Home Blog Page 70

क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न ट्रम्पको प्रस्ताव

0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले भन्सार शुल्कबाट बच्न अमेरिकाको ५१ औं ‘राज्य’ बन्न सक्ने सम्भावनालाई फेरि दाहोराएका छन् ।
ट्रम्पले भने, ‘हामीसँग क्यानडासँग ठूलो व्यापार घाटा छ। हामी यसलाई अब जारी राख्न दिन सक्दैनौं। मैले क्यानडालाई अमेरिकाको एक राज्य बन्न सक्ने प्रस्ताव राख्दै आएको छु । यदि यसो भयो भने कुनै व्यापार घाटा हुनेछैन र हामी क्यानडामाथि कर लगाउने छैनौं।’

अमेरिकी राष्ट्रपतिले क्यानडासँग व्यवहार गर्न वर्षौंदेखि गाह्रो भएको बताए। ट्रम्पले भने, ‘२०० बिलियन डलर वा २५० बिलियन डलरको व्यापार घाटा हुनु उचित होइन। हामीलाई कार बनाउन क्यानडाको आवश्यकता छैन।’

उनले भने, ‘हामीलाई उनीहरुबाट तेल र ग्यास चाहिँदैन । हामीसँग यो अरूभन्दा अधिक मात्रामा छ ।’

ट्रम्पले यसअघि नै क्यानडा अमेरिकाको ५१ औ राज्य बनेमा ६० प्रतिशतभन्दा बढी कर कटौती हुनसक्ने बताइसकेका छन् ।

डुब्ने खतरा बढेपछी पोखरा फाइनान्सद्वारा मर्जर समिति गठन गर्यो

0

बित्तिय अवस्था नाजुक भएपछी पोखरा फाईनान्स समस्यामा परेको छ । अधिक खराब कर्जाको कारण बैंक डुब्ने खतरा बढेपछी कम्पनिले समिती गठन गरेको छ ।

पोखरा फाइनान्स कम्पनी लिमिटेडले मर्जरमा जाने प्रयोजनका लागि मर्जर वा प्राप्ति (एक्विजिसन) समिति गठन गर्ने निर्णय गरेको छ । माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर वा प्राप्ति समिति गठन गर्ने निर्णय गरेको हो ।

संस्थाको २०७९ पुस ३० र २०८० पुस २९ गते भएका वार्षिक साधारण सभाहरुद्धारा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति/समाहित, गाभ्ने वा गाभिने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सो सम्बन्धमा आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय भएको थियो । सोही बमोजिम मर्जर वा प्राप्ति समिति गठन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ निस्कासन गर्ने

0

काठमाडौंको गौशालामा चारतारे होटल सञ्चालनमा आएको छ।

केएमसी ग्रुपका संस्थापकहरूको विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ सञ्चालनमा ल्याएका हुन्।

पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा डेढ अर्ब रूपैयाँ लगानी भएको छ।

यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिर नजिकै रहेको छ ।

होटलमा दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बार छन्। जहाँ १ सय ४० क्षमताको सनराइज क्याफे र १ सय ४० क्षमताको ला–भिस्टा रुफटप रेष्टुरेन्ट छन्। जहाँबाट काठमाडौं सहरको मनोरम दृश्य देखिन्छ।

होटलमा फिटनेस सेन्टर, हेल्थ क्लब, स्पा, स्टिम, साउना र बाहिरी स्विमिङ रहेको छ।

यो होटल ७ रोपनी क्षेत्रफलमा अवस्थित छ भने यसमा ८४ कोठा (रुम) छन्। जसमा ४ वटा सुइट रुम, ७ वटा प्रिमियम रुम, १२ वटा सुपर डिलक्स रुम र ६१ वटा डिलक्स रुम छन्।

कम्पनिको चाडै आइपिओ निसकासन गर्ने पनि योजना रहेको छ ।

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

0

महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै एमआईएस अफिस(जुनियर अफिसर )१ जना र केही संख्यामा जुनियर असिस्टेन्टका लागि दरखास्त आह्वान गरेको हो ।

जुनियर असिस्टेन्ट पदका लागि कुमारी जबबाट आवेदन दिन सकिनेछ । इच्छुक तथा योग्य आवेदकले आगामी फेब्रुअरी ५ सम्म आवेदन दिन सकिनेछ । छनौट भएका आवेदकहरुलाई बैंकको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा नियुक्त गरिनेछ ।

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौता

0

कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड पाल्पाबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओपिडी. टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत आईसीयु, शल्यक्रिया तथा एक्स–रे/युएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

इलेक्ट्रो पावर कम्पनीले आईपीओ निष्कासन गर्ने , विशेष साधारण सभा बोलायो

0

इलेक्ट्रो पावर कम्पनी लिटिमेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनिले आइपिओ निस्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

फागुनमा २०.१४ लाख कित्ता आशा लघुवित्तको सेयरको लक इन अवधि समाप्त हुने

0

फागुन ११ गते आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि समाप्त हुने भएको छ। संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १९ लाख ९९ हजार ३७५ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १४ हजार ८५२ कित्ता गरी कुल २० लाख १४ हजार २२७.५० कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।

कम्पनीले २०७८ फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७८ फागुन १२ गते बाँडफाँड गरिएको थियो ।

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न नपाउने कम्पनीले स्पष्ट पारेको छ ।

माघ २१ गतेदेखि ओम मेगाश्री फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

0

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले कुल १८ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ।

यसका साथै, कम्पनीले ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याउने छ। बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृत भएका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयहरू वा “मेरो सेयर” अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओको निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने न्यूनतम सीमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्म तोकिएको छ।

कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपाल लिमिटेडले “केयर एनपी डबल बी माइनस” रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

हालैको पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.११ रुपैयाँ र सञ्चित नाफा ऋणात्मक ३ करोड ७१ लाख रुपैयाँ रहेको छ।

पोखरा फाइनान्सको खराब कर्जा ३३.४४ प्रतिशत, घाटा ६३ करोड- के पोखरा फाइनान्स डुब्दैछ ?

पोखरा फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस फाइनान्सको बित्तिय अवस्था खराब रहेको देखिएको छ। यस फाइनन्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरिरहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमै राष्ट्र बैंकले ४१ प्रतिशत खराब कर्जा कायम गरिदिएकोमा दोस्रो त्रैमासमा कम्पनिले ३३.४४ प्रतिशत खराब कर्जा देखाएको छ।

यस्तै दोस्रो त्रैमासमा फाइनान्सले ३.१७ प्रतिशतले ऋणात्मक देखाएको छ। यो त्रैमास सम्ममा कम्पनीले ६३ करोड ७९ लाख रुपैयाँ घाटा खाएको छ ।

फाइनान्सको खुद ब्याज आम्दानी १७.८३ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँ भएको छ । गत वर्ष यसले १७ करोड ४१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पुससम्ममा कम्पनी ९५ करोड ७९ लाख रुपैयाँ सञ्चालन घाटामा छ । गत वर्ष फाइनान्सले ४ करोड ३९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको इम्पेयरमेन्ट चार्ज १ अर्ब ५२ लाख रुपैयाँ रहेको छ । कम्पनिको वितरणयोग्य नाफा १ अर्ब ५५ करोड रुपैयाँ ऋणात्मक छ ।
फाइनान्सको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ९३ पैसा ऋणात्मक रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ ९७ पैसा छ ।

अाबस्यक सुधार नगरिए र यस्तै अवस्था रहिरहे यो फाइनान्स डुब्न् सक्ने खतरा बढ्ने देखिन्छ ।

मानुषी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाको सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

यो सेयर खरिद गर्नका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन बनेपामा रहेको कार्यालयमा लिखित आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने छ ।