काठमाडौं । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.३१ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानीमा सुधार आएसँगै कम्पनीको नाफामा उल्लेखनीय वृद्धि भएको हो । समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी १३ करोड ८४ लाख रुपैयाँ रहेको थियो, जुन चालु आवमा ४३.५५ प्रतिशतले बढेको हो ।
यस अवधिमा कम्पनीको वित्त खर्च भने बढेको छ । अघिल्लो आवमा ३ करोड ७८ लाख रुपैयाँ रहेको वित्त खर्च बढेर ५ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको कर्मचारी खर्च २६ लाख ७७ हजार रुपैयाँ, साधारण तथा प्रशासनिक खर्च ७१ लाख ३२ हजार रुपैयाँ तथा ह्रासकट्टी खर्च ४ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ७.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.९५ रुपैयाँ तथा प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५५.१० रुपैयाँ कायम भएको छ ।




