Home Blog Page 54

राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । जसको साँवा तथा ब्याज भुक्तानी वैशाख ३ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ निष्कासन गर्ने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले यही चैत २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो।

संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको जनाएको छ।

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई CARE-NP B(IS) SINGLE B ISSUER रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा बढी जोखिम रहेको जनाउँछ।

एफपीओको निष्कासन बन्द छिटोमा चैत २६ गते र ढिलोमा वैशाख ४ गते बैंकिङ समयपछि हुनेछ। लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ ३० गते अनुमति पाएको थियो।

गभर्नरको रेसमा ज्ञानेन्द्र ढुङ्गानाको इन्ट्री, नबिल बैंकको सीईओबाट राजीनामा दिए

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन्। उनले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नका लागि राजीनामा दिएका हुन ।

चौधरी ग्रुपको आडमा उनले सो पदमा दाबेदारी दिन लागेको बताईएको छ । गभर्नरको एउटा निर्णयले ब्यबसायीले करोडौ फाईदा वा घाटा हुन सक्दछ त्यसैले ब्यबसायीले यो पदलाई महत्वका साथ हेर्छन ।

मुलुकबाट पैसा बाहिर लान र मुलुकमा पैसा भित्राउन पनि राष्ट्र बैंकको भूमिका हुने भएकोले यसमा आफ्नो मान्छे राख्ने ब्यबसायिक घरानाको चाहना हुने गर्दछ ।

पछिल्लो समय गभर्नर पदका लागि विभिन्न व्यक्तित्वहरूको चर्चा चलेको छ। सोही चर्चामा ढुङ्गाना पनि रहेका छन्। उनले केन्द्रीय बैंकको गभर्नर पदका लागि बिदा लिएर विगतदेखि नै तयारी गरिरहेका थिए।

गभर्नरमा वरिष्ठ डेपुटी गभर्नर डा नीलम ढुंगानाको पनि पहिलो महिला गभर्नर हुन सक्ने भन्दै चर्चा चलिरहेको छ ।

यो पनि

माईखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, आयोगबाट पायो अनुमति

माईखोला हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कपासन गर्ने भएको छ । जसका लागि कम्पनिले लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले आयोगबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयरको सार्वजनिक निष्काशनका लागी चैत ८ गते स्वीकृती पाएको हो ।

कम्पनीको चुक्तापुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो ।

मातृभूमी लघुवित्तले एफपीओ निष्कासन गर्ने

मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने घोषणा गरेको छ। संस्थाले एफपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ। चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २ गते काठमाण्डौको बुढानिलकण्ठस्थित होटल अम्रप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।

साधारण सभामा सर्वसाधारणलाई एफपीओ जारी गर्ने तथा अन्य ‘घ’ वर्गका लघुवित्त संस्थाहरूसँग गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

यसैगरी, आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण गरिएको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोही अवधिका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनेछ। साथै, आव २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

सभामा ४ जना संस्थापक सेयरधनी र २ जना सर्वसाधारण सेयरधनी गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव अनुमोदन गरिनेछ।

साधारण सभा प्रयोजनका लागि संस्थाले चैत २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

हिमालयन लाइफ इन्स्योरेन्सको ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ७९ हजार ३२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

नारद लुइँटेल नेप्सेको सीईओमा नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारद लुइँटेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरेको हो ।

नेप्सेको सीईओ बनेका लुइँटेल सर्लाही स्थायी घर भई तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् । २०७८ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट उनलाई तारागाउँको सदस्य सचिवमा नियुक्ति गरेका थिए । उनी त्यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका थिए ।

सेयर बजारमा हरियाली, नेप्से ३०.५२ अंकले बढ्यो

काठमाडौं। लगातार ६ कारोबार दिन ओरालो लागेको सेयर बजार सोमबार सुधारिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ३०.५२ अंक (१.१६ प्रतिशत) ले बढ्दै २६४५ अंकमा पुगेको छ।

कारोबार सुरु हुँदा केही गिरावट देखिए पनि बजारले ११:१९ बजे २५९३ अंकसम्म झरेपछि पुनः सुधारको संकेत देखायो। त्यसपछि बजारले समातेको उकालो गति अन्तिमसम्म कायमै रह्यो।

चैत ३ यता लगातार घटेको बजार फागुन १९ देखि ओरालो लागेको थियो भने फागुन २८ गते एक दिन मात्र वृद्धि भएको थियो।

कारोबार रकम घट्यो

नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ४८ करोडमा सीमित भयो। २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको देखिन्छ।

सबै सेक्टरका सूचक बढे

यस दिन सबै सेक्टरका सूचक सकारात्मक रहे। सबैभन्दा धेरै फाइनान्स समूह ३.७५ प्रतिशतले उकालो लाग्यो। अन्य सूचकहरू यस प्रकार छन्:

  • बैंकिङ: ०.९२%
  • विकास बैंक: ०.७८%
  • होटल तथा पर्यटन: १.१६%
  • हाइड्रोपावर: १.००%
  • लगानी: ०.९५%
  • जीवन बीमा: १.६४%
  • उत्पादन: ०.८०%
  • माइक्रोफाइनान्स: ०.९०%
  • निर्जीवन बीमा: ०.६१%
  • अन्य: १.९१%
  • व्यापार: १.५५%

सर्वाधिक मूल्य वृद्धि भएका कम्पनीहरू

  • गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स: ९.२९%
  • पोखरा फाइनान्स: ७.४७%
  • समृद्धि फाइनान्स: ६.३०%
  • स्वेतगंगा हाइड्रोपावर: ५.६४%
  • रिलायन्स फाइनान्स: ५.२२%

मूल्य घट्ने कम्पनीहरू

  • अपरहेवाखोला हाइड्रोपावर: ४.९२%
  • नारायणी डेभलपमेन्ट बैंक: ४.०५%
  • युनाइटेड मोदी हाइड्रो: २.९%

उत्कृष्ट कारोबार भएका कम्पनीहरू

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, र सिन्धु विकास बैंक उत्कृष्ट पाँचभित्र परेका छन्।

ग्लोबल मनि विकः महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न

0

महालक्ष्मी विकास बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले चैत ४ गतेदेखि १० गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको हो ।
यस साताव्यापी अभियानअन्तर्गत बैंकका गोगंबु, धनगढी, चन्द«निगापुर, दमौली, इटहरी, जनकपुर ,विरगंज, दमक, टिकापुर, महेन्द«नगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रीय कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयहरुले विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ ।

देशभरी गरिएको कार्यक्रमहरुमा १२ सय जनाभन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ ।

साथै, यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलका जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ । यस कार्यबाट किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

समयमै राफसाफ नगरदा एप्पल सेक्युरिटिज ३ दिनका लागि निलम्बनमा , नेप्सेले निकाल्यो सुचना

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले समयमै राफसाफ नगरेको भन्दै एप्पल सेक्युरिटिज प्रालि(स्टक ब्रोकर -नम्बर १०१)लाई ३ दिनका लागि निलम्बन गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै एप्पल सेक्युरिटिजलाई निलम्बन गरेको जनाएको हो ।

‘सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मिति २०८१ चैत १० गतेको पत्र संख्याः २०८१/८२/४३, चलानी नं. १९२८ को पत्र मार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएकोले ३(तीन) कार्य दिनका लागि निलम्बन गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ,’ नेप्सेद्वारा जारी सुचनामा भनिएको छ ।