Home Blog Page 206

अबदेखी किसानलाई ७ दिनभित्र कर्जा दिनुपर्ने – बाटो नभएको जग्गा धितोको रुपमा लिनुपर्ने, नत्र कारबाही

नेपाल राष्ट्र बैंकले कृषि कर्जामा वास्तविक किसानको पहुँच स्थापित गर्न कृषि कर्जामा खुकुलो व्यवस्था गरेको छ।

राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि आवश्यक २० लाख रुपैयाँसम्मको कर्जा सहज र सरल ढंगले, बैंक तथा वित्तीय संस्थाहरुले निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र स्वीकृत गरिसक्नु पर्ने ब्यबस्था लागु गरेको छ ।

यदी ७ दिन भित्र त्यस्तो कर्जा स्विक्रित नभएमा सोको स्पष्ट कारण खुलाई सम्बन्धित ग्राहकलाई बैंक तथा बित्तिय सस्थाले लिखित रुपमा जबाफ दिर्नुपर्ने छ।

त्यस्तै कृषि कर्जाका लागि ग्राहकले मोटर बाटो नभएको खेतीयोग्य जमिन पनि धितोका रुपमा स्विकार गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

यदी यस्तो ॠण दिन बैंकले आनाकानी गरेमा सम्बन्धित बैंकको गुनासो शाखामा वा राष्ट्र बैंकमा ग्राहकले गुनासो दर्ता गरेमा आबस्यक कारबाही अगाडि बढाउने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।

अन्तरबैंक ब्याजदर घटेर ५% को हाराहारिमा

काठमाण्डौ । अन्तरबैंक ब्याजदर घटेको छ । यस्तो ब्याजदर घटेर ५ प्रतिशतको हाराहारिमा आएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौ ४ गतेसम्म ६.०४ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर भदौ ७ गतेसम्म घटेर ५.८८ प्रतिशत कायम भएको छ।

तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप भदौ ७ गतेसम्म ५६ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ। प्रणालीमा तरलतामा सुधार आएकोले अन्तरबैंक ब्याजदर घटेको हो ।

प्राधिकरणले ८ बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने निर्णय गर्‍यो, कु-कुनले कती-कती हकप्रद जारी गर्ने ?

नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ।

४ जीवन बिमा कम्पनी र ४ निर्जीवन बीमा कम्पनीलाई हकप्रद जारी गर्नका लागि अनुमती पाएका हुन । जीवन बीमातर्फ एसियन लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफलाई हकप्रद जारी गर्न दिने निर्णय प्राधिकरणले गरेको हो ।

त्यस्तै निर्जीवन बिमा कम्पनिहरुमा युनाइटेड अजोड, सानिमा जीआईसी, नेको र हिमालयन एभरेस्ट इन्स्योरेन्सले हकप्रद जारी गर्न अनुमती पाएका हुन ।

प्राधिकरणका अनुसार एसियन लाइफलाई ४२ प्रतिशत हकप्रद जारी गर्न निर्णय गरेको छ। त्यस्तै सानिमा रिलायन्स लाइफलाई २० प्रतिशत हकप्रद , सूर्यज्योति लाइफलाई १० प्रतिशत र प्रभु महालक्ष्मी लाइफलाई १० प्रतिशत हकप्रद जारी गर्न दिने निर्णय प्राधिकरणले गरेको छ।

यसैगरी प्राधिकरणले निर्जीवन बीमातर्फ युनाइटेड अजोड इन्स्योरेन्सलाई ३२ प्रतिशत हकप्रद, सानिमा जीआईसी र नेको इन्स्योरेन्सलाई समान २५–२५ प्रतिशतका हकप्रद, हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई १२ प्रतिशत हकप्रद निष्कासनको अनुमति दिने निर्णय गरेको छ।

आजको सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय

0

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

रु.१० अर्बको ६ बर्षे विकास ऋणपत्र जारी गर्ने तयारीमा राष्ट्र बैंक, आइतबार बोलकबोल हुने

केन्दिय बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने निर्णय गरेको छ।

केन्द्रीय बैंकले भदौ ११ गते जारी गर्ने ६ वर्षे अवधिको विकास ऋणपत्रका लागि भदौ १० गते बोलकबोल हुने भएको छ ।

यसमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक जो कसैले बोलकबोलमा भाग लिना पाउनेछन ।

अर्धवार्षिक रुपमा भुक्तानी हुने यसको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ऋणपत्र

२०८६ भदौ ११ गते परिपक्व हुनेछ। यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ। यसको ब्याजमा ब्याजकर लाग्नेछ ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउने ब्यबस्था मिलाईएको छ । प्रतिस्पर्धीका लागि रु. ५ अर्ब ५० करोड र अप्रतिस्पर्धी बोलकबोलहरुका लागि रु. १ अर्ब ५० करोड छुट्याइएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

२० हजार कित्ता शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य १४५

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक समूहको २० हजार कित्ता सेयर आजबाट लिलामी बिक्रीमा राखिएको छ।

आबेदन हाल विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाले दिन सक्ने ब्यबस्था मिलाइएको छ ।

कम्पनिको प्रतिकित्ता न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । त्यसैले खरिद गर्न चाहनेले न्युनतम १४५ र सो भन्दा बढी मुल्य राखी आबेदन दिनु पर्ने हुन्छ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका र अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न आबेदन दिन सक्नेछन ।

लगानीकर्ताले काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा भदौ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकको सवा ३ लाख बढी कित्ता सेयर लीलाम बिक्रिमा

सांग्रिला डेभलपमेन्ट बैंकको सवा ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

बिक्रिमा राखिएको संस्थापक समूहको ३ लाख ३४ हजार ८७४ संस्थापक कित्ता सेयर जोकोही नेपाली नागरिक तथा संस्थाले खरिदका लागि निबेदन दिन सक्नेछन ।

यसअघि बैंकले संस्थापक सेयरधनीहरुलाई ३५ दिनको समय दिई संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन माग गरेको थियो तर उक्त समयमा सस्थापक सेयरधनिको आबेदन नपरेपछी अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरेको हो।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।

भगवती हाइड्रोपावरको प्रिमियममा आईपीओमा आबेदन दिने आज अन्तिम दिन ,१७ गुणाले ओभरसब्स्क्राइब्ड

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्बसाधारणका लागि खुलेको आईपीओमा आज भाद्र ८ गतेसम्म मात्र आबेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बाँडफाँट गरेपछी सर्वसाधारणका लागि प्रिमियममा आईपीओ खुल्ला गरेको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनिको आइपिओमा ७ लाख १२ हजार २२० कित्ता जारी गरिएको भएतापनी हिजो बेलुका ७ गते बेलुका ५ बजेसम्मको सिडीएससीको विवरण अनुसार १ करोड २१ लाख २४ हजार २२० बिस कित्ता आइपिओमा आबेदन परेको छ । यो भनेको १७ गुणा ओभरसब्स्क्राइब्ड हो ।

माग भन्दा बढी आइपिओ परेकोले यो आइपिओमा गोलाप्रथाद्वारा आइपिओ बाडफाड गरिनेछ ।

यो कम्पनिको आइपिओमा न्यूनतम १० कित्तादेखी अधिकतम ५००० कित्तासम्म आबेदन दिन सकिन्छ ।

कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

दरमखोला हाइड्रो इनर्जीले ३९ लाख ५० हजार कित्ता आईपीओ ल्याउने

0

दरमखोला हाइड्रो इनर्जीले आईपीओ ल्याउने निर्णय गरेको छ । यसका लागि कम्पनिले आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका प्रयोजनका लागि निवेदन दिएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ । सेबोनले अनुमति दिए पछी कम्पनीले ३९ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

३१ अङ्कले घट्यो सेयर बजार, कुथेली बुखरीले आज पनि सर्किट हान्यो

0

आज सेयर बजार ३१.५२ अङ्कले घटेको छ । आज १.५४ प्रतिसतले घट्दै सेयर बजार २०१३.९३ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १७ कम्पनिको मुल्य बढेको छ भने २०६ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ५५ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रो, सिभिल बैंक डिभेन्चर, सामुदायिक लघुबित्त,एनआइसी एसिया ब्यालेन्स फण्ड लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा मोलुङ हाइड्रोपावर,समता घरेलु लघुबित्त, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १,रावा ईनर्जी ,सिङ्गटी हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोल्टी होटल,घोराही सिमेन्ट, शिभम सिमेन्ट, एनआइसी एसिया बैंक, आइएमई लाईफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।