Home Blog Page 238

घोराही सिमेन्टको आईपीओ बाँडफाँड

0

घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज असार ३१ गते बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री हिमालयन क्यापिटल र प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले घोराही सिमेन्टको आईपीओ बाँडफाँड गरेका हुन।

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको थियो।

यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको थियो।

यो आईपीओमा आवेदन दिने सबैले सेयर पाएका छन्। क्यापिटलका अनुसार १० कित्तादेखि ७० कित्तासम्म सेयर माग गरेका ५ लाख ५३ हजार ४४ जनालाई मागबमोजम सेयर बाँडफाँड गरिएको छ। जसअनुसार उनीहरुलाई कुल ६५ लाख ७८ हजार ७७० कित्ता बाँडफाँड गरिएको छ।

यसैगरी ८० कित्तादेखि ३० हजार कित्तासम्म सेयर माग गर्ने ४ हजार ६५७ आवेदकलाई ७० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ। उनीहरुले कुल ३ लाख २५ हजार ९९० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार ८० कित्तादेखि ३ हजार कित्तासम्म सेयर माग गर्ने तिनै आवेदनकमध्ये ६९१ जनालाई भने थप १० कित्ताका दरले ६ हजार ९१० कित्ता बाँडफाँड गरिएको छ।

बाराही हाइड्रोपावरले पायो हकप्रद निष्कासनको सहमति

0

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट सहमति पाएको छ।

आयोगले बाराही हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सहमति दिएको छ।

कम्पनीले ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मेगावाट निर्माणका लागि हकप्रद निष्कासन गर्न लागेको हो। यसका लागि साधारणसभामा हकप्रदको अजेन्डा पेस गर्न कम्पनीले आयोगमा अनुमति मागेको थियो।

आयोगले साधारणसभामा हकप्रदको अजेन्डा पेस गर्न कम्पनीलाई सहमति प्रदान गरेको हो।

नगद अनुदानले १० अर्बको फलामजन्य वस्तुको निर्यात, ईतिहास रच्यो

0

सरकारले स्टिलजन्य वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गरेसँगै चालु आर्थिक वर्षको ११ महिनामा हालसम्मकै उच्च निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागको तथ्याङ्कअनुसार ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँको ७ करोड ५६ लाख ९२ हजार केजी स्टिलजन्य वस्तु निर्यात भएको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ३ अर्ब २९ करोड २८ लाख रुपैयाँको आइरन र स्टिलजन्य वस्तु निर्यात गरेको थियो । साथै, गत वर्षमा नेपालबाट ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँको स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

नेपालले भारतमा मात्रै ९ अर्ब १६ करोड ७६ लाख रुपैयाँको ७ करोड ५२ लाख ८३ हजार केजी स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

नेपालले रोमनियामा ७ करोड २२ लाख रुपैयाँको ४ लाख ९ हजार केजी र ताइवानमा २ लाख रुपैयाँको ११ सय ५० केजी स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

सरकारले उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरु पहिचान गरी निर्यात गर्नेले ८ प्रतिशत निर्यात अनुदान पाउने व्यवस्था गरेको थियो ।

चुलिँदो ब्यापार घाटा कम गर्न र आन्तरिक उत्पादन बढाई विदेशी मुद्राको भण्डारण बलियो बनाउने उदेश्यले सरकारले निर्यातमा प्रोत्साहन गर्दै ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा चालु आर्थिक वर्षको बजेटमा गरेको थियो । उक्त बजेटमा अनुदानको व्यवस्था गरेसँगै निर्यातमा उछाल आएको छ ।

प्रिमियम मूल्यमा सिटिजन लाइफको बैदेशिक रोजगारिमा रहेका नेपालीलाई आईपीओ खुल्यो

0

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा बैदेशिक रोजगारिमा रहेका नेपालीलाई आईपीओ निष्कासन खुला भएको छ । इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रति कित्ता सेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो।

जाको ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रति सेयर १०० रुपैयाँ यस कम्पनीका कर्मचारीहरुका लागि छुटाएको छ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन २ चरणमा निस्कासन गरिनेछ।

इन्स्योरेन्सले कुल निष्काशन गर्न लागेको सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दोस्रो चरणमा खुल्नेछ।

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

धेरै वाणिज्य बैंकले साउनमा घटाए ब्याजदर

0

वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजद सार्वजनिक गरेका छन्।

केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले साउनमा लागू हुने ब्याजदर सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरेका धेरैजसो वाणिज्य बैंकहरुले घटाएर मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

मुद्दति निक्षेपतर्फ सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, कुमारी बैंक, कृषि विकास बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन्। जसअनुसार सिद्धार्थ व्यक्तिगततर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेको छ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ अधिकतम ८.९९ प्रतिशत र संस्थागततर्फ ६.९९ प्रतिशत, सानिमाले ९.५२ प्रतिशत र ७.५२ प्रतिशत तथा कुमारी बैंक र कृषि विकास बैंकले ९.५१ प्रतिशत र ७.५१ प्रतिशत तथा प्रभु बैंकले ९.५ प्रतिशत र ७.५ प्रतिशत कायम गरेको छ।

नबिल, एनएमबि, नेपाल एसबीआई र हिमालयन बैंकले असारकै ब्याजदरलाई साउनमा निरन्तरता दिएका छन्। उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत ९.९९ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत दिने भएका छन्।

यसैगरी साउनको ब्याजदर सार्वजनिक गरेका केही राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.१० प्रतिशत र व्यक्तिगत म्द्दति निक्षेपमा १०.१० प्रतिशत कायम गरेका छन्।

क्षेत्रीयस्तरका विकास बैंकल संस्थागत मुद्दति निक्षेपमा साउनमा घटाएर क्रमशः ८.३५ प्रतिशत र १०.६५ प्रतिशत दिने भएका छन्।

फाइनान्सहरुले मुद्दति निक्षेपमा अधिकतममा संस्थागततर्फ ८.७० प्रतिशत र व्यक्तिगततर्फ १०.७० प्रतिशत कायम गरेका छन्।

नेटवर्थ ६ रुपैया भएको कम्पनिको बजारमा १९० रुपैयामा कारोबार, के हेर्छन लगानिकर्ता -फस्नुहोला है

बजारमा एउटा यस्तो हाइड्रोपावर कम्पनी छ । जुन कम्पनी घाटामा हैन महाघाटामा छ तर लगानिकर्तालाई थाहा छैन सायद । त्यसैले महँगोमा खरिदबिक्री भईरहेको छ बजारमा यो कम्पनिको सेयर । त्यो कम्पनिको नाम हो दिव्यसवरी हाइड्रोपावर लिमिटेड (DHPL) ।

उक्त कम्पनिको बुक भ्यालु अर्थात नेटवर्थ ६.७३ रुपैया रहेको छ । त्यो भनेको अहिले नेप्सेमा कारोबार भईरहेको कम्पनी मध्ये सबैभन्दा झन्डिमार कम्पनीको रुपमा ठुला लगानीकर्ताले ठान्दछन ।। यो कम्पनी कारोबर भईरहेको कम्पनिमध्ये सबै भन्दा बढी घाटामा रहेको कम्पनी हो भनेर मान्दा गलत हुँदैन ।

उक्त कम्पनीको सबै सम्पतीमा सबै ॠण घटाऊदा ६.७३ रुपैया प्रतिसेयर मात्र बाँकी हुन्छ ।

यो कम्पनिको चुक्ता पुजी २६ करोड ४० लाख हो भने रिजर्भ २४ करोड ६२ लाख घाटामा रहेको छ ।यसले कम्पनिको सबै सम्पत्ति स्वाहा यानिकी बालुवामा पानी हुन लागेको देखिन्छ ।

यो कम्पनिको प्रतिसेयर आम्दानी माइनस ११. ८२ रहेको छ । यस्ता कम्पनीहरु अन्तरास्ट्रिय बजारमा १५ -२० रुपैया हाराहारी कारोबार हुने अनुमान गरिन्छ ।

नोट : यो बाइसेल रेकोमेन्डेसन होइन । स्टक मार्केट जोखिमको बजार हो । खरिद बिक्री गर्नु अघी अध्ययन अनुसन्धान गर्नुहोला ।

सिंगटी हाइड्रोले १००% हकप्रद जारी गर्न सेबोनसँग माग्यो अनुमति

0

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

सिंगटी हाइड्रोले असार २७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै निवेदन दिएको छ। 

सेबोनले अनुमति दिएमा कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्नेछ।

नेसनल हाइड्रोपावरको ५०% हकप्रदमा आवेदन खुला

0

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २९ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको छ।

कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन पाउनेछन्।

यो हकप्रदको निष्कासन बन्द साउन १८ गते बैंकिङ समयपछि हुनेछ। हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रभु-महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट

0

 मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्। 

मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। 
दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता र गत जेठ ३ गते अन्तिम सम्झौता भएको थियो। 

सप्तकोशीमा खस्यो ट्रक, पौडी खेलेर बाँचे तीन जना

0

आज बिहान कोशी ब्यारेजको पुलमा यात्रुवाहक बस र ट्रक जुधेर ट्रक सप्तकोशीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईका अनुसार शुक्रबार बिहान ७:४५ बजे मे १ ख १७६५ नम्बरको बससँग ठक्कर खाएको मे १ ख ३००७ नम्बरको ट्रक पुलको बार भत्काएर सप्तकोशीमा खसेको हो।

ट्रकमा सवार तीन जनालाई तत्काल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा ट्रकका चालक बागमती नगरपालिका-९, सर्लाहीका २४ वर्षीय दिनेश खत्री, ट्रकमा सवार कन्काई नगरपालिका झापाका भोला दाहाल र भारतीय नागरिक २४ वर्षीय उमेश राजपुत छन्।

‘उहाँहरू पौडी खेल्न जान्न हुँदो रहेछ त्यसकारण उद्धार गर्न सम्भव भयो,’ डिएसपी राईले भने।