तिले पूँजी बजारमा गंभीर संकट ल्याउने चेतावनी कोइरालाको थियो ।

सेबोनको कार्यालय घेराउ गर्ने कार्यमा लगानिकर्ताको सहभागी सङ्ख्या एकदमै न्युन रहेको थियो तर प्रहरीहरु भने ब्यापक रुपमा परिचालन गरिएका थिए । लगानीकर्ताको सङ्ख्या कम देखेपछी सेबोन अध्यक्षले लगानिकर्ताको माग प्रती खासै ख्याल दिएको देखिएन साथै उनले लगानिकर्तासङ्ग कुराकारी पनि गरेनन ।