हिमालय उर्जा विकासको नाफा ६९% ले बढ्यो

spot_imgspot_imgspot_img

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.४९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल आम्दानी पनि वृद्धि भएको छ । समीक्षा अवधिसम्म कम्पनीले ३४ करोड ५९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३२ करोड ३७ लाख रुपैयाँको तुलनामा ६.८५ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको रोयल्टी खर्च ६९ लाख १७ हजार रुपैयाँ पुगेको छ । साथै प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च ४ करोड ११ लाख रुपैयाँबाट बढेर ७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

यद्यपि कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो वर्ष १३ करोड ९० लाख रुपैयाँ रहेको वित्त खर्च घटेर ९ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भ १२ करोड ७७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २८ करोड रुपैयाँ तथा कुल चालु दायित्व ८७ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३.५५ रुपैयाँ तथा प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७९.८५ रुपैयाँ कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here