Home Blog Page 289

चितवनमा केहीबेर तनाव, मतदातामा केहीबेर भागाभाग

0

चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सिर्जना भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।

लामिछाने मतदानस्थलमा आएका थिए । त्यसलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । तनाब सिर्जना भएपछी उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा केहीबेर भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको अवस्था थियो ।

रबी लामिछानेले विभिन्न मतदानस्थलमा पुगिरहेका छन् । त्यसैक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।

नबिल बैंकले कमायो ५ अर्बभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो

0

नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा ५ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको सञ्चालन मुनाफा ५६.५४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १८.५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी २७ अर्ब ५ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २७ अर्ब २९ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ११.४२ प्रतिशत बढेको छ भने कर्जा ७.७६ प्रतिशत बढेको छ।

नेपालमै उत्पादित सवारी साधन दर्ताको व्यवस्था तुरुन्त गर्न प्रधानमन्त्रीको आदेस

0

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादन भएका सवारी साधनलाई दर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

आइतबार बिहान प्रधानमन्त्रीले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो ब्यापक आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी तुरुन्त गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न प्रधानमन्त्री दाहालले ठाडो आदेस दिएका हुन् ।

लामो समयदेखी नेपालमै बिध्युतिय सबारी उत्पादन गर्दै आएको यात्राी दर्ता सबारी साधन दर्ता गर्न नपाएर ठुलो संकटमा फसेको थियो यसै सन्दर्भमा प्रधानमन्त्रीले ‘यात्री’ मोटरसाइकललगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनी सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्‍याउन मुख्यसचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेस गर्न भनेको बताइएको छ ।

घट्यो सुन चादीको मुल्य

0

आइतबार सुन चाँदीको मूल्य घटेको छ । आज सुन ९०० रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जानकारी गराएको हुन ।

निरन्तर बढेको सुनको मुल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन एक लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा ५ रुपैयाँले घटेर एक हजार ४४० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी एक हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

बारामा जसपाले बुथ क्याप्चर गर्‍यो : सिके राउत

0

जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् । आज भइरहेको चुनावमा सत्ताको आडमा बुथ कब्जा गरेको गम्भिर आरोप लगाएका हुन ।

बारा क्षेत्र नम्बर २ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४-५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए ।

‘बेलडारी, झिटकैयासहित अरु १-२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ,’ राउतले भने, ‘हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’ उनले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाए । जनमतको अपमान भएको छ ।

पाल्पाको जोरधारामा बस पल्ट्यो

0

पाल्पाको जोरधारामा बस खसेर दुर्घटना भएको छ ।

बुटवलबाट पाल्पा हुँदै बाग्लुङका लागि छुटेको लु १ ख ६९५६ बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार हाल उद्धार जारी छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

0

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ जना मात्र रहे ।

विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत मात्र पाए ।

माई खोला हाइड्रोपावरको आईपीओ आजबाट खुला

0

माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज वैशाख ८ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो। 

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

0

नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले तोकेको कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) लाई उल्लंघन गरेको अभियोगमा अधिकांश बैंकहरुलाई कारबाही गरेको हो भने केही बैंकले सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा कारबाही गरिएको हो ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीमा परेको छ । तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) ले सहुलियपुर्ण कर्जा एकै समुहलाई पटक–पटक दिएको, कर्जा नोक्सानीको व्यवस्था समेत नगरेको र राष्ट्र बैंकको निर्देशनविपरीत कर्जाको प्रिमियम तोकेको भन्दै तत्कालीन सीईओ रमेश अर्याललाई सचेत गराइएको छ ।

अर्याललाई आफ्नो अधिकारभन्दा बाहिर गई कर्जा स्वीकृति गरेकाले ५ लाख रूपैयाँ जरिवाना तिराइएको छ । त्यतिबेला एनसीसी कुमारी बैंकमा मर्ज भइसकेको थिएन । यस्तै एनसीसीलाई नगाभ्दै कुमारी बैंकले पनि सहुलियपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको र मुद्दती निक्षेपमा बढी ब्याज दिएको भन्दै तत्कालीन सीईओलाई पनि सचेत गराइएको छ ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन निर्देशनको उल्लंघन गरेको सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई १० लाख रूपैयाँ नगद जरिवाना गरिएको केन्द्रिय बैंकले जनाएको छ । त्यस्तै तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले पनि कर्जा निक्षेप अनुपात कायम नगरेपछि २ करोड ४ लाख रूपैयाँ जरिवाना तिर्नुपरेको छ । सेञ्चुरीले साउन र भदौको सीडी रेसियो कायम गरेको थिएन ।

नेपाल बैंकलाई १ लाख ५९ हजार रूपैयाँ जरिवाना तिराइएको छ । यसले साउनको सीडी रेसियो उल्लंघन गरेको थियो । राष्ट्र बैंकले नबिल बैंकबाट पनि ६ करोड ४६ लाख ४५ हजार रूपैयाँ जरिवाना लिएको छ । नबिलले साउन, भदौ र असोजमा सीडी रेसियो उल्लंघन गरेको थियो ।

ग्लोबल आईएमई बैंकले भदौ र असोजको सीडी रेसियो कायम नगर्दा ४ करोड ४२ लाख जरिवाना तिर्नुपरेको छ । कृषि विकास बैंकले भदौ महिनाको सीडी रेसियो कायम नगर्दा ६९ लाख ५८ हजार रूपैयाँ नगद जरिवानामा परेको छ । यता हिमालयन बैंकले पनि भदौको सीडि रेसियो कायम नगर्दा ७१ लाख ७२ हजार रूपैयाँ नगद जरिवानामा परेको नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागले जनाएको छ ।

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं ः सञ्चारमन्त्री शर्मा

0

सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन् । सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्य र सञ्चारकर्मीले भाग्दै आएको समस्या समाधान महत्वपूर्ण योगदान पुग्ने उनले बताइन् । सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र विचौलिएर पैसा लिने गरेको आफु पाएको बताउँदै उनले भनिन्,‘त्यसलाई मात्र रोक्न सकियो भने सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुनेछ । त्यसले श्रमजीवी पत्रकारहरूको पनि हित हुनेछ ।’
विज्ञापनमा एकद्वारा प्रणाली लागु हुँदै श्रमजीवी पत्रकारले समयमा सेवा सुविधा नपाउने समस्या समाधानमा पनि सहयोग पुग्ने उनको दाबी छ । ‘अब विज्ञापनको सवालमा यस्तो हुँदैन । पत्रकारिता पेशा र पत्रकारलाई बलियो बनाउन विज्ञापन एकद्वार प्रणालीमा जानेछ,‘उनले भनिन्,‘विज्ञापनमा हुने चुहावट रोकिएमा मिडियामा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा जान समस्या हुँदैन ।’
मुलुक संघीयतामा गइसकेकाले संघ, प्रदेश र स्थानीयतहका विज्ञापनलाई कसरी एकद्वार प्रणालीमा लैजान सकिन्छ भन्नेमा केही व्यवहारिक कठिनाइ रहेको मन्त्री शर्माले बताइन् । त्यसलाई व्यवहारिकरुपमा कसरी समाधान गर्न सकिन्छ सुझाउन पनि मन्त्री शर्माले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिलाई आग्रह गरेकी छन् ।
नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीका समस्याप्रति आफु जानकार रहेको बताउँदै मन्त्री शर्माले वैदेशिक रोजगारीमा भएका श्रमिक सामाजिक सुरक्षा कोषमा समेटिए पनि पत्रकारहरु नसमेटिनु दुःखद भएको बताइन् । ‘वैदेशिक रोजगारीमा भएका कामदारलाई सामाजिक सुरक्षा कोषमा समेटि सकिएको छ । अब पत्रकारलाई सामाजिक नसमेट्ने भन्ने हुँदैन,’ उनले भनिन्,‘ नीतिगत रुपमा व्यवस्था गरेर सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारले पहल गर्नेछ ।’
पत्रकारिता पेशालाई व्यवस्थित र मर्यादित बनाउन सक्रिय पत्रकारलाई मात्रै पत्रकार महासंघमा समेट्न पनि उनले आग्रह गरिन् । त्यसले पत्रकारहरूको हकहित र सुविधा उपलब्ध गराउन सरकारलाई सहज हुने बताइन् । सरकार सञ्चारसंग संबन्धीत विभिन्न कानूनहरू निर्माण गर्ने क्रममा रहेको जनाउँदै शर्माले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्र विरोधी कानून निर्माणको पक्षमा नरहेको जनाइन् । नेपाल ऐन केही संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमलाई नियमन गर्ने कानूनी व्यवस्थाको तयारीमा रहेको जानकारी दिइन् । त्यस विषयमा महासंघसँग आवश्यक छलफल र परामर्श गरेर अघि बढ्ने मन्त्री शर्माले बताइन् ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वको गएको टोलीले नेपाल पत्रकारहरूले मुलुकमा जब लोकतान्त्रिक शासन व्यवस्था कमजोर बन्छन् त्यस्तो अवस्थामा ‘फन्टलाइन’मा उभिएर त्यसको रक्षाका लागि भूमिका निर्वाह गरेको स्मरण गराएका थिए । साथै, सञ्चार प्रतिष्ठानमा समयमा पारिश्रमिक पाउने देखि श्रमजीवी पत्रिकार ऐन र न्यूनत पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिकको नपाएको समस्या विद्यमान रहेको जनाउँदै त्यसले गर्दा पत्रकार परिचयपत्र (सूचना विभागले जारी गरेको प्रेस पास)बाट बञ्चित हुनु परेको उल्लेख गरेका छन् ।
प्रेस पासको अभावमा श्रमजीवी पत्रकारहरू सूचनाको पहुँचसम्म पुग्नसमेत कठिनाइ भइरहेको जनाउँदै सहज प्रेस पास उपलब्धताका लागि आवश्यक वातावरण मिलाउन पनि आग्रह गरिएको छ । लोकतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउँन स्वतन्त्र प्रेसको आवश्यकता पर्ने जनाउँदै २०७२ सालको भूकम्प, नाकाबन्दी हुँदै कोरोना महामारीसहितका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्दा त्यसको मारमा नेपाली सञ्चार माध्य र सञ्चारकर्मी पनि परेको उल्लेख गरिएको छ । सञ्चार माध्यम बिनाको पत्रकार र पत्रकार बिनाको सञ्चार माध्य दुबै सम्भव नभएको जनाउँदै प्रतिष्ठान प्रदेश समितिले श्रमजीवी पत्रकाहरुको हितमा हुनेगरी सञ्चार प्रतिष्ठानहरूलाई सहयोग पुग्नेगरी बजेट निर्माणका लागि पनि ध्यानाकर्षण गराएको छ ।