काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्था ११ करोड ६० लाख रुपैयाँ घाटामा रहेको थियो ।
आम्दानीमा सुधार तथा इम्पेयरमेन्ट चार्ज रिभर्सल भएपछि संस्था नाफामा फर्किन सफल भएको हो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ५.६९ प्रतिशतले बढेर २१ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी २० करोड २१ लाख रुपैयाँ रहेको थियो ।
तेस्रो त्रैमाससम्म संस्थाको खुद सञ्चालन आम्दानी ३५ करोड ११ लाख रुपैयाँ तथा सञ्चालन मुनाफा २० करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने संस्थाको सञ्चालन मुनाफा ११ करोड ६० लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो ।
यस अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज १ करोड ६ लाख रुपैयाँले रिभर्सल भएको छ । साथै निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म २ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै संस्थाको कर्जा प्रवाह ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाले ३ अर्ब २ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।
यद्यपि संस्थाको खराब कर्जा अनुपात (NPL) भने बढेको छ । समीक्षा अवधिसम्म खराब कर्जा अनुपात २१.३४ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवमा २०.९० प्रतिशत थियो ।
तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा २० करोड ५५ लाख रुपैयाँ तथा लाभांश क्षमता ७०.५५ रुपैयाँ रहेको छ ।
यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (EPS) ६५.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२०.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात (P/E Ratio) २४.२७ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४३९.५१ रुपैयाँ तथा तरलता अनुपात २३.२८ प्रतिशत कायम भएको छ ।




