Home Blog Page 291

नेप्से बिस्लेषण

आज नेप्से परिसुचक २९ अङ्कले घटेको छ । हिजो ९२ अङकले बढेको नेप्से आज १.४८ प्रतिसतले घटेको हो ।
३० वटा शेयरको मुल्य बढेको छ भने १८६ वटा शेयरको मुल्य घटेको छ ।

बैन्किङ , हाइड्रो , माइक्रोफाइनान्स लगायत सबै उपसुचकमा गिरावट आएको छ ।

आजका टप Losers

TOP GAINERS

प्राबिधिक पक्ष
एमएसिडीले दिएको बाइ सिग्नल अहिले पनि भ्यालिड छ। बोल्लिङ्गर ब्यान्डबाट हेर्दा माथिल्लो ब्याण्डलाई छोएर फर्किएको छ ,यसले बजार मध्य ब्याण्डसम्मा झर्न सक्ने देखिन्छ ।आरएसआइ ५७ बाट झरेर ५३ मा पुगेको छ , यसले बजारलाई तत्कालमा साइडवेजमा रहेको सन्केत दिन्छ ।

प्रभु बैंकको नयाँ ब्याजदर प्रकाशित, कुन खातामा कति ?

0

प्रभु बैंक लिमिटेडले घटाएर नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बैशाख १ गते, शुक्रबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्रतिशत देखि अधिकतम ११.५१ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १०.९९ प्रतिशत व्याज र प्रभु उन्नति मुद्दति(रेमिट्यान्स) खातामा भने ११.५१ प्रतिशत ब्याज प्रदान गर्ने छ । बैंकले बचत खाताको न्यूनतम ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.४० प्रतिशतमा झारेको हो ।

अर्थतन्त्रप्रति अरू त्रसित हुँदा राष्ट्र बैंक ढुक्क

0

नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका छन् । तर राष्ट्र बैंकले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

अर्थतन्त्र समस्यामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न पक्षसँग छलफल गरी सुधारका लागि पहल गर्ने आश्वासन दिँदै आएका छन् । प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका थिए ।

‘आर्थिक अवस्थाका हिसाबले अहिले निकै चुनौतीपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सरकारको सम्पूर्ण तागत लगाएर अर्थतन्त्रलाई लयमा ल्याउछौं ।’ प्रधानमन्त्रीको यो अभिव्यक्तिले अर्थतन्त्र समस्यामा छ भन्ने बुझिन्छ ।

प्रधानमन्त्रीले अर्थतन्त्रका कारण दबाबको अनुभूति गरे पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने ढुक्क देखिन्छन् । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भई प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुपर्ने गभर्नर अधिकारी बताउँछन् । नागरिक दैनिकमा समाचार छ ।

सुधारियो नेप्से , नेप्से बिस्लेषण

नेप्से आज सुधार भएको छ । आज नेप्से ९२ अंकले बढेको छ ।

ब्याजदर घट्ने निर्णय भएपछी आज लगानिकर्ताको मनोबल बढ्दा नेप्से भारिमा मात्रामा बढेको हो । मुद्धती निक्षेपमा ९.९९ प्रतिसत भएको छ भने सङ्थागत मुद्धती निक्षेपमा ७.९९ प्रतिशत ब्यादरत कायम भएको छ । त्यस्तै बचतमा ५.४४ मिनिमम र अधिकतम ७.४४ प्रतिसत कायम गरिएको छ ।

एमएसिडिले बजारमा बाइ सिग्नल दिएको छ । आरएसआइ ५६ को बिन्दुमा छ । बोलिङगर ब्यान्डमा मध्य रेखा पार गरेर माथिल्लो बिन्दुतर्फ लागेको छ, यसरी बोलिन्गर ब्यान्डले पनि बाइ सिग्नल दिएको छ ।

ब्याजदर कटौती हुने भएपछि लगानीकर्ताको मनोबल बढ्यो ,नेप्सेमा उकालो लाग्यो

बैंकहरुले वैशाखमा पुनः ब्याजदर कटौती गर्ने भएपछि चैत मसान्तको चापलाई पनि उछिनेर सेयर बजारले फराकिलो फड्को मारेको छ। बुधबार बैंकर्स संघले नयाँ वर्षबाट निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो ।

बैंकर बैठककै चरणमा हुँदा बजार बढ्न सुरु गरिसकेको थियो। निर्णय सार्वजनिक भएपछि बजारको वृद्ध झनै तीव्र रह्यो। जानकारहरु पनि बजार माथि धकेलिनुमा ब्याजदरले प्रमुख भूमिका खेलेको बताइरहेका छन ।

बैंकरले मुद्दतीको मात्रै नभएर बचत, कल खाता र संस्थागत निक्षेपको पनि ब्याजदर घटाएका हुन्। मुद्दती ९.९९ मा झरेको छ। यसले बैंकहरुको लागत सस्तिएर कर्जाको ब्याज पनि घट्छ।बुधबार सेयर बजारले ९२.२२ अंकले बढेर १९६३.५५ को विन्दुमा उक्लिएको छ। गत असार १२ यता यति फराकिलो अन्तरले बजार बढेको थिएन। सूचक अप्रिल सुरु भएयताकै उच्चतम विन्दुमा कायम छ। नभए अप्रिल लागेपछि बजार १९ सयभन्दा तल नै खेलिरहेको थियो। तेस्रो त्रैमास पनि नजिँकिदा बजारमा ब्याज भुक्तानी लगायतले दबाब बनाइरहेको अवस्था थियो।

तर, सोमबारदेखि भने बजारले हरियाली कायम गरिरहेको छ। निजी क्षेत्रलाई आश्वासन दिँदै प्रधानमन्त्री र अर्थमन्त्रीले ब्याजदर निश्चित रुपमा घटाउने भनेपछि सेयर लगानीकर्ताको मनोबल उचालिएको थियो। न्यूनतम साझा कार्यक्रममा पनि सरकारले ब्याजदर बारे गम्भीर टिप्पणी गरेको हो।त्यसअघि भने नयाँ अर्थमन्त्रीका रुपमा डा. प्रकाशशरण महतले उद्यमी, व्यवसायी, लगानीकर्ता, नियामक लगायतसँग भेटेर मनोबल बढाउन खोजे पनि त्यसलाई नपत्याइँदा बजार ओरालो लागिरहेको थियो। अर्थमन्त्रीबाट विष्णुप्रसाद पौडेल बाहिएर पछि बजार निरन्तर घट्दो छ।

तर ब्याजदर घटाउन प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरको संयुक्त पहल अघि बढेपछि बजार बढ्न थालेको हो। पौडेल बाहिरिएपछि अर्थमन्त्रालय र राष्ट्र बैंकको सम्बन्धमा लगानीकर्ताको संशय बढ्दा मनोबल खुम्चिएको अवस्था छ ।

तर, सोमबार निजी क्षेत्र, प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँगै एकै बैठकमा थिए। जहाँ ब्याजदर घटाउने विषयमा सबैले पहल गरेका हुन्। र गभर्नर पनि यसका सकारात्मक थिए। जस लगत्तै बजारमा वृद्धि अनुभव गरिएको थियो।

ब्याजदर घट्ने भएपछी लगानिकर्ताको मनोबल बढेको अवस्था छ , त्यसैले बजार उकालो लागेको छ ।

निरन्तर घट्दै नेप्से, के खोज्दैछन् लगानीकर्ता ?

यस साता सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । कारोबार भएको ५ दिनमा ४ दिन सेयर बजारमा गिरावट आयो । बुधबार भने ८.३९ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको थियो । अन्य दिन भने नेप्से परिसूचक घटेको छ । आइतबार २० अंकले घटेको बजार सोमबार १६ अंक र मंगलबार ५ अंकले घटेको छ । बुधबार भने ८.३९ अंकले बढेको नेप्से परिसूचक बिहीबार ८.२८ प्रतिशतले घटेर कारोबार रोकिएको छ ।

करिब डेढ वर्षदेखि बजार क्रमशः घट्दै गएको छ । करिब ४४ खर्ब पुगेको बजार पुँजीकरण बिहीबारसम्म २७ खर्ब आसपासमा झरिसकेको छ । यसबीचमा करिब २० महिना लामो बियरिस ट्रेण्ड कहिले सकिएला ? यतिखेर मनमा यही प्रश्न खेलिरहेको लगानीकर्ताहरू बताउँछन् । सेयर बजार लगानीकर्ता केशव कोइराला अहिले सेयर बजारमा बियरिस ट्रेण्ड चलिरहेको भन्दै यो अझै केही समय लम्बिन सक्ने बताउँछन् । त्यसकारण लगानीकर्ताहरू संयमित भएर बस्नुपर्नेमा उनको जोड छ ।

नयाँ अर्थमन्त्रीको रूपमा डा. प्रकाशशरण महत आएसँगै सेयर बजारका लगानीकर्ताहरूले विभिन्न लबिङलाई तीव्र बनाइरहेका छन् । सोमबारमात्रै लगानीकर्ताहरूको समूह पुँजीबजार फोरमले अर्थमन्त्री महतलाई भेटेर सेयर बजारको विकासका लागि विभिन्न नीतिहरूमा संशोधन एवम् परिमार्जनको आवश्यकता औंल्याएको थियो ।

लगानीकर्ताहरूले विशेष गरी राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भारलाई १५० प्रतिशतबाट घटाई १०० मा झार्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई क्रस होल्डिङ नहुनेगरी सेयर खरिद गर्न खुला गर्नुपर्ने, सेयर धितोमा दिइने प्रतिव्यक्ति वा प्रतिसंस्था १२ कर्जाको सीमा हटाउनुपर्ने लगायतका माग राख्दै आएका छन् । फोरमले पनि अर्थमन्त्रीलाई भेटी यी व्यवस्थाहरूमा सहजीकरण गर्नका लागि सुझाव दिएको थियो ।

उद्योग वाणिज्य महासंघको मतदान सुरु

0

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि महासंघको निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो।

विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तीन वर्षका लागि स्वतः महासंघको अध्यक्ष हुँदैछन्।

महासंघको आसन्न निर्वाचनमा तीनवटा समूह निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। महासंघको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ। त्यसैगरी, एसोसिएटबाट १९, जिल्ला र नगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहन्छन्।

लघुवित्तको लाभांसलाई १५ प्रतिशतमा सिमित गर्ने निर्णय सुझबुझपूर्ण

0

गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको लाभमा १५ प्रतिशत सिमित ब्याज लागू गर्ने निर्णय स्वीकार गरेका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार पत्रकार सम्मेलनमा उनले देशको पछिल्लो अर्थतन्त्रको स्थिति बारेमा जानकारी दिएका थिए।

लघुवित्तमा समस्याहरू आइरहेका छन् जसका कारण सम्बन्धित कम्पनीहरूले अपना लाभ घोषणा गर्दा संस्थाहरू अघाउँदैछन्। यसको समाधानको लागि, राष्ट्र बैंकले रिटेन अर्निङ जोगाएर लघुवित्त सम्बन्धी नीतिहरू बनाएको छ।

पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छ र सानातिना धक्काले अफ्ठेरो पर्ने अवस्था नजिकै देखिनु भएको थियो।

गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेका छन्, तर सुधार भएको छ भनेर गभर्नर अधिकारीले उल्लेख गरेका थिए।

अब डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने

0

अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका हुन ।

वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै एनओसी पत्र दिँदै आए पनि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा ) गर्न जानेलाई समेत एनओसी दिँदै आएको थियो ।

तर वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ ले स्नातक तहपछिका शिक्षालाई मात्र उच्च शिक्षा परिभाषित गरेकाले त्यसभन्दा मुनिका कुनै पनि शैक्षिक कार्यक्रमका लागि चैत १९ गतेदेखि एनओसी दिन छोडिएको छ ।

कक्षा १२ पास गरेको तर स्नातक तह अध्ययनका लागि योग्यता कम पुगेकाले नपाउने उनको भनाइ छ । यो चैत १९ गतेदेखि लागू भएको छ ।’

नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र सोही आधारमा निर्देशिका बनेको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।

यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए । तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै पाउने भएका छन् ।

जापानमा स्नातक अध्ययन गर्नका लागि पनि निश्चित समय भाषा अध्ययन गर्नुपर्ने भएकाले त्यसमा समस्या नहुने शाखाले जनाएको छ । विश्वविद्यालयले दिने अफर लेटरमा स्पष्ट उल्लेख गरिएको हुने र शैक्षिक कार्यक्रमसँग जोडिएको भाषा अध्ययन हुनुपर्ने छ ।

शाखाका अनुसार गत आर्थिक वर्षमा डिप्लो तह अध्ययन गर्न जानेहरु ८ हजार ६१०, भाषा पढ्न जानेहरु ६ हजार ६०४ ले एनओसी लिएका थिए ।

रास्वपाले आज ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्ने

0

 प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ ।

पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ ।

ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ ।

रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसबारे छानबिन गर्ने जिम्मा रास्वपाले अनुशासन आयोगलाई जिम्मा दिएको थियो ।

आयोगले मंगलबार छानबिन प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ ।