Home Blog Page 165

माथिल्लो मैलुङ खोलाको घाटा १४.११% ले कम

0

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको घाटामा १४.११ प्रतिशतले कमी भएको छ । कम्पनी गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९२ लाख ४७ हजार रुपैयाँ घाटामा रहेकोमा चालु आवको समीक्षा अवधिसम्म त्यसलाई घटाएर ७८ लाख ४२ हजार बनाएको छ ।

कम्पनीको आम्दानीमा २६.१९ प्रतिशतले कमी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २६ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीको आम्दानी घटेर १९ करोड २७ लाख रुपैयाँ भएको छ । कम्पनीको वित्त आम्दानी ४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ६० लाख रुपैयाँले ऋणात्मक र रिर्जभको आकार ४ लाख २८ हजार रुपैयाँबराबरको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ०.९६ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९४.३४ रुपैयाँ कायम भएको छ ।

५७.६२ लाख घाटामा रहेको मोलुङ हाईड्रोपावरले ४५.७६ लाख नाफा कमायो

0

रहेको मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५७ लाख ६२ हजार रुपैयाँ घाटामा थियो । तर चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म ४५ लाख बढी नाफा कमाउन सफल भएको छ ।

घाटाबाट कम्पनी ४५ लाख ७६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । तर अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ४ करोड १२ लाख कमाएको कम्पनीले चालु आवको दोस्रौ त्रैमाससम्म ३ करोड ८४ लाख मात्रै कमाएको देखिन्छ ।

कम्पनीको कर्मचारी खर्च ४८.५० प्रतिशतले बढेर २९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । प्रशासनिक खर्च भने ३१ लाख ७५ हजारबाट घटेर १० लाख ३८ हजारमा सीमित भएको छ ।

कम्पनीको रिटेन्ड अर्निङ १६ करोड २१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन ऋण दायित्व ५८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८६९.८१ गुणा कायम भएको छ ।

नेरुडे लघुवित्तको नाफा ६२ प्रतिसतले घट्यो, रिटेन्ड अर्निङ ५.१९ करोड रुपैयाँले ऋणात्मक

0

नेरुडे लघुवित्तको नाफा ६२ प्रतिसतले घटेको छ । कम्पनिले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ४८ लाख रुपैयाँ मुनाफा कमाएको छ । जुन अघिल्लो आवको ६ करोड ५७ लाखको तुलनामा ६२.२५ प्रतिशतले कम हो । खराब कर्जा अनुपात,इम्पेयरमेन्ट चार्ज र खुद ब्याज आम्दानी घटेको कारण नाफा प्रभाबित भएको हो ।

कम्पनिको खराब कर्जा अनुपात ४.८९ प्रतिशतबाट बढेर ८.८३ प्रतिशत पुगेको छ । खराब कर्जा अनुपात बढेसँगै संस्थाले इम्पेयरमेन्ट चार्ज ७ करोड ५७ लाख पुर्याएको छ ।

समीक्षा अवधिसम्म कम्पनिको खुद ब्याज आम्दानी २.३१ प्रतिशतले घटेर ७० करोड ८२ लाख भएको छ । संस्थाले ३ अर्ब ४१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।

यस्तै कम्पनिले १० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको रिटेन्ड अर्निङ ५ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहदा रिजर्भ भने ६४ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनिको प्रतिसेयर आम्दानी ६.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५८३.८६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८८.८१ गुणा र तरलता अनुपात १९.३० गुणा कायम भएको छ ।

सानिमा माई हाईड्रोपावरको नाफा ३.३९% ले बढ्यो

0

सानिमा माई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्हपनीले ३२ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी अघिल्लो आवको सोहि अवधिको तुलनामा १.१३ प्रतिशतले कम अर्थात ४९ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीके वित्त आम्दानी १९.३४ प्रतिशतले बढ्दै २ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ३८ करोड १८ लाख बाट घटेर ३६ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ८ करोड ७८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ४० करोड र अन्य रिजर्भ १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.८२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८९.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.५६ गुणा कायम भएको छ ।

अकामा होटलले आईपीओ निष्कासन गर्दै, बोलायो विशेष साधारण सभा

0

अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २४ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा धुम्बाराही काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजे आयोजना हुनेछ ।

उक्त विशेष सभामा कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको हाल कायम रहेको अंकित मूल्य रु.१०० को सेयर पूँजीलाई अंकित मूल्य रु.५० मा विभाजन गर्ने प्रस्ताव पारित गरिनेछ साथै सर्वसाधारणलाई सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

नेपाल लाइफ इन्स्योरेन्सको नाफा रु.४२.७७ करोड

0

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्ममा १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७.१३ प्रतिशतले धेरै हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा यो रकम ६ अर्ब ५४ करोड ५८ लाख रुपैयाँमा सीमित थियो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०.८८ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ थियो।

दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १२.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल खर्च बढेको छ।

कम्पनीको खर्च २७ अर्ब २९ करोड ५९ लाख रहेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च २४ अर्ब ८८ करोड ३० लाख रुपैयाँ थियो। कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १०.४२ रुपैयाँ, पीई अनुपात ६२.८६ गुणा र प्रतिसेयर नेटवर्थ १२८.०१ रुपैयाँ रहेको छ ।

लगातार २ दिन बढेको बजार अब कता जाला ?(प्राविधिक विश्लेषण)

0

नेप्से आज करिब १० अंकले बढेर २०८५ को विन्दुमा बन्द भएको छ ।

नेप्से बढेसङै कारोबार रकम पनि सामान्य बढेको छ । प्राविधिक रुपमा एकघण्टाको समयअवधिमा हेर्दा आजको बजार बोलिङ्गरको मध्यब्यान्ड भन्दा माथि बन्द भएको छ ।

सोही टाइमफ्रेममा म्याक्डीमार्फत हेर्दा बजारमा बुलिस क्रसओभर बनेको देख्न सकिन्छ । साथै आरएसआईमार्फलाई हेर्दा ओभरसोल्ड जोन ३० बाट फर्केर न्यूट्रल जोन ५० मा बजार पुगेको छ ।

बजारलाई डेली बेसमा हेर्दा यदि बजार २१०४ भन्दा माथि माथि टिकेर कारोबार भएमा बजारले माथि जान सक्ने देखिन्छ ।

बजारका लागि पिभट प्वाइन्ट २०८८ ले प्रतिरोधको काम गरेको देखिन्छ ।

त्यस्तै, बजार बढेमा २११० मा पहिलो, २१५५ मा दोश्रो र २१७८ मा प्रतिरोध रहेको देखिन्छ ।

त्यसैगरी बजार घटेमा २०४३, २०१८ र १९७५ मा क्रमस पहिलो , दोश्रो र तेश्रो सपोर्ट रहेको देखिन्छ ।

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)

‘हिमालयन रि’ले उठाएको प्रिमियम रकमबारे आज अन्तिम सुनुवाईं हुँदै , प्रिमियम रकम फिर्ता हुनसक्ने !

अहिले चर्चामा रहेको हिमालय रि इन्स्योरेन्सले आईपीओ मार्फत गैरकानूनी ढंगले प्रिमियम रकम उठाएको भन्दै परेको मुद्दाको सुनुवाई आज बुधवार पुनः हुन गईरहेको छ ।
२०८० साल मंसिर ८ गते दायर भएको रिटमा पटकपटक उच्च अदालत पाटनमा बहस भएको भएपनी अन्तिम टुङ्गो लाग्न सकेको छैन ।

बिमा कम्पनिले अङ्कित मुल्य रु १०० मा नै आइपिओ जारी गर्नु पर्ने नियम भएपनी बिमा प्राधिकरण र धितोपत्र बोर्डको मिलेमतोमा कानुन बिपरित प्रिमियममा आइपिओ जारी गरेको भन्दै प्रिमियम आइपिओ बिरुद्ध मुद्धा परेको थियो ।

यसअघि पहिलोपटक छलफलका लागि दुवै पक्षलाई बोलाइएको थियो भने दोस्रो पटक अन्तरिम आदेश दिन अस्वीकार गरिएको थियो ।

तेस्रोपटक हिमालयन रिको तर्फबाट सम्भावित सुनुवाई स्थगन गरिएको थियो । चौथोपटक भने ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।

यसअघि न्यायाधीश नै दोहोरिएका र न्यायाधीशविरुद्ध नै न्याय परिषदमा उजुरी परेर चौथोपटक पनि ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।

अब पाँचौ पटक बुधबार पुनः रिटको विषयमा सुनुवाई हुने गईरहेको छ ।

बीमा ऐनको दफा २५ को उपदफा ५ अनुसार बीमा कम्पनीको सेयर निश्कासन अंकित मूल्य एकसय रुपैयाँमा नै हुनुपर्ने नियम भएको भन्दै लगानिकर्ताहरु बिमा कम्पनिको प्रिमियम आइपिओको बिरोध गरिरहेका छन । यदी सोही कुरा अदालतले ठहर गरेमा यस कम्पनिले लगानिकर्ताको ३ अर्बभन्दा बढी पैसा फिर्ता दिनुपर्ने हुन्छ ।

लगानीकर्ताहरुको तर्फबाट यमप्रसाद भट्टराई र अधविक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा हिमालयन रि इन्स्योरेन्सले गैरकानूनी ढंगले प्रिमियममा आईपीओ बेचेको भन्दै त्यसविरुद्ध रिट दायर गरेका थिए ।

विद्यमान ऐनविपरीत हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियममा आईपीओ जारी गर्न दिइएको र यसमा नियामकहरुको समेत मिलीभगत रहेको दाबी गर्दै रिट दायर गरिएको हो ।

रिटमा पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड, खुमलटार, धितोपत्र बोर्डको सञ्चालक समिति बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्राधिकरणको सञ्चालक समितिलाई समेत विपक्षी बनाइएको छ ।

कम्पनीले अंकति मूल्य १०० दरमा १०६ प्रिमियम जोडी प्रतिकित्ता २०६ रुपैयाँको दरले करिब तीनकरोड कित्ता सेयरको बिक्री खुलाएको थियो ।

हिमालयन रिलाई प्रिमियममा आईपीओ निश्कासन गर्न दिंदा नियामक निकायका प्रमुखलाई नै आर्थीक प्रलोभनमा पारी प्रिमियममा आइपिओ जारी गरेको आरोप लागिरहेको छ । बिमा कम्पनिको प्रिमियम आइपिओ रोक्नुपर्ने आवाज चर्को रुपमा उठिरहदा पनि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सञ्चालक समितिमा हस्तक्षेप गर्दै प्रिमियममै आईपीओ निश्कासनको निर्णय गराएकाले प्रकरणमा निकै ठूलो आर्थिक लाभ लिएको आरोप समेत हमाललाई लागेको छ । यि र यस्तै कारणले हमाललाई छानबिनको दाँयरामा ल्याउन र सम्पत्ति छानबिन गर्न निर्देशन समेत जारी भईसकेको छ ।

अदालतले आज यस बिषयमा जे निर्णय गर्छ त्यसले ठुलो महत्व राख्नेछ । यदी प्रिमियम रकम गलत ठहर गरेको खन्डमा अरु बिमा कम्पनिले उठाएको प्रिमियम बापतको रकम समेत फिर्ता गर्नु पर्ने गरी नजिर बस्ने छ । यदी यसो भएमा लगानिकर्ताकू अङ्कित मुल्य १०० भन्दा माथिको रकम कम्पनिले फिर्ता गर्नु पर्ने छ ।

नौ अङ्कले बढ्यो नेप्से

0

नेप्से आज नौ अङ्कले बढेको छ ।

गत वर्षको तुलनामा महङ्गी घट्यो

0

अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्षको मुद्रास्फिति कम देखिएको छ । मंसिरको तुलनामा भने पुसमा बढेको देखिन्छ । मंसिरसम्ममा ४.९५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति पुसमा बढेर ५.२६ प्रतिशत पुगेको हो । नेपाल राष्टबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

२०८० पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ ।

वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दवाब पर्न गएको छ ।