Home Blog Page 59

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको हो ।

लगानीकर्ताले आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।

लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। निर्धारित समयभित्र आवेदन नपरेमा संस्थापक सेयरधनीभन्दा बाहिरका सर्वसाधारणका लागि सेयर बिक्रीमा राखिने संस्थाले जनाएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको १६ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल १६ हजार ३८२० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

कुल सेयरमध्ये १० हजार ९८२ कित्ता आम सर्वसाधारण र ५ हजार ४ सय कित्ता संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको छ आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ६५५ रुपैयाँ र संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ ।

संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणले १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

बलेफी हाईड्रोपावरको लिलामी सेयर बाँडफाँड

0

बलेफी हाईड्रोपावर लिमिटेडले गत फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म लिलामीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर फागुन २७ गते बाँडफाँड गरेको छ ।

उक्त लिलामी सेयरको शिलबन्दी बोलपत्र भने गत फागुन २२ गते खोलिएको थियो । संस्थापक सेयरको ६ लाख ७६ हजार १९१ कित्ता सेयरको अन्तिम मूल्य २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ताको २२६ रुपैयाँ र सर्वसाधारण समूहको ६ लाख १३ हजार ५७३ को अन्तिम मूल्य ३२२.५० रुपैयाँ कायम भएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

बाँडफाँडमा नपरेका आवेदकहरुको सेयरबापतको रकम फिर्ता भुक्तानी फागुन २८ गतेदेखि भएको समेत बिक्री प्रबन्धकले जनाएको छ ।

आज बजारबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । जसको साँवा तथा ब्याज भुक्तानी चैत २० गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

क्यानडाबाट आयात हुने स्टिल र आल्मुनियममाथि ५०% ट्यारिफ लगाउने निर्णयबाट ब्याक भए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको स्टिल, आल्मुनियम र अन्य धातुमा ५० प्रतिशत कर लगाउने योजना तत्काललाई रोकिएको छ ।
तर क्यानडाबाट आयात हुने यी धातुमा मार्च १२ गतेदेखि अर्थात आजदेखि लागू हुने २५ प्रतिशत ट्यारिफ भने कायम रहनेछ ।

ट्रम्पको यो कदम क्यानडाको ओन्टारियो प्रान्तले उत्तरी अमेरिकाका केही राज्यमा पठाइने बिजुलीमा २५ प्रतिशत नयाँ शुल्क लगाउन रोक लगाएपछी आएको हो ।

ट्रम्पले बिजुली आपूर्तिमा यो शुल्क विरुद्ध क्यानाडामा ठूलो शुल्क लगाउने धम्की दिएका थिए। यो दुई देशबीच चलिरहेको व्यापार युद्धमा महत्वपूर्ण कदम हो, जुन अमेरिका र क्यानडा दुवैको अर्थतन्त्रका लागि घातक छ।

नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने समय थप गरियो

0

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर खरिदका लागि आवेदन दिने समयावधि बढाएको छ। कम्पनीले फागुन ८ गतेदेखि हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँको १ः०.२५ अनुपातमा, प्रति सेयर अंकित मूल्य रु. १०० का दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको थियो।

पहिले तोकिएको आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको थियो, तर अब लगानीकर्ताहरूले चैत १४ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरूले नेको इन्स्योरेन्सको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू, सानिमा क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्छन्। साथै, सीडीएससीको मेरो सेयर पोर्टलमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ।

कम्पनीले न्यूनतम पूँजीको आवश्यकतासहित व्यवसाय विस्तार गर्न हकप्रद सेयर जारी गरेको बताएको छ। यस हकप्रदको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो। तसर्थ, माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई सेयरधनी बनेका लगानीकर्ताहरूले मात्र यस हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

0

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।
यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात सिटिजन लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५७१.४१ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ७२५.६० रुपैयाँ कायम थियो ।

कम्पनीले गत आवका लागि २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल २८.४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

त्यस्तै, नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १९८९.५० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता २२७३ रुपैयाँ थियो ।

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।

आज साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् । भोलि अर्थात फागुन २९ गते होलि पर्वको सार्वजनिक बिदा परेको छ ।

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको १० प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । कम्पनीले आगामी चैत १५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । सोही सभाबाट अनुमोदन भएपश्चात उक्त नगद लाभांश सेयरधनीले प्राप्त गर्नेछन् ।

एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

युनाइटेड मोदी हाईड्रोपावरको ११ औं वार्षिक साधारण सभा चैत २७ गते

0

काठमाडौं । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड ले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। फागुन २५ गते बसेको सञ्चालक समितिको बैठक ले सभाको मिति तय गरेको हो।

सभा चैत २७ गते काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेट मा बिहान ११:०० बजे सुरु हुनेछ।

सभाका प्रमुख एजेन्डा

  1. हकप्रद सेयर संशोधन प्रस्ताव
    • १० औं साधारण सभाबाट पारित १००% हकप्रद निष्कासन प्रस्तावलाई संशोधन गरी १:०.६५ अनुपात कायम गर्ने।
    • हकप्रद सेयर निष्कासनका लागि अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने।
  2. आर्थिक प्रतिवेदन पारित गर्ने
    • सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।
    • वित्तीय विवरणहरू पारित गर्ने।
  3. लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
    • चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने।
  4. नयाँ लगानीको निर्णय अख्तियार दिने
    • अन्य लगानीयोग्य परियोजनाहरू पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने।

सभामा प्रस्तावित निर्णयहरू पारित भएपछि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ।