प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य वृद्धि

spot_imgspot_imgspot_img

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन उल्लेखनीय रूपमा बढेको छ । कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको ३ अर्ब ४९ करोड रुपैयाँको तुलनामा १८.८९ प्रतिशतले बढी हो ।

त्यस्तै कम्पनीको कुल आम्दानी ४ अर्ब ५४ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । साथै कुल खर्च पनि ४ अर्ब २६ करोड रुपैयाँबाट बढेर ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको महाविपत्ती कोष १३ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ ३३ करोड २१ लाख रुपैयाँ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ तथा पीई अनुपात ६९.७६ गुणा कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here