Home Blog Page 205

माण्डु हाइड्रोपावरको आईपीओ पहिलो दिनै ओभरसब्सक्राइब्ड

0

माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिनै करिब २ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि अङ्कित मुल्यमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी प्रिमियममा कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला हो ।

सीडीएससीका अनुसार हिजो साँझसम्म २ लाख १५ हजार ८४० आवेदकबाट २४ लाख ८ हजार ९९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.९९ गुणाले बढी हो।

यो आईपीओ अब गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

यो आईपीओको निष्कासन बन्द भदौ १३ गते हुनेछ। माण्डु हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

२० अङ्कले घट्यो सेयर बजार, कुथेली बुखरिले फेरी सर्किट – मकर जितुमाया हाईड्रोको नेगटिभ सर्किट लेभलमा कारोबार

0

आज सेयर बजार २०.७९ अङ्कले घटेको छ । आज १.०३ प्रतिसतले घट्दै सेयर बजार १९९३.३८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २८ कम्पनिको मुल्य बढेको छ भने १९५ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब २६ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, स्वाभिमान लघुबित्त , पिपल्स पावर , अप्पर सोलु हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा मकर जितुमाया सुरी हाइड्रो, लिबर्टी ईनर्जी कम्पनी, अप्पर स्याङ्गे हाइड्रो,माहुली लघुबित्त, खानिखोला हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा एसियन, आइएमई लाइफ इन्सुरेन्स,सोल्टी होटल, घोराही सिमेन्ट , माछापुछ्रे बैंक लगायतका कम्पनिहरु रहेका छन ।

भदौ १९ बाट भिजन लुम्बिनी ऊर्जाको आईपीओ आउँदै

भदौ १९ गतेदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले आइपिओ निस्काशन गर्न लागेको छ । कम्पनिले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लागि आइपिओ खुला गर्नेछ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशतले हुने १९ लाख १२ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

त्यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल कित्तामध्ये १० प्रतिशत बैदेशिक रोजगारिमा रहेका नेपालीका सुरक्षित गरिएको छ ।वैदेशिक रोजगारीमाम्मा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम १९ हजार १२० कित्तासम्म खरिदका आबेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ ।

स्थानीयका छुट्याईएको आइपिओमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आबेदन दिन सक्नेछन ।

यो आइपिओमा आबेदन दिने अन्तिम दिन दुवै समूहका लागि असोज २ गतेसम्म रहेको छ । तर मागबमोजिम आवेदन नपरेको खण्डमा स्थानीयका लागि भने असोज १७ गतेसम्म समय थप हुनेछ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

आजबाट मल्टीपर्पस फाइनान्सको राइट सेयरमा आवेदन खुला

आज भदौ १० गतेदेखि मल्टीपर्पस फाइनान्स लिमिटेडको ३५ प्रतिशतको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो । यस हकप्रदमा आबेदन दिने अन्तिम दिन भदौ ३१ गते रहेको छ ।

यसमा १०० कित्ता सेयर हुनेले ३५ कित्ता हकप्रद भर्न सक्नेछन ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।।

यो हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रदका लागि विद्युत नियमन आयोगबाट ङादी ग्रुप र आँखुखोला जलविद्युतले स्वीकृति पाए

विद्युत नियमन आयोगबाट ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएका छन्।

आयोगबाट ङादी ग्रुप पावरले १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतले १ः.१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको हो ।

अब यी दुवै कम्पनीले अब धितोपत्र बोर्डबाट अनुमति हकप्रद जारी गर्नेछन ।

त्यसैरी हकप्रदबाट प्राप्त हुने रकम आँखुखोला जलविद्युतले २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ । ङादी ग्रुप पावरले भने सिउरीखोला साना जलविद्युत आयोजनाको मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी प्रयोग गर्ने छ ।

त्यस्तै बाँकी रकम कम्पनिहरुले बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।

चिरख्वा हाइड्रोको आईपीओ भर्न वैदेशिक रोजगारिमा रहेकालाई आज अन्तिम दिन

0

आज भदौ १० गते चिरख्वा हाइड्रोपावरको आईपीओमा आबेदन दिने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अन्तिम दिन रहेको छ।

बैदेशिक रोजगारमा रहेकाले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन।

बैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्याइएको ८० हजार कित्ता सेयरमा उनिहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

त्यस्तै यो आइपिओमा स्थानीयका लागि समय थप गरिएको छ । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

माण्डु हाइड्रोपावरको आईपीओ प्रिमियममा सर्वसाधारणका लागि खुल्यो, प्रतिकित्ता २०६

आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मुल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाका दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको हो।

सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता छुट्याएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आइपीओमा न्युनतम १० कित्ता देखी अधिकतम ५० हजार कित्तासम्मका लागी आबेदन दिन सक्नेछ्न ।

यो आईपीओ छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २४ गते बैंकिङ समयपछि निस्कासन बन्द हुन गरी ब्यबस्था मिलाईएको छ ।

माण्डु हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यस्तो पनि ? बुक भ्यालु ३६ भएको कम्पनीको बजार मुल्य ३७५

बजारमा कारोबार भईरहेको कम्पनीहरुमध्ये एउटा यस्तो कम्पनी पाईएको छ , जसको बुक भ्यालु ३६ रहेको छ भने बजार मुल्य ३७५ रहेको पाइएको छ ।

त्यस्तो कम्पनिको नाम नारायणी बिकास बैंक (NABBC) हो । यो कम्पनी अहिले घाटामा रहेको छ ।

घाटामा पनि यती गयो कि १०० रुपैया चुक्ता पुजीको रकम घटेर ३६ भईसकेको छ । यसको अर्थ कम्पनिले लगानिकर्ताको १०० मध्ये ६४ रुपैया गुमाइसकेको छ । अथवा घाटामा गईसकेको देखिन्छ ।

हो , यही ३६ रुपैया बुक भ्यालु भएको कम्पनी हाल बजारमा ३७५ रुपैयामा कारोबार भईरहेको पाइएको हो ।

कम्पनिको प्रतिसेयर आम्दानी ११ रुपैया नेगटिभ रहेको छ । यसको अर्थ अझै पनि १०० को लगानीमा ११ रुपैया घाटा खाइरहेको देखिन्छ ।

यस्तो कम्पनिमा सोझासाझा लगानिकर्ता फस्ने अत्याधिक सम्भाबना रहन्छ किनकी यस्तो कम्पनिको मुल्य घट्दा निकै नसोचेको तरिकाले घट्छ । त्यस्तै, ठुला लगानिकर्ताहरु यस्तो कम्पनिमा लगानी खासै गर्दैनन । लगानी गरिहाले पनी बिभिन्न हल्ला चलाएर साना लगानिकर्तालाई टोपी लगाइदिन माहिर हुन्छ्न ।

१३ अर्ब ऋण लगानी गर्दै एचआइडिसिएल,अपर तमोर र जगदुल्ला जलविद्युतलाई ४-४ अर्ब

0

काठमाडौं। हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १३ अर्ब ऋण लगानी गर्ने निर्णय गरेको छ। निजी र सार्वजनिकसमेत ४ वटा हाइड्रो कम्पनिलाई १३ अर्ब ऋण स्वीकृत गरेको हो।

अपर तमोर जलविद्युत आयोजना र जगदुल्ला अर्धजलासययुक्त जलविद्युत आयोजनालाई समान ४-४ अर्ब, माथिल्लो मोदी ए जलविद्युत आयोजनाको ३ अर्ब र सानिमा जुम जलविद्युत आयोजनाको २ अर्ब ॠण लगानी गर्ने भएको हो ।

हालसम्म कम्पनीले १९ आयोजनामा २१ अर्ब २१ करोड ऋण लगानी गरिसकेको छ।

प्रतिसेयर आम्दानिका आधारमा टप ५ निर्जिबन बिमा कम्पनिहरु, कुन कम्पनिको अवस्था कस्तो ?

प्रतिसेयर आम्दानी भनेको करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल हो । प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई कम्पनिले दिने प्रतिफलका लागि मुख्य आधार हो । प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्त्वपूर्ण औजार हो , त्यस्तै आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचक पनि हो ।

यदी एउटा कम्पनीको सेयरको संख्या २ करोड छ । मानौ, उक्त कम्पनीले यो वर्ष रु ६० करोड मुनाफा गर्‍यो भने उक्त कम्पनीको प्रतिसेयर आम्दानी रु ३० हुनु आउँछ, ६० करोड नाफा ÷ २ करोड सेयर संख्या यसको अर्थ उक्त कम्पनिको एककित्ता सेयरले ३० रुपैयाँ कमाएको छ भन्ने बुझिन्छ , कम्पनिको प्रतिसेयर आम्दानी जती धेरै हुन्छ , लाभांश क्षमता पनि त्यती नै धेरै हुन्छ । बित्तिय सङ्स्थामा भने नियामकको निर्देशन तथा खराब कर्जाले लाभांश क्षमतामा असर गर्न सक्छ ।

कम्पनिको मुल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात हो । कम्पनीले १ रुपैया प्रतिफलका लागी लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ । जस्तै कुनै कम्पनी मुल्य आम्दानी अनुपात ३५ छ भने एक रुपैयाँ आम्दानी प्रतिफलका लागि लगानीकर्ताले ३५ रुपैयाँ तिरिरहेको छ भन्ने बुझिन्छ ।

बुक भ्यालु भन्नाले कम्पनिको सम्पूर्ण सम्पत्तिमा सम्पूर्ण दाहित्व घटाउदा आउने प्रतिफल हो । सामान्य अर्थमा बुक भ्यालु भनेको यदी कम्पनी कुनै कारणले बन्द भएमा सेयरधनिले पाउने रकम हो भनेर बुझ्दा पनि हुन्छ ।

यहाँ हामीले निर्जिबन बिमा कम्पनिहरुमध्ये प्रतिसेयर आम्दानीको आधारमा टप ५ कम्पनीहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंको लगानीको निर्णयलाई सहयोग गर्नेछ भन्ने अपेक्षा राखेका छौ ।

साथै बाँकी निर्जिबन बिमा कम्पनिको बारेमा समेत तल टेबलमा विवरणहरु प्रस्तुत गरिएको छ ।

राष्ट्रिय बिमा कम्पनी
यस कम्पनिको रिसर्भ ३ अर्ब ७७ करोड १५ लाख ३२ हजार रहेको छ । यसको प्रतिसेयर आम्दानी २८९.७३ रहेको छ । यसको प्राइस टु अर्निङ (पीई ) रेसियो ५१.८५ रहेको छ । त्यस्तै यसको प्राइस टु बुक भ्यालु ९.९२ रहेको देखिन्छ भने यस कम्पनिको बुक भ्यालु (किताबी मुल्य ) १५१४.४७ छ ।

नेको इन्सुरेन्स कम्पनी लिमिटेड
यस कम्पनिको रिसर्भ ४९ करोड १३ लाख ३९ हजार रहेको छ । यसको प्रतिसेयर आम्दानी २७.४८ रहेको छ । यसको प्राइस टु अर्निङ (पीई ) रेसियो ३१.११ रहेको छ । त्यस्तै यसको प्राइस टु बुक भ्यालु ६.८७ रहेको देखिन्छ भने यस कम्पनिको बुक भ्यालु (किताबी मुल्य ) १२४.४२ छ ।

नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड
यस कम्पनिको रिसर्भ ४९ करोड २७ लाख ५५ हजार रहेको छ । यसको प्रतिसेयर आम्दानी २६.७६ रहेको छ । यसको प्राइस टु अर्निङ (पीई ) रेसियो २९.४५ रहेको छ । त्यस्तै यसको प्राइस टु बुक भ्यालु ५.९३ रहेको देखिन्छ भने यस कम्पनिको बुक भ्यालु (किताबी मुल्य ) १३२.९७ छ ।

सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड
यस कम्पनिको रिसर्भ ९१ करोड ३२ लाख ७९ हजार रहेको छ । यसको प्रतिसेयर आम्दानी २२ रहेको छ । यसको प्राइस टु अर्निङ (पीई ) रेसियो ३३ रहेको छ । त्यस्तै यसको प्राइस टु बुक भ्यालु ३.१ रहेको देखिन्छ भने यस कम्पनिको बुक भ्यालु (किताबी मुल्य ) २२८ छ ।

सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेड
यस कम्पनिको रिसर्भ ८९ करोड ५६ लाख ४० हजार रहेको छ । यसको प्रतिसेयर आम्दानी १८.८४ रहेको छ । यसको प्राइस टु अर्निङ (पीई ) रेसियो ४१ रहेको छ । त्यस्तै यसको प्राइस टु बुक भ्यालु ३.३२ रहेको देखिन्छ भने यस कम्पनिको बुक भ्यालु (किताबी मुल्य ) २२५.९१ छ ।

Paid up Capital, Reserve , Insurance Fund , Net Premium are in thousands.

यो विवरण आब २०७९-८० को चौथो त्रैमासका आधारमा तयार पारीएको हो । यो बाइसेल रेकोमेन्डेसन होइन । लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नु होला ।