Home Blog Page 41

बैंकर र व्यवसायी छुट्याउनुपर्छ: आर्थिक अनुशासनको पहिलो आधार

लेख:

नेपालको आर्थिक संरचना परिवर्तनशील चरणमा छ। विशेषतः बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०७१ मा संशोधन गर्न लागिएको सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दिएको चेतावनी — “बैंकबाट व्यवसायी छुट्याउँदा भूकम्प आउन सक्छ” — ले बहसको नयाँ आयाम जन्माएको छ।

गभर्नर पौडेलको भनाइको मूल सन्देश भनेको, बैंक र व्यवसायीबीचको सम्बन्धलाई स्पष्ट, पारदर्शी र विवेकसम्मत बनाउनु आवश्यक छ। वर्तमानमा, बैंकमा उल्लेख्य स्वामित्व राख्ने वा प्रत्यक्ष प्रभाव राख्ने व्यक्तिहरूले कर्जा प्रवाह, नीतिगत निर्णय तथा वित्तीय अनुशासनमा अस्वस्थ हस्तक्षेप गर्न सक्ने जोखिम रहन्छ।

किन छुट्याउनुपर्छ व्यवसायी र बैंकर?

१. हितको द्वन्द्व (Conflict of Interest):
एउटै व्यक्ति वा समूह बैंकको सञ्चालक र ऋणी दुवै हुँदा निष्पक्ष कर्जा प्रवाह असम्भव हुन्छ। यसले गैर–निष्पादन ऋण (NPL) बढ्ने सम्भावना ल्याउँछ।

  1. स्वार्थले निर्देशित निर्णयहरू:
    नियामक ढाँचा नहुदाँ, निजी फाइदाका लागि बैंकको स्रोत प्रयोग हुने सम्भावना हुन्छ। यसले आम जनताको निक्षेप र विश्वास गुमाउने खतरा बढाउँछ।
  2. अर्थतन्त्रमा असन्तुलन:
    ठूलो समुहले धेरै कर्जा लिएर भुक्तानी गर्न नसक्दा सम्पूर्ण वित्तीय प्रणाली संकटमा पर्न सक्छ। २००८ को विश्वव्यापी आर्थिक संकट यस्तो संरचनात्मक कमजोरीकै परिणाम थियो।
  3. राष्ट्र बैंकको नियमन कमजोर पार्ने प्रयास:
    संस्थागत स्वायत्तता र पारदर्शिता कायम गर्न व्यवसायी र बैंकरबीचको स्पष्ट विभाजन अपरिहार्य छ।

नयाँ कानुनी संरचनाको आवश्यकता

बाफिया ऐनको संशोधनले अब स्पष्ट पार्नुपर्छ — कति प्रतिशत स्वामित्व भएका व्यक्ति बैंकको बोर्ड सदस्य बन्न सक्छन्? उनीहरूलाई कस्तो खालको कर्जा दिइन सक्छ? डिजिटल बैंक, क्रिप्टो करंसीज, भर्चुअल पेमेन्ट सिस्टम आदि विषयले पनि अब पुराना नियमहरूसँग मेल खाँदैनन्। नयाँ चुनौतीलाई जवाफ दिन अब कानुन नै अद्यावधिक हुनुपर्छ।

निष्कर्ष:

गभर्नर पौडेलको चेतावनी ‘भूकम्प’ को रूपमा होइन, ‘पूर्वचेतावनी’ को रूपमा लिनुपर्छ। बैंकिंग प्रणालीमाथि व्यवसायिक स्वार्थको वर्चस्व घटाउनैपर्छ। बैंकर र व्यवसायीबीच स्पष्ट र सशक्त सीमा रेखा कोर्न नसके देशले केवल वित्तीय अस्थिरता होइन, समग्र आर्थिक दिशाविहीनता भोग्नुपर्छ।

अब समय आएको छ — बैंकर र व्यवसायी अलग होऊन्। तर समृद्ध नेपालको साझा लक्ष्यमा दुबै क्षेत्र जिम्मेवार बनून्।

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले असार ३ गतेभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

यसअघि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

आईपीओमा आवेदन दिने आज अन्तिम दिन: विकाश हाईड्रोपावर र ट्रेड टावर लिमिटेडको सेयर निष्कासनमा लगानीकर्ताको चासो

काठमाडौं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेड र ट्रेड टावर लिमिटेडले जारी गरेको साधारण सेयर (आईपीओ)मा आज (जेठ २० गते) आवेदन दिने अन्तिम दिन रहेको छ।

विकाश हाईड्रोपावरको आईपीओमा उच्च चासो

विकाश हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जेठ ६ गतेदेखि १२ लाख ६३ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वेशाख १५ गते रु. १०० अंकित दरमा ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको हो।

तीन वर्गमा सेयर बाँडफाँड गरिएको छ: अति प्रभावित क्षेत्र (धार्चे गाउँपालिका वडा नं. ४ र ५) का लागि ३ लाख ६३ हजार ६४० कित्ता, अन्य प्रभावित क्षेत्र (वडा नं. १, २, ३, ६ र ७) का लागि ५ लाख ४५ हजार ४६१ कित्ता, र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर छुट्याइएको छ।

ट्रेड टावर लिमिटेडको आईपीओमा पनि अन्तिम मौका

यस्तै, ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ जारी गरेको थियो। कम्पनीले धितोपत्र बोर्डबाट चैत २५ गते ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको थियो।

यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४.६४ कित्ता र कर्मचारीका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर छुट्याइएको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

आवेदन प्रक्रिया

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार (विकाश हाइड्रोपावर) वा १ हजार (ट्रेड टावर) कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन मेरो सेयर अनलाइन प्लेटफर्म वा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट दिन सकिन्छ।

विकाश हाइड्रोपावरको बिक्री प्रबन्धक प्रभु क्यापिटल हो भने ट्रेड टावर लिमिटेडको बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ।

सानो ऋण धेरै व्यक्तिलाई, देशको समृद्धिमा टेवा पुग्छ : गभर्नर डा. विश्वनाथ पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले तल्लो वर्गका नागरिकहरूलाई लक्षित गरी ऋण प्रवाह बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। सोमबार (जेठ १९ गते) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले, ‘एकजनाले एक अर्ब ऋण पाउनुको सट्टा हजार जनाले १० लाख पाउन सके देशको समग्र विकासमा टेवा पुग्छ,’ भन्ने धारणा राखे।

उनले साना तथा कमजोर आर्थिक हैसियत भएका किसान, उपभोक्ता तथा युवा उद्यमीहरूलाई सहज ऋण सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए। गभर्नर पौडेलले भने, “तलको मान्छे माथि गयो भने माथिका मान्छेलाई स्वतः केही हुन्छ। त्यसैले तल्लो वर्गलाई माथि उठाउनुपर्छ।”

ऋणको पहुँच नपुगेर धेरै मानिसहरू पछाडि पर्नुपर्ने अवस्था आउन नदिन साना र सुलभ ऋण वितरण व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। माइक्रोफाइनान्स र सहकारी संस्था प्रणाली पनि यस्तै उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै उनले भने, “सानो ऋण खराब हुनुको कारण व्यवसाय गर्न नसिकाउनु हो, न कि ऋण लिएको हो।”

गभर्नर पौडेलले सबैभन्दा पछाडि परेका वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने राष्ट्र बैंकको नीति स्पष्ट रहेको उल्लेख गरे। उनले बर्दियामा हरिण र मृगको संख्या बढेपछि बाघ पनि बढ्ने उदाहरण दिँदै, मुलुकको आर्थिक प्रणालीमा तल्लो तह बलियो भए मात्र माथिल्लो तह सुदृढ हुने बताए।

उनले आवश्यकता परेमा अर्थतन्त्रमा असर गर्ने नीति र संरचनालाई पुनरावलोकन गरिने तथा समावेशी आर्थिक विकासलाई प्राथमिकता दिइने बताएका छन्।

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद सेयर लिलामी आवेदन म्याद जेठ २० गतेसम्म थप

काठमाडौं — दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा आवेदन दिने समयावधि जेठ २० गतेसम्म थप गरिएको छ। यसअघि अन्तिम म्याद जेठ १९ गते तोकिएको थियो।

कम्पनीले १:१ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो। यसअघि चैत १९ देखि वैशाख ८ गतेसम्म हकप्रद खुला गरिएको थियो, जसमा वैशाख १२ देखि १४ सम्म पुनः समयावधि थप गरिएको थियो।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र आवेदन सानिमा क्यापिटलको नक्साल कार्यालयका साथै विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौडा शाखाबाट पेश गर्न सकिनेछ। साथै, सानिमा बैंकका पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा तथा गरिमा विकास बैंकको बागलुङ शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ।

कम्पनीले लगानीकर्ताहरूलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित बोलपत्र पेश गर्न अनुरोध गरेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं — सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेका कुल ४०,००० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आज (जेठ १४ गते) देखि बोलपत्र प्रणालीमार्फत सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।

बैंकका अनुसार सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक आम सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन्। बिक्रीका लागि तोकिएको न्यूनतम प्रतिकित्ता मूल्य ११० रुपैयाँ रहेको छ।

बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम ४०,००० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सेयर खरिदमा रुचि राख्ने व्यक्तिहरूले आगामी जेठ २५ गतेभित्र आवेदन दिई सक्नुपर्नेछ।

बैंकले सेयर बिक्री सम्बन्धी थप जानकारीका लागि आफ्ना शाखा कार्यालयहरू वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय जेठ २० गतेसम्म थप

काठमाडौं — ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय एक सातासम्म थप गरिएको छ। कम्पनीले जेठ १४ गतेदेखि सार्वजनिक निष्कासन सुरु गरेको आईपीओमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ।

यसअघि आज (जेठ १४) अन्तिम मिति तोकिएको भए पनि आइतबार भोटो जात्राको अवसरमा सार्वजनिक बिदा परेकाले आवेदन दिने म्याद थप गरिएको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

यस अन्तर्गत, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर गत वैशाख ८ गतेदेखि २२ गतेसम्म निष्कासन गरिएको थियो।

यस्तै, ५ प्रतिशत (१ लाख ९८ हजार ५८४.६४ कित्ता) सामूहिक लगानी कोष तथा २ प्रतिशत (७९ हजार ४३३.८६ कित्ता) कम्पनीका कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा ‘मेरो सेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एलएस क्यापिटल लिमिटेड रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई ‘ICRA NP Issuer Rating Double B Minus’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिमको संकेत गर्दछ।

कम्पनीको साधारण लगानी फिर्ता हुने औसत अवधि ६.९३ वर्ष रहेको उल्लेख गरिएको छ।

२ अर्ब ५० करोड हिनामिनामा कर्णाली विकास बैंकका पूर्व अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

काठमाडौं — कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको हिनामिना प्रकरणमा बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहिया क्षेत्रबाट रायलाई पक्राउ गरेको हो। बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत उनीमाथि अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ।

२०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष रहेका राय विक्रम सम्वत २०७६ देखि २०७९ सम्म सिईओको जिम्मेवारीमा थिए। उनी विभिन्न अवधिमा सञ्चालक समितिको अध्यक्षको भूमिकामा पनि क्रियाशील थिए।

सीआईबीका अनुसार यस प्रकरणमा पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, र हालका सिईओ तथा वित्त प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको घेरामा परेका छन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बैंकमा बिनाधितो, नियमविपरीत र सम्बन्धित निकायको अनुमतिबिनै करोडौं रुपैयाँका ऋण प्रवाह, खातामा अनियमित लेनदेन, आन्तरिक लेखापरीक्षणमा हेरफेर, लगायतका विषयमा गम्भीर आर्थिक अनियमितता भएको आशंका गरेको छ।

सीआईबीले अनुसन्धानलाई तीव्र बनाउँदै थप दोषीको पहिचान र कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ।

सुवास भट्टराइको प्रस्ताव: “नेपाल स्टक एक्सचेन्जको नाम परिवर्तन गरी काठमाडौँ स्टक एक्सचेन्ज राखौँ, नयाँ स्टक एक्सचेन्जको मुख्यालय बुटवलमा राखौँ”

0

काठमाडौँ — लगानीकर्तामाझ सक्रिय रुपमा विचार प्रस्तुत गर्दै आएका सुवास चन्द्र भट्टराइले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सम्बन्धमा नयाँ सुझाव सार्वजनिक गरेका छन्।

उनको भनाइअनुसार, काठमाडौँमा सार्वजनिक बिदा हुँदा सेयर बजार पनि बन्द हुने परिपाटीले बजारको सुसञ्चालनमा बाधा पुर्‍याइरहेको छ। त्यसैले, उनी भन्छन्, “जुन बजार काठमाडौँसँग मात्र जोडिएको छ, त्यसको नाम पनि काठमाडौँ स्टक एक्सचेन्ज राख्दा फरक पर्दैन।”

भट्टराइले थप प्रस्ताव गर्दै नयाँ स्टक एक्सचेन्ज स्थापना गर्नुपर्ने धारणा राखेका छन्, जसको मुख्यालय (कर्पोरेट अफिस) बुटवलमा राख्नुपर्ने सुझाव उनले दिएका छन्। उनका अनुसार, देशको सेयर बजारलाई विकेन्द्रित गर्न यो कदम आवश्यक छ, जसले अञ्चल र प्रदेशमा आधारित वित्तीय सशक्तिकरणलाई प्रवर्द्धन गर्नेछ।

विगत केही समयदेखि दोस्रो स्टक एक्सचेन्जको आवश्यकता विषयक बहस चलिरहेका बेला भट्टराइको यो विचारले वैकल्पिक बजार विकासको दृष्टिकोणमा नयाँ धार थपेको छ। उनका अनुसार, बुटवल जस्तो औद्योगिक र व्यापारिक केन्द्रमा सेयर एक्सचेन्जको स्थापना भएमा पछाडिएको क्षेत्रलाई आर्थिक गतिशीलता प्रदान गर्न सकिन्छ।

सेयर बजारका विज्ञहरूले समेत नेपालको मौजुदा स्टक एक्सचेन्जमा केन्द्रिकृत संरचनाको आलोचना गर्दै आएका छन्। दोस्रो बजार स्थापनाको प्रक्रिया भित्रि तयारीमा रहेको बेला यसरी क्षेत्रीय सन्तुलनको माग झनै चर्किएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

0

नेपाल राष्ट्र बैंकले आज(जेठ १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज एक यूरोको खरिददर १५४.०७ रुपैयाँ र बिक्रीदर १५४.७५ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.८६ रुपैयाँ र बिक्रीदर १८४.६७ रुपैयाँ कायम छ ।

१० जापानी येनको खरिददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१७ रुपैयाँ र बिक्रीदर ३२.३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४६ रुपैयाँ र बिक्रीदर ३७.६२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.६० रुपैयाँ र बिक्रीदर ४४६.५६ रुपैयाँ कायम भएको छ ।