Home Blog Page 299

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

0

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।

दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।

असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने प्रहरी प्रधान कार्यालय नक्शालले जनाएको छ ।

म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।

नेशनल माइक्रोफाइनान्सको ६२,५०० कित्ता सेयर बिक्रिमा, मूल्य कति ?

0

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ६२ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य ७ सय ५० रूपैयाँ तोकिएको छ ।

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई असोज २७ गते कार्यलयभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको सेयर रजिष्टार्ड एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ ।

उपेन्द्र यादवलाई कुर्दाकुर्दै स्थगित भयो सत्ता गठबन्धनको बैठक

0

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ । गठबन्धनको एक प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।

बैठक भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको थियो । काठमाडौं उपत्यकामै भएका नेताहरु पनि निर्धारित समयमै जुट्न सकेनन् । साँझ ६ बजेसम्म पनि नेताहरु बालुवाटारमा जाने क्रम चलेको थियो ।

बालुवाटारमा भेला भएका नेताहरु जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षा गर्दै उनी आएपछि बैठक सुरु गर्ने भन्दै बसिरहे । तर यादव रात परिसक्दा पनि आउन सकेनन् ।

जसपा प्रवक्ता सुमनले हवाई उडान डिले भएकाले अध्यक्ष यादव बैठकमा आउन नसकेको बताए । ‘आउन चाहँदाचाहँदै पनि उहाँ (उपेन्द्र यादव)आउन ढिला भयो, त्यसैले भोलि बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भयो,’ सुमनले भने ।

अब म प्रधानमन्त्री बन्छु: पुष्पकमल दाहाल प्रचन्ड

0

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर देशको अर्थतन्त्र सुधार गर्ने बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए। अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पारे ।

उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानुनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिबद्धता समेत जनाए । उनले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्याउने दाबी गरे ।

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

0

प्रभु बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ र श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, बबरमहल, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ ।

नागरिकता विधेयक प्रमाणीकरण हुन्छ, नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

0

सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण हुने बताए । तर, यदी प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ ।

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि आफूसमक्ष आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सुझाव र सन्देशसहित राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन् ।

यसपछि फेरि संघीय संसदका दुवै सदनले छलफलपछि उक्त विधेयकलाई जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ । अब उक्त विधेयक फिर्ता गर्न कानुनले नमिल्ने भएकाले राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुपर्ने प्रचण्डको दाबी छ ।

दोस्रोपटक पठाएको विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ ।

आईपीओ निष्कासन गर्न २ कम्पनीले दिए सेबाेनमा निवेदन

0

साधारण सेयर (आईपीओ) निष्कासन गर्न २ वटा कम्पनीले नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् । सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न बाेर्डमा निवेदन दिएका हुन् ।

माईखोला हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख २१ हजार ५ सय ६८ कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

चुनावपछि एमाले सरकारमा जान्छ : महेश बस्नेत

0

नेकपा एमालेका नेता महेश बस्नेतले ४ मंसिरको निर्वाचनपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघको बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा उनले निर्वाचनपछि एमाले सरकारमा जाने र अपराधी र फटाहालाई तह लगाउने दावी गरे ।

‘मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ’ उनले भने ।

नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाए ।

नेप्से नै सरकारलाई सुनको अण्डा दिने कुुखुरो

0

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे कर्मचारी संघले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेकाे बताएकाे छ । संघले नेप्सेको पुनः संरचना गर्नुपर्नेमा जाेड दिएकाे छ ।
कर्मचारी संघले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न ८ वटा मुख्य बुँदाका आधारमा आफ्नो धारणा व्यक्त गरेको छ । संघले नेप्से नै सरकारलाई सुनको अण्डा दिने कुुखुरो रहेको बताएको छ । विज्ञप्तिकाे साताैँ बुँदामा भनिएकाे छ, “नेप्से : सरकारलाई सुनको अण्डा दिने कुखुरो : हाल सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये नेप्से उत्कृष्ट संस्था हो । यो सरकारको बहुमुल्य सम्पत्ति हो । सरकारले गरेको केवल ५०-६० लाख रुपैयाँ पूँजी लगानीलाई नेप्सेले निरन्तरको आम्दानीबाट बढाएर १ अर्व चुक्ता पूँजी पुयाएको छ । सरकारको लगानीमा उच्चतम प्रतिफल दिने यो अग्रणी संस्था हो । यसले सरकारलाई बर्षेनी ५० देखि १६७ प्रतिशतसम्म नगद लाभांश प्रदान गर्दै आएको छ । नेप्सेको यो वित्तीय अवस्था र प्रगति निजी क्षेत्रलाई समेत ईर्ष्यालाग्दो विषय बनेको छ । विदेशीको पनि साझेदार बन्ने रहर छ ।”

संघले विश्वभर मर्जरकाे लहर, अर्थतन्त्रको आकार, पूँजी बजार संवेदनशील क्षेत्र, धेरै स्टक एक्सचेञ्ज खोल्दा हुने प्रतिस्पर्धा, धितोपत्र बोर्डसँग भएको नियमन गर्ने स्रोत साधन लगायतका कुराहरूलाई औल्याउँदै नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेको प्रस्ट्याएको छ ।

  नागरिकता बिधेयकमा कडा- राष्ट्रपती  संविधानसम्मत कदम चाल्छु

0

नागरिकता विधेयकलाई लिएर सत्ता गठबन्धनसँग रुष्ट राष्ट्रपति विद्या भण्डारीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग बिहीबार दिउँसो शीतल निवास बोलाइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको गठबन्धन शीर्ष बैठक छाडेर यादव नजिकै शीतल निवास पुगेका थिए ।

उच्च स्रोतका अनुसार भण्डारीले आफ्नो सुझाव लत्याउँदै हुबहु विधेयक सदर गराएकामा गठबन्धनप्रति रोष पोखेकी थिइन् । विधेयकमा रहेका कतिपय प्रावधान जति बहुमतले पारित गरे पनि गलत नै रहेको भण्डारीको तर्क थियो । ‘फेरि प्रमाणीकरणका लागि आएको छ, तर मैले यत्तिकै हेर्ने कुरा हुँदैन,’ भण्डारीको भनाइ उद्धृत गर्दै यादवले गठबन्धनका शीर्ष नेताहरुसँग सुनाएका थिए, ‘मैले संविधानकै सीमाभित्र रहेर केही गर्छु, त्यसलाई अदालतले पनि केही भन्ने ठाउँ हुँदैन ।’