तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफा र ईपीएसमा उल्लेखनीय वृद्धि

spot_imgspot_imgspot_img

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आम्दानी र प्रतिसेयर आम्दानी (EPS) दुवैमा उल्लेखनीय वृद्धि गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँबाट बढेर १०.४९ रुपैयाँ पुगेको छ । विद्युत बिक्री आम्दानी पनि वृद्धि भई १२ करोड १३ लाख रुपैयाँबाट बढेर १३ करोड ४ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा उल्लेखनीय सुधार आएको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ६ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८५.२६ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको वित्त खर्चमा उल्लेख्य गिरावट आएको छ । अघिल्लो आवमा ५ करोड ६० लाख रुपैयाँ रहेको वित्त खर्च घटेर २ करोड २३ लाख रुपैयाँमा सीमित बनेको छ ।

त्यस्तै कम्पनीको प्रशासनिक खर्च ३६ लाख ३५ हजार रुपैयाँ तथा ह्रासकट्टी खर्च ४ लाख ७० हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १००.४५ रुपैयाँ, पीई रेसियो ३५.२७ गुणा तथा तरलता अनुपात २.३६ प्रतिशत कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here