अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समिति बैठकले आगामी असार ८ गते बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरी पारित गरिने जनाएको छ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावमाथि समेत छलफल हुनेछ। यस सम्बन्धमा नियामक निकायबाट आवश्यक संशोधनका लागि निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
यसबाहेक, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने तथा नगद लाभांश वितरण सम्बन्धी प्रस्तावमाथि समेत सभाले निर्णय गर्ने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित भएपश्चात् आवश्यक नियामकीय प्रक्रिया पूरा गरी सर्वसाधारणमा सेयर जारी गर्ने बाटो खुल्नेछ




