Home Blog Page 80

कुमारी बैंकले साधारण सभा बोलायो

0

कुमारी बैंक लिमिटेडले आफ्नो २४ औंं वासर्षक साधारण सभा आह्वान गरेको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी माघ २१ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनिको हात खाली, कम्पनिले लाभांश नदिने

0

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपटक आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेको हो।

बैठकमा २०८१ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, र सम्बन्धित अनुसूचीहरू समेटिएका वित्तीय विवरणहरू पारित गरिएको थियो। ती विवरणका आधारमा लाभांश वितरण नगर्ने निर्णय गरिएको छ।

सञ्चालक समितिले पारित गरेका वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारण सभा प्रयोजनका लागि सार्वजनिक गरिने संस्थाले जनाएको छ।

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ जारी गर्ने, कसले आवेदन दिन मिल्छ ?

0

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी माघ ८ गतेदेखि आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत २२ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृत नेपाली नागरिकहरूको लागि निष्कासन गर्न लागेको हो। यस सेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।

त्यस्तै, कम्पनीले ३ प्रतिशत अर्थात ६७,५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूको लागि, र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि उपलब्ध गराइनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिनका लागि धितोपत्र बोर्डबाट स्वीकृत भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू, साथै मेरो सेयर अनलाइन प्लेटफर्मको प्रयोग गर्न सक्नेछन्।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले लिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो कुल जारी पूँजीको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको, १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न पुस २५ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो।

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

0

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो ।

कम्पनीका सेयरधनीहरुले गत आवको सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश पाउने छन् ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१ प्रतिसत लाभांश घोषणा

0

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ३८८ औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले कम्पनीको आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन अनुमति पायो

0

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आइपीओ) को सार्वजनिक निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्सलाई सेयर निष्कासन गर्न पुस २५ गते अनुमति दिएको हो।

यससङ्गै आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक बनेको छ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २ २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक समूहको ३ लाख २५८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

यो सेयर संस्थापक सेयरधनीसहित सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले बताएको छ।

सेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको बाघदरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा निवेदन दिनु पर्नेछ।

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न मिल्ने

0

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी दिलिप घलेको नाममा रहेकको उक्त सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न इच्छुकले माघ ११ गतेभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

यसअघि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

सप्तकोशी डेभलपमेन्ट बैंकले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २२ हजार ८६० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि माघ ३० गतेभित्र विराटनगरमा रहेको बैंकको कर्पोरेट कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्रीको प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

महिला लघुवित्तले लाभांश नदिने

0

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आवका लागि लाभांश नदिने निर्णय गर्दै सेयरधनीलाई निराश बनाएको हो ।

संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार अपरान्ह ३.३० बजे बसेको ९२ औं बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले संस्थाको आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरु स्वीकृत गरी २०८१ असार मसान्तसम्म वितरण योग्य मुनाफालाई सञ्चित गरी आव २०८०/८१ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वार्षिक वित्तीय विवरणहरु साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।