Home Blog Page 209

नेप्सेको सबै भन्दा ठूला टप १० कम्पनी कुन कुन ?

0

हामीले बजार पुजिकरणका आधारमा टप टेन कम्पनीहरुको सुची तयार परेका छौ । हामिले नेप्सेमा सुचिक्रित भएर कारोबार भईरहेका कम्पनीहरुलाई समेट्ने प्रयास गरेका छौ ।

धेरै पूँजीकरण भएका १० कम्पनीमा ६ वाणिज्य बैंक रहेका छन् ।

हाल नेप्सेमा सुचिक्रित भएर कारोबारमा रहेका कम्पनिहरुमध्ये बजार पुजिकरणमा आधारमा हेर्दा पहिलो स्थानमा नबिल बैंक रहेको छ भने दोश्रो स्थानमा नेपाल टेलिकम रहेको छ । त्यस्तै दशौ स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको देखिन्छ ।

1.नबिल बैंक

नबिल बैंकको बजार पूँजीकरण १ खर्ब ५९ अर्ब ६३ करोड छ ।

2.नेपाल टेलिकम

बजार पुजिकरणमा आधारमा हेर्दा दोश्रोमा सबै भन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी नेपाल टेलिकम रहेको छ । टेलिकमको १ खर्ब ५७ अर्ब बजार पूँजीकरण छ ।

3.नागरिक लगानी कोष

त्यस्तै बजार पुजिकरणमा आधारमा हेर्दा तेश्रोमा नागरिक लगानी कोषको १ खर्ब ८ अर्ब बजार पूँजीकरण रहेको छ ।

4.एनआईसी एशिया बैंक

बजार पुजिकरणमा आधारमा हेर्दा चौथोमा एनआईसी एशिया बैंकको ९१ अर्ब २४ करोड बजार पूँजीकरण रहेको देखिन्छ ।

5. नेपाल पुनर्बीमा कम्पनी

त्यस्तै बजार पुजिकरणमा आधारमा हेर्दा पाँचौमा नेपाल पुनर्बीमा कम्पनीको बजार पूँजीकरण ८३ अर्ब ४७ करोड रहेको छ ।

6. ग्लोबल आइएमई बैंक

बजार पुजिकरणमा आधारमा हेर्दा छैठौमा ग्लोबल आइएमई बैंकको बजार पूँजीकरण ७४ अर्ब ६ करोड रहेको छ ।

7. एभरेस्ट बैंक लिमिटेड

त्यस्तै बजार पुजिकरणमा आधारमा हेर्दा सातौमा एभरेस्ट बैंक लिमिटेडको बजार पूँजीकरण ६४ अर्ब ९३ करोड रहेको छ ।

8. नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंक

बजार पुजिकरणमा आधारमा हेर्दा आठौमा नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंकको बजार पूँजीकरण ६० अर्ब ४० करोड रहेको छ ।

9. नेपाल लाइफ इन्सुरेन्स

त्यसैगरी नबौमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको बजार पूँजीकरण ५६ अर्ब ५५ करोड रहेको छ ।

10. स्ट्यान्डर्ड चार्टर्ड बैंकको

दशौमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बजार पूँजीकरण ५२ अर्ब ४२ करोड रहेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोकाे बिक्री आम्दानीमा उछाल

0

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस अबधिमा कम्पनीले १ करोड ११ लाख १३ हजार रूपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ ।

समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेकाे छ ।

समिक्षा अवधिसम्म कम्पनीले अन्य स्रोतबाट ८७ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस कम्पनीकाे जगेडा कोष ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक देखिन्छ ।

यस कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ७८ पैसा रहेकाे देखिन्छ ।

यस कम्पनीकाे प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा रहेको छ ।

शुक्रबार बाँडफाँट हुँदै सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ

0

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ आगामी शुक्रबार अर्थात भदौ १५ गते बिहान ८ बजे बाँडफाँट हुने भएको छ।

कम्पनिले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो।
यस कम्पनिको आईपीओमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ। माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरिनेछ।

७ लाख ६८ हजार जनाले मात्र इन्स्योरेन्सको शेयर प्राप्त गर्न सक्नेछन्।

५.०९ अङ्कले बढ्यो सेयर बजार , कुथेली बुखरी हाइड्रोले आज पनि सर्किट हान्यो

0

आज सेयर बजार ५.०९ अङ्कले बढेको छ । आज ०.२५ प्रतिसतले बढ्दै सेयर बजार १९९८.४८ को बिन्दुमा बन्द भएको छ ।

कुथेली बुखरी हाइड्रोले आज पनि पोसिटिभ सर्किट हानेको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ११८ कम्पनिको मुल्य बढेको छ भने ९७ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ९८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक,सिटी होटल , न्यादी हाइड्रोपावर, माछापुछ्रे बैंक लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा स्वाबिमान लघुबित्त, मनकामना स्मार्ट लघुबित्त, मिर्मिरे लघुबित्त, पिपल्स पावर लिमिटेड लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा लक्ष्मी सनराइज बैंक,सोल्टी होटल ,आइएमई लाईफ इन्सुरेन्स , घोराही सिमेन्ट, शिभम सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा पहिलो पटक संशाेधन (पूर्णपाठ सहीत)

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा नेपाल राष्ट्र बैंकले पहिलो पटक संशाेधन गरेकाे छ ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले भनेकाे थियाे, “बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।”

त्यसैका आधारमा पहिलो संशाेधन भएको हो ।

पूर्णपाठ

हाथवे इन्भेस्टमेन्टको आइपिओ भदौ २१ बाट सर्वसाधारणका लागि आउँदै , प्रतिकित्ता रु. ५०

0

भदौ २१ गतेबाट हाथवे इन्भेस्टमेन्ट नेपालको आइपिओ सर्वसाधारणका लागि निस्काशन खुला हुने भएको छ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गर्नेछ।

कुल कित्तामध्ये २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

त्यस्तै कुल कित्ताको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यसमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो आईपीओमा आबेदन दिने अन्तिम मिती छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गते बैंकिङ समयपछि हुनेछ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

राष्ट्र बैंकले आज रु. १५.१३ अर्बको ट्रेजरी बिल बोलकबोल मार्फत नवीकरण गर्दै

0

नेपाल राष्ट्र बैंकले आज १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल मार्फत नवीकरण गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः असोज ९ गते र मंसिर १२ गते परिपक्व हुनेछन्।

आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट यो ट्रेजरी बिलको बोलकबोल हुनेछ।

यसमा सबैभन्दा बढी मूूल्य तोक्नेलाई पहिलो प्राथमिकतामा राखी क्रमागत रुपमा बाँडफाँड हुने गर्दछ।

एक रातको दुई लाख बढी पर्ने ‘लक्जरी’ होटल सिन्तामणी मुस्ताङ सञ्चालनमा

0

नेपालकै सबैभन्दा ‘लक्जरियस’ होटल मानिएको ‘सिन्तामणी मुस्ताङ’ सञ्चालनमा आएको छ। सम्भबत नेपालमा रहेका होटल तथा रिसोर्टमध्ये यो सबैभन्दा महँगो होटलका हुन सक्ने अनुमान गरिएको छ ।

सिन्तामणि विश्वबजारमा जंगलबीच महँगा होटल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय ‘ब्रान्ड’ हो। यती वर्ल्ड ग्रुपको सहायक कम्पनी शेर्पा हस्पिटालिटीमार्फत मुस्ताङ जोमसोममा १ अर्ब १० करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । यसको व्यवस्थापन सिन्तामणीले गर्नेछ । यो ब्रान्डको मुख्य ग्राहक खर्चालु पर्यटक रहेका छन ।

होटलले हर्स राइडिङ, साइक्लिङ, रक क्लाइम्बिङ, आर्चरी, हाइकिङ, ट्रेकिङ, योगालगायत सुविधा पनि उपलब्ध गराउँदै आएको छ। होटलमा बस्ने पाहुनालाई प्रत्येक पर्यटकलाई एक÷एक गाइडसमेत उपलब्ध गराउने छ ।

सञ्चालनमा आएको सिन्तामणीमा बस्न न्यूनतम ५ दिनको बुकिङ गर्नुपर्छ। नेपाली वा विदेशी जो भए पनि होटलमा बस्न चाहनेले अनिवार्य कम्तीमा ५ दिनको बुकिङ गर्नुपर्ने छ।

यस होटलमा बस्नका लागि प्रतिरात १ हजार ८ सय अमेरिकी डलर तिर्नुपर्छ।

ढुसी परेको काेकाकाेला बेच्नेलाई महानगरले डेढ लाख जरिवाना तिरायो

0

ढुसी परेको कोकाकोला बेच्नेलाई काठमाडौं महानगरपालिकाले डेढ लाख जरिवाना तिराएकाे छ।

महानगरपालिकाले पुतलीसडकमा रहेको कालिञ्चोक ट्रेडिङलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।

२ सय ५० मिलिलिटरको सिलबन्दी बिर्को भएको काेकाकाेला बोतलभित्र अखाद्य वस्तु (सेतो डल्लो) देखिएपछि भृकुटीमण्डपका व्यापारीले महानगर प्रहरीमा खबर गरेका थिए।

खबर पाएपछी महानगर प्रहरी र बजार अनुगमन टोली अनुगमनका लागि निस्केका थिए। वितरकले लापरबाही गरेका भेटेपछी महानगरले कारबाही गरेको हो ।

मन्दिको बेला सात प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैंसेपाटीमा सुबिधासम्पन्न बिलासी महल उपहार

0

सात प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीलाई सरकारले ललिपुर भैंसेपाटीमा सुबिधासम्पन्न महलहरु निर्माण गरेर प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई जिम्मा लगाएकाे छ।

भैंसेपाटीस्थित सैंबु आवास क्षेत्रकाे २७ राेपनी १२ आना क्षेत्रफलमा सरकारले बनाएको सातवटा सुबिधासम्पन्न महलहरु प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तान्तरण गरेका छन ।

ती भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास र सम्पर्क कार्यालय रहेका छन्।

अर्बौ रकम बराबरको लगानिमा सरकारले उक्त भवनहरु बनाएर हस्तान्तरण गरेको हो ।