Home Blog Page 300

निर्दोश छु , कानुनी उपचारमा जान्छु

0

जबर्जस्ती करणिको आरोप लागेपछी सन्दीप लामिछानेले आफु निर्दोश भएको भन्दै कानुनु लडाईं लड्ने बताएका छन । त्यसका लागि सहयोग गर्न क्रिकेट सङघलाई गुहारेका छ्न ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।
अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने क्यान सचिव प्रशान्त विक्रम मल्लले बताए ।

यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन्

 कमिसन पुनरावलोकन गर्न आवश्यक

0

महालेखापरीक्षक कार्यालयले नेपाल धितोपत्र बोर्डलाई ब्रोकर कमिसन पुनरावलोकन गर्न सुझाव दिएको छ । महालेखापरीक्षक कार्यालयले बुधबार ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बोर्डलाई यस्तो सुझाव दिएको हो । 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३२(१) अनुसार धितोपत्र दलालले धितोपत्र करोबार सेवा उपलब्ध गराए बापत ग्राहकसँगबाट अनुसूची १४ बमोजिमको सेवा शुल्क लिन सक्ने व्यवस्था छ । यो वर्ष ५० धितोपत्र दलाल व्यवसायीको कुल आय रू.१० अर्ब ६९ करोड ३ लाखमध्ये रू.२ अर्ब ९९ करोड ४८ लाख खर्च गरी रू.७ अर्ब ६९ करोड ५५ लाख खुद आय देखाएका छन् । 

इन्धनको भारी मूल्यवृद्धिमा प्रधानमन्त्री र वाणिज्य मन्त्रीकै सहमति

0

 नेपाल आयल निगमको आइतबार साँझको सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर २१, डिजल र मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धि गरेपछि यसको विरोध भइरहेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी अब पेट्रोल एक लिटरको १९९ र डिजल तथा मट्टितेल १९२ रुपैयाँ पुगेको छ ।

इन्धनको मूल्य निर्धारण गर्न निगमको सञ्चालक समिति स्वतन्त्र छ । तर एकै पटक यति धेरै मूल्य बढाउन सञ्चालक समितिका अधिकारीहरु डराइरहेका थिए । तर उनीहरुलाई प्रधानमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले नै ढाडस दिएपछि उच्च मूल्यवृद्धि भएको निगमका अधिकारीहरु नै बताउँछन् ।

जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश

0

सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।

उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।

आदर्श लघुवित्तको आईपीओमा १८ लाखको आवेदन, ३२१ गुणा बढी शेयर माग

0

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब १८ लाखको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ५ः०७ बजेसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता शेयरको ३२१.६८ गुणा बढी हो ।

लघुवित्तले असार १ गते देखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २६१ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

काठमाडौंभित्र घर भाडासम्बन्धी काम कम्पनीमार्फत मात्रै

0

काठमाडौं महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने भएको छ।

मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन्। उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था हुने बताए।

तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बन्न सक्ने चिकित्सकको चेतावनी ,मुटुको चाल घट्यो

0

काठमाण्डौ। पुँजीबजार सुधार र विकासका लागि आमरण अनशन बसेका तिलक कोइरालाको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ।

पुँजीबजार सुधार संघर्ष समितिका संयोजक कोइराला गत असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालयबाहिर आमरण अनशनमा बसेका छन्। आज पाँचौँ दिन स्वास्थ्य परीक्षणका लागि पुगेका चिकित्सकले कोइरालाको स्वास्थ्य जुनसुकै बेला गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।

डा अजित मल्लिकले आज कोइरालाको नियमित स्वास्थ्य परीक्षण गर्दै यस्तो चेतावनी दिएका हुन्। ‘उहाँ मधुमूहको बिरामी हुनुहुन्छ, त्यसैले विशेष ख्याल गर्नुपर्छ’, उनले भने।

आज कोइरालाको मिर्गौला र पिसाबको परीक्षण भएको छ। ‘यदि मिर्गौलामा कुनै खराबी देखियो भने उहाँ तुरुन्तै अस्पताल भर्ना गर्नुपर्ने हुन्छ’, डा मल्लिकले भने।

डा मल्ल्किका अनुसार कोइरालाको मुटुको चाल घट्दै गएको छ भने बीपीको अवस्था पनि बिग्रिँदै गएको छ। ‘उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ’, उनले भने, ‘कुनै पनि बेला गम्भीर अवस्था बन्न सक्छ।’

पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरुले गत जेठ २० गतेदेखि आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ। आन्दोलनलाई निरन्तरता दिँदै आज लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक घेरउ गर्न जाँदैछन्।

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

0

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

पुनर्बीमा कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। 

शेयर बजार सुधारका लागि राष्ट्र बैंकमा १९ बुँदे ज्ञापनपत्र

0

सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका नेताहरुको टोलीले आइतबार सेयर बजार सुधारका लागि नेपाल राष्ट्र बैंकमा १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।

टोलीमा रहेका नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टलाई ज्ञापनपत्र बुझाइएको हो। ‘गभर्नर हुनुहुँदो रहेनछ, त्यसैले प्रवक्तालाई बुझायौँ’, उनले भने।

यसअघि राष्ट्र बैंक घेराउ गर्न अगाडि बढिरहेका सेयर लगानीकर्ताहरुलाई सुरक्षाकर्मीहरुले बाटोमै रोकेका थिए। सुरक्षाकर्मी अगाडि बढ्न नदिएपछि सयौँमा रहेका लगानीकर्ताहरु पिपलबोटबाटै फर्किने अवस्थामा थिए ।

पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गर्ने कार्यक्रम थियो।

गत जेठ २० गतेदेखि सेयर बजार सुधारका लागि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज काठमाण्डौको नक्सालस्थित गहनापोखरीमा भेला भएका लगानीकर्ता नाराबाजी गर्दै बालुवाटारस्थित राष्ट्र बैंकतर्फ अगाडि बढिरहेका थिए। तर, उनीहरुलाई सुरक्षाकर्मीहरुले भाटभटेनीको पिपलबोटमा रोकेका थिए।

लगानीकर्ताहरु बर्बाद, बिटक्वाइनको भाउ झरेर २० हजार डलर भन्दा तल

0

क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरुले अब हरेक दिन नयाँ झट्का सामना गरिरहेका अवस्था छ ।

यसरी लगानीकर्ताले झट्का सामना गर्नुको मुख्य कारण भनेको कुनै बेला उच्च प्रतिफल दिने लोकप्रिय क्रिप्टोकरेन्सीहरु भाउ केही समयअघि लगातार झरिरहनु नै हो। विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको अवस्था पनि त्यस्तै छ। अहिले यसको भाउ २० हजार डलरभन्दा तल झरेको छ।
क्वाइन मार्केट क्यापको डाटा अनुसार बिटक्वाइनको मूल्य हाल १९ हजार ३२२ डलर आसपास छ। यही इथेरियमको मूल्यमा पनि व्यापक गिरावट आएको छ। विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियमको मूल्य अहिले १ हजार ७ डलरको तल्लो स्तरमा रहेको छ।

यी क्रिप्टोकरेन्सीको मूल्यमा आएको गिरावटका कारण तिनीहरुको बजार पुँजीकरणमा पनि उल्लेखनीय गिरावट आएको छ।

पछिल्लो २४ घन्टामा बिटक्वाइनको मूल्य ८.२८ प्रतिशतले घटेको छ भने ७ दिनमा ३० प्रतिशतभन्दा बढीले घटेको छ। यसरी अहिले बिटक्वाइनको मार्केट क्याप ३६७.६८ अर्ब डलरमात्रै छ।

त्यस्तै इथरियमको मूल्य पनि पछिल्लो २४ घन्टामा ८.३० प्रतिशत र ७ दिनमा ३५ प्रतिशतभन्दा बढीले घटेको छ। यसरी यसको मार्केट क्याप अहिले १२१.९५ अर्ब डलरमा झरेको छ।

क्रिप्टोकरेन्सीको मूल्य लगातार घट्नुको मुख्य कारण मुद्रास्फीतिमा लगातार वृद्धि हुनुलाई विज्ञहरुले बताइरहेका छन्। मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन्। जसका कारण बिटक्वाइनदेखि अन्य क्रिप्टोकरेन्सीमा ठूलो गिरावट आएको छ।

यसका साथै लगातारको गिरावटका कारण लगानीकर्ताहरु पनि क्रिप्टोकरेन्सीबाट टाढै रहन र जोखिम कम गर्दैछन्।

पछिल्लो २४ घन्टामा क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो गिरावट सेल्सियसमा देखिएको छ । यसको मूल्य १८.४७ प्रतिशतले घटेको छ। अब यसको मूल्य घटाएर ५३ सेन्ट गरिएको छ । यही बेला बीएनबी, एक्सआपी, सोलाना, पोल्काडट र ट्रनजस्ता क्रिप्टोकरन्सीहरु मार्केट क्याप न्यून विन्दुमा झरेको छ। –एजेन्सी