Home Blog Page 242

घोराही सिमेन्टमा पर्यो करिब पौने ७ लाख आवेदन, साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड

0

घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको अन्तिम दिनसम्म साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। तर, ठूलो परिमाणमा फर्जी आवेदन परेपछि असार ४ गते नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्ने भन्दै स्थगित गरेको थियो। तर, पछि फेरि धितोपत्र बोर्डले यो आईपीओको निष्कासन प्रक्रिया फुकुवा गरेको थियो।

धितोपत्र बोर्डले फुकुवा गरेसँगै कम्पनीले गत असार २२ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो।

सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन, दुर्घटनाको सङ्का

0

मनाङ एयरको सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको हेलिकोप्टर एकाएक सम्पर्कविहीन बनेको छ।

हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा पहाड क्षेत्रबाट सम्पर्कविहीन बनेको हो। बेपत्ता हेलिकोप्टर ५ विदेशी र एक नेपाली रहेका छन्। हेलिकोप्टर पाइलट टेकबहादुर गुरुङ रहेका छन्।

सम्पर्कविहीन बनेको हेलिकोप्टरको खोजीका लागि प्रहरी परिचालन गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले भने। ‘अहिलेसम्म हेलिकोप्टरको अवस्थाबारे जानकारी प्राप्त भएको छैन’, उनले भने।

हेलिकप्टर संपर्क बिहिन भएसी बिभिन्न अडकलबाजीहारु सुरु भएका छन ।

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. २० अर्ब निक्षेप

0

बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब निक्षेप थप भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रुपैयाँ थियो।

असार २४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ८२.०३ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८२.३१ प्रतिशत थियो।

अन्तरबैंक ब्याजर १.३६ प्रतिशतमा झरेको छ। अघिल्लो दिन असार २३ गते अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत थियो।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

0

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्काशन खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेर आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेकाे थियो ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरिसकिएकाे छ ।

५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ र २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता सेयरका लागि आईपीओ निष्काशन हुन लागेको हो।

यो आइपिओमा न्यूनतम -१० कित्ता देखी अधिकतम -१००० कित्तासम्म आबेदन दिन सकिनेछ ।

यसमा छिटोमा असार २९ गते र सो अवधिमा माग बमोजिम आवेदन नपरे भने ढिलोमा साउन ९ गतेसम्म आबेदन दिन सकिनेछ ।

सामान्य अङ्कले घट्यो सेयर बजार

0

आज बजार सामान्य अङ्कले घटेको छ । आज ३. ४५ अङ्कले बढ्दै बजार २०७४ अङ्कमा बन्द भएको छ ।

३ अर्ब उनानसी करोड भन्दा बढीको कारोबार भएको छ ।

आज १०१ कम्पनिको मुल्य बढेको छ भने ११२ कम्पनिको मुल्य घटेको छ । त्य्सतै ११ कम्पनिको मुल्य पारीबर्तन भएको छैन ।

रावा ईनर्जी डिभलप्मेन्टको सर्किट लेभलमा कारोबार भएको गुहेस्वरी फाइनान्स ,स्वेत गंगा हाइड्रो , अरुण काभेली हाइड्रो लगायतका कम्पनिले सर्बाधिक कमाएका छन भने हिमालयन हाइड्रो ,सिटी होटल , सुपर माइ हाइड्रो आदिले सर्बाधिक गुमाएका छन ।

देशभरका सरकारी खाता एक सातासम्म भुक्तानी नहुनेगरी रोक्का

0

 देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो। 

महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गए राति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए। उनका अनुसार गएरातिदेखि कुनै पनि रकम भुक्तानी लिन पाइने छैन। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन।  

राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक आज पनि साटिन सक्नेछन्। तर कानुनअनुसार सोमबारदेखि नयाँ चेक जारी गर्न भने नपाइने सूचना अधिकारी खनालले बताए।

– RSS

देशको शोधनान्तर स्थिति २२९ अर्बले बचतमा

0

नेपालको शोधनान्तर स्थिति २ अर्ब २९ करोड रुपैयाँले बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थितिको बचत एक महिनाको अवधिमै १४ अर्ब ३१ करोडले थप भएको छ । वैशाखसम्म २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति जेठ मसान्तसम्म पुग्दा २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति २ अर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा शोधनान्तर स्थिति अमरिकी डलरमा २ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

पूँजीगत ट्रान्सफर अहिले ७ अर्ब ३५ करोड रुपैयाँ भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २२.५ प्रतिशत कम हो । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ बराबरको आएको थियो ।

विदेशी विनिमय सञ्चिति झण्डै १५ खर्ब पुग्यो

0

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठसम्म रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । यो मुद्राले ११.२ महिनाको वस्तु आयात धान्न सक्ने क्षमता राख्छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवस्था बाह्य क्षेत्र व्यवस्थापनमा ‘सहज’ मानिन्छ ।

६९.४ अर्बले घाटामा देशको चालु खाता

करिब साढे ६९ अर्ब रुपैयाँले देशको चालु खाता घाटामा रहेको देखिएको छ।

आज चालु आर्थिक वर्षको ११ महिना (जेठसम्म)को नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ।

शोधनान्तर स्थिति रु.२ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ।

आईएमई लाइफको प्रिमियम मूल्यको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0

असार २१ देखि खुला भएको आईएमई लाइफ इन्स्योरेन्सले निष्काशन तथा बिक्रीको आईपीओमा आबेदन आज पाच बजे सम्म मात्र दिन सकिनेछ ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरीसकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

यो आईपीओमा आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।