काठमाडौं । United Modi Hydropower Limited को १२औं वार्षिक साधारणसभा आज काठमाडौंको कालिमाटीस्थित एक ब्याङ्क्वेटमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष Nabin Silwal को अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्षका लागि कुल ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको हो।
पारित लाभांशअन्तर्गत ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
सभाबाट सञ्चालक समितिको सदस्यमा Renuka Pandey र Prapti Adhikari निर्वाचित भएका छन्। साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ।
त्यसैगरी, सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू स्वीकृत गरेको छ। लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसमेत गरिएको छ।
सभाले भविष्यमा अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्न आवश्यक परे सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरेको छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीलाई अन्य कम्पनीहरूमा लगानी गर्न सहज बनाउन होल्डिङ कम्पनीको रूपमा विकास गर्ने उद्देश्यसहित नाम परिवर्तन गर्ने तथा सोहीअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ। साथै, जारी पूँजी वृद्धि गर्ने, हकप्रद सेयर जारी गर्ने तथा सम्बन्धित नियामक निकायहरूमा आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गरिएको छ।
सभामा सहभागी सेयरधनीहरूले कम्पनीले दिएको प्रतिफलको स्वागत गर्दै आगामी आर्थिक वर्षमा पनि निरन्तर लाभांश वितरण गर्न व्यवस्थापनलाई आग्रह गरेका छन्।
कम्पनीले Kushma Municipality–८, Parbat District मा १० मेगावाट क्षमताको ‘तल्लो मोदी–१’ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसले २०६९ मंसिर ९ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।




