Home Blog Page 11

नारायणी डेभलपमेन्ट बैंकको १.९२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

चितवन । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीका लागि लिलामी प्रक्रिया सुरु गरेको छ। बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरूले आफ्ना स्वामित्वका सेयर बिक्रीका लागि निवेदन दिएपछि सो सेयर लिलामीमा राखिएको जानकारी दिएको हो।

बैंकका अनुसार असोज २७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, “सो सेयर खरिद गर्न बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।” इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र आफ्नो आवेदन पेस गर्नुपर्नेछ।

बैंकले थप जनाएको छ कि सो अवधिभित्र कुनै पनि आवेदन नपरेमा ती सेयरहरू अन्य इच्छुक व्यक्तिहरूलाई बिक्री गरिनेछ।

आवेदन दिने संस्थापक सेयरधनीले बैंकको केन्द्रीय कार्यालय भरतपुर, चितवनमा पुगेर आफूले खरिद गर्न चाहेको सेयरको विवरण उल्लेख गरी आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।

मुख्य बुँदाहरू:

  • लिलामीमा राखिएको सेयर संख्या: १,९२,७७७ कित्ता
  • आवेदन दिने पात्रता: विद्यमान संस्थापक सेयरधनीहरू मात्र
  • आवेदन दिने समय सीमा: सूचना प्रकाशन मितिदेखि ३५ दिनभित्र
  • आवेदन स्थान: नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, भरतपुर–चितवन

बैंकले इच्छुक सेयरधनीहरूलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।

एशियन कंक्रिटोले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

0

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा नवलपरासीमा रहेको कम्पनीको कार्यालयमा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ ।

सभामा प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने र सर्वसाधारणलाई छुट्टाइएको सेयरमध्ये सम्बन्धित क्षेत्र र समूहलाई समेत सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आईपीओ जारी गरेपश्चात कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने र आईपीओ निष्कासनका लागि थप कुनै निर्णय वा कार्य गर्नुपरे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवका वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण लगायतका अन्य विविध प्रस्तावहरु समेत पारित गरिनेछ ।

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको साधारण लगानीकर्ताका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।

कम्पनीले रु. १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता शेयर जारी गरेको छ, जसको कुल मूल्य रु. २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको रहेको छ।

यस आईपीओमा सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीका लागि १ लाख २३ हजार ९७५ कित्ता सेयर छुट्याइएको छ। बाँकी सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू मार्फत वा मेरोसेयरमार्फत अनलाइन पनि गर्न सकिन्छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो।

आज (असोज २९ गते) आवेदन दिने अन्तिम म्याद भएकाले लगानीकर्ताले समयमै आवेदन पेश गर्न आग्रह गरिएको छ।

मर्जरमा जान पोखरा र समृद्धि फाइनान्सलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

0

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । दुई संस्थाबीच गाभ्ने÷गाभिने सम्झौता सम्पन्न गरी नेपाल राष्ट्र बैंकसमक्ष पेश गरिएको राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको हो ।  

राष्ट्र बैंकले तीन महिनाभित्र आ–आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतीका लागि पेश गर्ने शर्तसहित असोज २७ गते सैद्धान्तिक सहमति प्रदान गरेको हो ।   

सुनको मूल्य एकैदिन १४६ डलरले बढ्यो

0

सुनको मूल्य अल टाइम हाईमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ३.६५ प्रतिशत अर्थात १४६ डलरले बढेको हो ।  

यससँगै सुनको कारोबार प्रतिऔंस ४ हजार १६४ डलरमा कारोबार भईरहेको छ । सुनको मूल्यले प्रतिऔंस ४१ सय डलरको आँकडा पार गरेको यो पहिलोपटक हो ।  

अमेरिका र चीनबीच बढेको व्यापारिक तनाव र अमेरिकी केन्द्रीय बैंकले थप ब्याजदर कटौती गर्नसक्ने उच्च सम्भावनाका कारण सुनको मूल्यमा उछाल आएको हो ।  

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३.०५ डलरले बढेर प्रतिऔंस ५३.१३ डलरमा कारोबार भईरहेको छ ।  

ग्रामीण विकास र समाज लघुवित्त एक आपसमा मर्ज, कात्तिक २ गतेदेखि एकिकृत कारोबार

0

ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएका छन् । यी दुवै संस्थालाईलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले असोज २३ गते अन्तिम स्वीकृती प्रदान गरेको हो ।  

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले पनि समाज लघुवित्तको मर्जर हुने अघिल्लो दिनसम्मको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामिण विकास लघुवित्तमा मिलान गर्नका लागि असोज २६ गते स्वीकृती प्रदान गरेको छ । दुवै संस्था गाभिएर ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट कात्तिक २ गतेबाट एकिकृत कारोबार सुरु गरिने भएको छ ।  

मर्जरपश्चात कायम हुने संस्थाको रजिष्टर्ड(प्रधान)कार्यालय बुटवल उप–महानगरपालिका–१० रुपन्देहीमा रहने छ । दुवै वित्तीय संस्थाको तथ्यांकलाई एउटै सफ्वेयरमा मिलान गर्नुपर्ने भएकाले कात्तिक १ गते दुवै संस्थाको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने छ । 

तेह्रथुम पावरले डाक्यो साधारण सभा

0

तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको आठौं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी कात्तिक १७ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ ।  

सभामा आव २०८१/८२ को सञचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०८१/८२ को वासलात,नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

यस्तै उपरोक्त प्रस्तावहरुमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह

0

नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट बच्न सबैलाई आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

अपरिचित व्यक्ति वा नम्बरबाट वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप, इमेल, फोन वा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धन सम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश आएको भए सजग रहन आग्रह गरिएको छ ।  

यस्ता सन्देश वित्तीय ठगीका लागि पठाइएका हुन सक्छन् । ती सन्देशमार्फत वित्तीय ठगी र अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव राख्दै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्न सक्छ ।

त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि नोक्सानी पुग्न सक्छ । यी सबै घटना वित्तीय ठगी भएको र यसबाट सचेत रहन राष्ट्र बैंकले भनेको छ । 

वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन र विभिन्न प्रकारका वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

बरुण हाइड्रोपावरको लिलामी सेयरको बोलकबोल असोज २८ गते खोलिने

0

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ ।  

कम्पनीले लिलामीमा राखेको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल असोज २८ गते मंगलबार काठमाण्डौको टेकुमा रहेको आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ बजे खोलिने भएको हो । 

कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सेयर भदौ २९ गतेदेखि असोज १२ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  

सेयर बजार: लगानीकर्ताले धितोपत्र बोर्ड कब्जामा लिएर सात घण्टा आन्दोलन

0

काठमाडौं । तरल राजनीतिक अवस्था, आन्दोलनका नाममा निजी क्षेत्रमाथि भइरहेका आक्रमण र यसले उत्पन्न गरेको मनोवैज्ञानिक दबाबका कारण निरन्तर ओरालो लागेको सेयर बजारमा असन्तुष्ट लगानीकर्ताले आइतबार साँझ धितोपत्र बोर्ड नै कब्जा गरेका छन् ।

लगानीकर्ताको कमजोर मनोबल र लगातारको बजार गिरावटपछि खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड (सेबोन) आइतबार साँझ करिब ७ घण्टा लगानीकर्ताको नियन्त्रणमा रह्यो । कारोबार समय सकिएलगत्तै आक्रोशित लगानीकर्ताको समूह बोर्डमा पुगेर बैठक बसिरहेका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र सञ्चालक सदस्यहरुलाई राति १० बजेसम्म कार्यालयमै रोकेर राखेको थियो ।

१५ वटा मागसहित आन्दोलन

सुरुमा पूँजीबजार सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका लगानीकर्ताले पछि नयाँ १५ वटा माग प्रस्तुत गरे । उनीहरूले ती माग तत्काल पूरा नभएसम्म घर नफर्कने घोषणा गर्दै बोर्डको मूलगेटमा नै तालाबन्दी गरे ।

बोर्ड अध्यक्ष र लगानीकर्ताबीच पटक–पटक वादविवाद र चर्काचर्की चलेको थियो । बोर्डले सुधार कार्यान्वयनका लागि निर्णय गरिसकेको र क्रमशः जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि लगानीकर्ताले तत्कालै लिखित सहमति मागे ।

रातभरको तनावपूर्ण अवस्था

रात गहिरिँदै जाँदा बोर्ड परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो । केही लगानीकर्ता अराजक हुन थालेपछि लगानीकर्ता तिलक कोइराला, दीपेन्द्र अग्रवाल र सुशील लुनियाले सहजीकरण गर्दै वार्ता प्रक्रिया अघि बढाए ।

बोर्डले पूँजीबजार सुधार कार्यदलका सिफारिस शीघ्र कार्यान्वयन गर्ने र बाँकी जायज माग क्रमशः सम्बोधन गर्ने लिखित वक्तव्य जारी गरेपछि अवस्था केही सहज भएको थियो । तर, केही लगानीकर्ताले ‘उधारो सहमति मान्य छैन’ भन्दै वक्तव्यका प्रतिहरु च्यातेर नाराबाजी जारी राखे ।

राति प्रहरीद्वारा उद्धार

लगानीकर्ताहरूको दबाबका बीच बोर्डका अध्यक्ष श्रेष्ठ र सञ्चालकहरूलाई अन्ततः प्रहरीले उद्धार गरेर घर पुर्‍यायो । त्यसअघि लगानीकर्ता अग्रवालले तिहारसम्मको समयसीमा दिएर तत्कालका लागि आन्दोलन स्थगित गर्न प्रस्ताव गरेका थिए, जसलाई धेरैले प्रारम्भमा विरोध गरे पनि अन्ततः सहमति बन्यो ।

पृष्ठभूमि

अर्थमन्त्रीद्वारा गठन गरिएको पूँजीबजार सुधार कार्यदलले लगानीकर्ताको मनोबल पुनःस्थापित गर्न ठोस सिफारिसहरू दिएको भए पनि तिनको कार्यान्वयन ढिलाइ हुँदै आएको थियो । बजारमा लगातार गिरावट र ‘प्यानिक सेल’ का कारण आइतबार नेप्से सूचक उच्च अंकले घटेको थियो ।

यस घटनाले लगानीकर्ताको आक्रोश चरममा पुगेको र पूँजीबजार सुधारका लागि सरकार र नियामक संस्थाले तत्काल कदम चाल्नुपर्ने सन्देश दिएको छ ।