Home Blog Page 210

बरुण हाइड्रोपावरले पायो १००% हकप्रद ल्याउने स्वीकृति

0

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ।

विद्युत नियमन आयोगको भदौ ७ गते बसेको बैठकले बरुण हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले अब हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिका लागि निवेदन पेस गर्नेछ।

धितोपत्र बोर्डबाट अनुमति पाए पछी कम्पनिले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री खुल्ला गर्ने छ ।

माण्डु हाइड्रोपावरको आईपीओ पहिलो दिनै ओभरसब्सक्राइब्ड

0

माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिनै करिब २ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि अङ्कित मुल्यमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी प्रिमियममा कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला हो ।

सीडीएससीका अनुसार हिजो साँझसम्म २ लाख १५ हजार ८४० आवेदकबाट २४ लाख ८ हजार ९९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.९९ गुणाले बढी हो।

यो आईपीओ अब गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

यो आईपीओको निष्कासन बन्द भदौ १३ गते हुनेछ। माण्डु हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

२० अङ्कले घट्यो सेयर बजार, कुथेली बुखरिले फेरी सर्किट – मकर जितुमाया हाईड्रोको नेगटिभ सर्किट लेभलमा कारोबार

0

आज सेयर बजार २०.७९ अङ्कले घटेको छ । आज १.०३ प्रतिसतले घट्दै सेयर बजार १९९३.३८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २८ कम्पनिको मुल्य बढेको छ भने १९५ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब २६ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, स्वाभिमान लघुबित्त , पिपल्स पावर , अप्पर सोलु हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा मकर जितुमाया सुरी हाइड्रो, लिबर्टी ईनर्जी कम्पनी, अप्पर स्याङ्गे हाइड्रो,माहुली लघुबित्त, खानिखोला हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा एसियन, आइएमई लाइफ इन्सुरेन्स,सोल्टी होटल, घोराही सिमेन्ट , माछापुछ्रे बैंक लगायतका कम्पनिहरु रहेका छन ।

भदौ १९ बाट भिजन लुम्बिनी ऊर्जाको आईपीओ आउँदै

भदौ १९ गतेदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले आइपिओ निस्काशन गर्न लागेको छ । कम्पनिले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लागि आइपिओ खुला गर्नेछ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशतले हुने १९ लाख १२ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

त्यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल कित्तामध्ये १० प्रतिशत बैदेशिक रोजगारिमा रहेका नेपालीका सुरक्षित गरिएको छ ।वैदेशिक रोजगारीमाम्मा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम १९ हजार १२० कित्तासम्म खरिदका आबेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ ।

स्थानीयका छुट्याईएको आइपिओमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आबेदन दिन सक्नेछन ।

यो आइपिओमा आबेदन दिने अन्तिम दिन दुवै समूहका लागि असोज २ गतेसम्म रहेको छ । तर मागबमोजिम आवेदन नपरेको खण्डमा स्थानीयका लागि भने असोज १७ गतेसम्म समय थप हुनेछ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

आजबाट मल्टीपर्पस फाइनान्सको राइट सेयरमा आवेदन खुला

आज भदौ १० गतेदेखि मल्टीपर्पस फाइनान्स लिमिटेडको ३५ प्रतिशतको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो । यस हकप्रदमा आबेदन दिने अन्तिम दिन भदौ ३१ गते रहेको छ ।

यसमा १०० कित्ता सेयर हुनेले ३५ कित्ता हकप्रद भर्न सक्नेछन ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।।

यो हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रदका लागि विद्युत नियमन आयोगबाट ङादी ग्रुप र आँखुखोला जलविद्युतले स्वीकृति पाए

विद्युत नियमन आयोगबाट ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएका छन्।

आयोगबाट ङादी ग्रुप पावरले १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतले १ः.१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको हो ।

अब यी दुवै कम्पनीले अब धितोपत्र बोर्डबाट अनुमति हकप्रद जारी गर्नेछन ।

त्यसैरी हकप्रदबाट प्राप्त हुने रकम आँखुखोला जलविद्युतले २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ । ङादी ग्रुप पावरले भने सिउरीखोला साना जलविद्युत आयोजनाको मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी प्रयोग गर्ने छ ।

त्यस्तै बाँकी रकम कम्पनिहरुले बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।

चिरख्वा हाइड्रोको आईपीओ भर्न वैदेशिक रोजगारिमा रहेकालाई आज अन्तिम दिन

0

आज भदौ १० गते चिरख्वा हाइड्रोपावरको आईपीओमा आबेदन दिने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अन्तिम दिन रहेको छ।

बैदेशिक रोजगारमा रहेकाले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन।

बैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्याइएको ८० हजार कित्ता सेयरमा उनिहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

त्यस्तै यो आइपिओमा स्थानीयका लागि समय थप गरिएको छ । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

माण्डु हाइड्रोपावरको आईपीओ प्रिमियममा सर्वसाधारणका लागि खुल्यो, प्रतिकित्ता २०६

आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मुल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाका दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको हो।

सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता छुट्याएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आइपीओमा न्युनतम १० कित्ता देखी अधिकतम ५० हजार कित्तासम्मका लागी आबेदन दिन सक्नेछ्न ।

यो आईपीओ छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २४ गते बैंकिङ समयपछि निस्कासन बन्द हुन गरी ब्यबस्था मिलाईएको छ ।

माण्डु हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यस्तो पनि ? बुक भ्यालु ३६ भएको कम्पनीको बजार मुल्य ३७५

बजारमा कारोबार भईरहेको कम्पनीहरुमध्ये एउटा यस्तो कम्पनी पाईएको छ , जसको बुक भ्यालु ३६ रहेको छ भने बजार मुल्य ३७५ रहेको पाइएको छ ।

त्यस्तो कम्पनिको नाम नारायणी बिकास बैंक (NABBC) हो । यो कम्पनी अहिले घाटामा रहेको छ ।

घाटामा पनि यती गयो कि १०० रुपैया चुक्ता पुजीको रकम घटेर ३६ भईसकेको छ । यसको अर्थ कम्पनिले लगानिकर्ताको १०० मध्ये ६४ रुपैया गुमाइसकेको छ । अथवा घाटामा गईसकेको देखिन्छ ।

हो , यही ३६ रुपैया बुक भ्यालु भएको कम्पनी हाल बजारमा ३७५ रुपैयामा कारोबार भईरहेको पाइएको हो ।

कम्पनिको प्रतिसेयर आम्दानी ११ रुपैया नेगटिभ रहेको छ । यसको अर्थ अझै पनि १०० को लगानीमा ११ रुपैया घाटा खाइरहेको देखिन्छ ।

यस्तो कम्पनिमा सोझासाझा लगानिकर्ता फस्ने अत्याधिक सम्भाबना रहन्छ किनकी यस्तो कम्पनिको मुल्य घट्दा निकै नसोचेको तरिकाले घट्छ । त्यस्तै, ठुला लगानिकर्ताहरु यस्तो कम्पनिमा लगानी खासै गर्दैनन । लगानी गरिहाले पनी बिभिन्न हल्ला चलाएर साना लगानिकर्तालाई टोपी लगाइदिन माहिर हुन्छ्न ।

१३ अर्ब ऋण लगानी गर्दै एचआइडिसिएल,अपर तमोर र जगदुल्ला जलविद्युतलाई ४-४ अर्ब

0

काठमाडौं। हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १३ अर्ब ऋण लगानी गर्ने निर्णय गरेको छ। निजी र सार्वजनिकसमेत ४ वटा हाइड्रो कम्पनिलाई १३ अर्ब ऋण स्वीकृत गरेको हो।

अपर तमोर जलविद्युत आयोजना र जगदुल्ला अर्धजलासययुक्त जलविद्युत आयोजनालाई समान ४-४ अर्ब, माथिल्लो मोदी ए जलविद्युत आयोजनाको ३ अर्ब र सानिमा जुम जलविद्युत आयोजनाको २ अर्ब ॠण लगानी गर्ने भएको हो ।

हालसम्म कम्पनीले १९ आयोजनामा २१ अर्ब २१ करोड ऋण लगानी गरिसकेको छ।