Home Blog Page 167

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ११% नगद लाभांश घोषणा

0

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको माघ २१ गते आइतबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट चुक्तापूँजीको ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा सबै नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ । यो हिसाबले ३० करोड ८७ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको निर्णय भएको हो ।

नगद लाभांशको प्रस्तावसहित कम्पनीले आर्थिक वर्ष २०७९-८० को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ ।

प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।

चिलिमे हाईड्रोको नाफा १५.४९% ले घट्यो

0

चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडको आम्दानी घट्दा मुनाफा पनी घट्न गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ६१ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३.८५ प्रतिशतले कम हो ।

अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ६२ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको वित्त आय १०.१५ प्रतिशतले घट्दै ८ करोड २० लाख रुपैयाँ मात्र भएको छ । आम्दानी घट्दा कम्पनीको मुनाफा समेत घटेको छ । समीक्षा अवधिसम्म कम्पनीले ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको ४० करोड १२ लाख रुपैयाँको तुलनामा ५.५० प्रतिशतले कम हो । कम्पनीको सञ्चित नाफा १५.४९ प्रतिशतले घट्दै २ अर्ब ५३ करोड भएको छ ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीको बैंक मौज्जाद न्यून हुँदा र ब्याजदरमा पनि कमी आएकाले कम्पनीको ब्याज आम्दानी १ करोड ६४ लाख अर्थात १६.६९ प्रतिशतले घटेको छ ।

मिर्मिरे लघुवित्तद्वारा साधारण सभा आह्वान, के छन् मुख्य अजेन्डा ?

0

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १३ औं वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आगामी फागुन १४ गते सोमबारका दिन काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ।व २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

यस्तै संस्थागत समूहका ४ जना र सर्वसाधारण समूहको २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन ४ गते गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

0

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आगामी फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार कित्ता भएको १० वर्षे अवधिको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात २४ लाख २४ हजार इकाइ व्यक्तिगत तवरबाट(५ प्रतिशत अर्थात ८० हजार ८ सय इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) र बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १५ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

एनएमबी लघुवित्तको घाटा ६ करोड बढी

0

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ बढी घाटा व्यहोरेको हो ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्था १३ लाख ५३ हजार रुपैयाँ नाफामा थियो ।

संस्थाको खुद ब्याज आम्दानी २६.०७ प्रतिशतले घट्दै २९ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ४० करोड २० लाख रुपैयाँ थियो ।

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ६३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवसम्म १ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब ४१ करोड मात्रै निक्षेप संकलन गरेको छ ।

संस्थाको बर्जा प्रवाह समेत २.७८ प्रतिशतले घट्दै ४ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ ।

संस्थाको खराब कर्जा अनुपात बढेर ७.८५ प्रतिशत पुगेको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ४.९४ प्रतिशत कायम थियो ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१८.७३ रुपैयाँ ऋणात्मक,मूल्य आम्दानी अनुपात २९.६५ गुणा ऋणात्मक,प्रतिसेयर नेटवर्थ १२९.९५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३१.८७ रुपैयाँ र तरलता अनुपात ९.३५ गुणा कायम भएको छ ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

0

कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २८ हजार ११ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

सूर्य ज्योति लाइफको नाफा ६४.९९% ले बढ्यो

0

सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्ममा ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५९.७२ प्रतिशतले बढी हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ७६ करोड ७० लाख रुपैयाँमा सीमित थियो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ११ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा वृद्धि भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी २३ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ६४.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १४ करोड ५२ लाख ३२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

कम्पनीको कुल खर्च ५ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च ३ अर्ब ३० करोड ४५ लाख रुपैयाँ थियो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आवको तुलनामा २६.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषको आकार २४ अर्ब ९ करोड रुपैयाँबराबरको थियो ।

सिद्धार्थ बैंकको २.४० लाख कित्ता सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनीको सचिवालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना

0

पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ ।
विशेष अदालतले आइतबार तामाङमाथि कैद सजाय र जरीवाना सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँव, सदस्यहरु तेजनारायण सिंह(राई) र मुरारीबाबु श्रेष्ठको इजलासले गत माघ ७ गते कसुर ठहर भएका तामाङलाई तीन वर्ष कैदको सजाय सुनाएको हो ।

इजलासले प्रतिवादी बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ समेत कायम गरिदिएको छ ।

अदालतले इच्छाराजकी श्रीमती सिर्जना शाक्यलाई समेत १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ बिगो भराउन आदेश दिएको छ । शाक्यलाई १ वर्ष ६ महिनाको कैद सजाय पनि सुनाएको छ ।

सोही प्रकरणका अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय तथा २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने फैसला सुनाइएको छ ।

विशेष अदालतले इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला सुनाएको छ ।

सोनापुर मिनरल्सका सेयरधनीको हात खाली, साधारणसभा माघ २६मा हुँने

सोनापुर मिनरल्स एन्ड आयलले १६ औं वार्षिक साधारणसभा आगामी माघ २६ गते गर्ने भएको छ ।

कम्पनीको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभा दाङको घोराही–१५ स्थित होटल माला इनमा बिहान १० बजेबाट सुरु हुनेछ।

कम्पनीले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव भने गरेको छैन त्यसैले यो बर्ष सेयरधनिको हात खाली हुनेछ ।

उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।

सभाले कम्पनीको आधारभूत सेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग तथा अन्य कारोबार विवरणलाई अनुमोदन गर्दै प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले उद्देश्य थप गर्ने तथा कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि आगामी माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।