काठमाडौं । विङ्ग नेपाली वेलनेश जोनको औषधि शाखा उद्घाटन गरिएको छ। उक्त शाखाको उद्घाटन पर्सा–४ का माननीय टेकबहादुर शाक्यद्वारा सम्पन्न भएको हो।
आरोग्यता केन्द्रमा हर्बल तथा आयुर्वेदिक उत्पादन एवं औषधिहरू उपलब्ध रहेको केन्द्रले जनाएको छ। साथै, Patanjali Ayurved का उत्पादन तथा National Herbs का विभिन्न उत्पादनहरू पनि उपलब्ध रहेका छन्।
धुम्बाराहीस्थित HAMS Hospital सँगै अवस्थित यस आरोग्यता केन्द्रले शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्य सुधारका लागि विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ।
केन्द्रमा योगा, सौर्य स्नान, वाष्प स्नान, शिरोधारा, अभ्यङ्ग मसाज थेरापी, एक्युप्रेसर विधि, कपिङ्ग थेरापी, कटिवस्ती, जानु वस्ती तथा ग्रीवा वस्ती लगायतका सेवाहरू उपलब्ध रहेका छन्।
केन्द्रले “रोग लागेर अस्पताल जानुभन्दा रोग लाग्नै नदिन आरोग्यता केन्द्र जाऔँ” भन्ने सन्देशसहित स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेको छ।




