Home Blog Page 71

अधिक तरलता भएपछी राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब झिक्दै

तरलता धेरै भएपछि राष्ट्र बैंकले आज फेरि ९० अर्ब रुपैयाँ तान्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम बजारबाट तान्न लागेको हो ।

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी माघ ३० गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि माघ १० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित माघ २८ गते वीरगन्जमा रहेको होटल भिष्वामा बिहान ९ बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।

खराब कर्जा अनुपात १९.३४ प्रतिशत सहित समृद्धि फाइनान्स ६.२८ करोड घाटामा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ६ करोड २८ लाख रुपैयाँ घाटा बेहोरेको छ, जसले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९४.३२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यो घाटा २ करोड १३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सुधारिएको छ। ८.१२ प्रतिशतले बढ्दै यो ३ करोड ८७ लाख रुपैयाँ पुगेको छ। तर, अघिल्लो वर्ष पुस मसान्तसम्म ३ करोड ७४ लाख रुपैयाँ सकारात्मक रहेको खुद सञ्चालन आम्दानी यस वर्ष ९९ लाख १८ हजार रुपैयाँले ऋणात्मक भएको छ।

कम्पनीले कर्मचारी खर्चका लागि ३ करोड २९ लाख रुपैयाँ र अन्य सञ्चालन खर्चका लागि १ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ। साथै, इम्पेयरमेन्ट चार्जका लागि ६ करोड १२ लाख रुपैयाँ छुट्याएको छ, जबकि अघिल्लो वर्ष यो रकम ६२ करोड ५३ लाख रुपैयाँ थियो।

कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ, भने रिजर्भको आकार २५ करोड २६ लाख रुपैयाँमा सीमित छ।

कम्पनीले २ अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ र १ अर्ब ५७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ। तर, खराब कर्जा अनुपात ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर आम्दानी (ईपीएस) ३०.६९ रुपैयाँले नकारात्मक रहेको छ।

‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’को सार्वजनिक निष्कासन माघ २४ गतेदेखि

0

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२’ को सार्वजनिक निष्कासन आगामी माघ २४ गतेदेखि हुने भएको छ ।
एनएमबि बैंक कोष प्रवद्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।

प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाइ कोष प्रवद्धक एनएमबि बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ २८ गते र ढिलोमा फागुन ८ गते बैंकिङ समयपछि हुनेछ ।

यो बन्दमुखि योजना हो ।

गोर्खाज फाइनान्स २५.९८ लाख घाटामा

गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनी २५ लाख ९८ हजार रुपैयाँ घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानीमा पनि १९ प्रतिशतको कमी आएको छ। अघिल्लो वर्ष १८ करोड ३० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर यस वर्ष १४ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीले ८ करोड ३० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ। यस अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ३२ करोड ९४ लाख रुपैयाँबाट घटेर १० करोड २० लाख रुपैयाँमा झरेको छ।

त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङ ४७ करोड १५ लाख रुपैयाँले ऋणात्मक छ। कम्पनीको रिजर्भको आकार पनि घट्दै अघिल्लो वर्षको ९७ करोड २१ लाख रुपैयाँबाट ९४ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको वितरणयोग्य मुनाफा पनि ४७ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब ८० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने ६ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.६० रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ १५६.०८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १,३१७.८३ रुपैयाँ, र तरलता अनुपात ३४.२७ प्रतिशत छ।

मितेरी डेभलपमेन्ट बैंकको नाफा ४७% ले घट्यो

मितेरी डेभलपमेन्ट बैंकको नाफा खुद ब्याज आम्दानीमा कमीका कारण प्रभावित भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको नाफा ४७.०४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ८८ लाख रुपैयाँ नाफा गरेको बैंकले यो वर्ष घटेर २ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशतले घट्दै ८ करोड ५८ लाख रुपैयाँमा झरेको छ। यसैगरी, बैंकको खुद सञ्चालन आम्दानी पनि १२ करोड ८२ लाख रुपैयाँबाट घटेर ९ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ।

१ अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ५ करोड २४ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ३४ करोड ४३ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकले खराब कर्जा अनुपात घटाउन सफल भएको छ। अघिल्लो वर्ष २.७४ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १.७४ प्रतिशतमा झरेको छ।

बैंकको वितरणयोग्य मुनाफा ५ करोड २४ लाख रुपैयाँ छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ४.९६ रुपैयाँ रहेको छ। समीक्षाको अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ४.२५ रुपैयाँ कायम भएको छ।

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

0

महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवातथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।

सोहीअन्तर्गत बैंकको पालुङ्ग शाखाद्धारा थाहा नगरपालिका–११, देउराली, मकवानपुर स्थित कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीहरुमध्ये ५५ जना विपन्नवर्गका विद्यार्थीहरुमा न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरु देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रुपमा असर पर्न गएकोले यस बैंकको पालुङ्ग शाखाद्वारा पुस २७ गते एक कार्यक्रका बीच ५५ थानपोलार ज्याकेट वितरण गरिएको छ ।

साथै, सर्वोदय परियोजनानामक गैह्र सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरुको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रबद्र्धन गर्न आयोजित “ क्भलकबतष्यल ग्लकभभल स् अदृश्य मोतीहरु”नामक कार्यक्रम सञ्चालन गर्नको निमित्त बैंकले आर्थिक सहयोग गरेको छ । यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्राइम कमर्सियल बैंकको नाफा १४.३४% ले घट्यो

प्राइम कमर्सियल बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद नाफामा कमी आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.३४ प्रतिशतले कम हो।

गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। तर, यो वर्ष बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ। खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ३ अर्ब १८ करोड रुपैयाँमा पुगेको छ। १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ८४ करोड रुपैयाँ र रिजर्भमा १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

ग्राहकहरूसँग २ खर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८४ करोड रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १४.९८ रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९.२८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९६.९७ रुपैयाँ, मूल्य-आम्दानी अनुपात १२.८१ गुणा, प्रतिसेयर नेटवर्थ २६.४३ प्रतिशत, र तरलता अनुपात २६.४३ प्रतिशत रहेको छ।

सिटिजन्स बैंकको नाफा १५.४५% ले घट्यो

0

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा १५.४५ प्रतिशतले कमि हो ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ८.२६ प्रतिशतले बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

यद्यपी बैंकको खुद सञ्चालन आम्दानी भने २.३२ प्रतिशतले घट्दै २ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको रिटेन्ड अर्निङ ६१ करोड ३२ लाख रुपैयाँबाट बढेर ७० करोड ९४ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार भने ६ अर्ब ७६ करोड रुपैयाँबाट घटेर ६ अर्ब ६० करोड रुपैयाँमा झरेको छ ।

१ खर्ब ८८ अर्ब रुपैयाँबराबरको निक्षेप संलकन गरेको बैंकले १ खर्ब ५३ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने बढेको छ । अघिल्लो आवमा ८५ करोड ९५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८१ लाख रुपैयाँले धनात्मक बनेको छ । बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी २.३५ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)८.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५४३.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ,तरलता अनुपात २४.९० प्रतिशत र मूल्य आम्दानी अनुपात २३.५३ गुणा छ ।

सुनको मूल्य आज पनि घट्यो

0

सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज थप कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर छ। चाँदीको मूल्य प्रतितोला १ हजार ८६० रुपैयाँमै कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्य पनि हो।